0
गोल्डेन न्यूज संवाददाता
पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दलहरु कुर्चीका लागि झगडा गरिरहेको आरोप लगाएका छन् । नयाँ शक्ति पार्टी नेपाल कास्कीको आयोजनामा बुधबारदेखि शुरु भएको ६ महिने अभियानको उद्घाटन गर्दै भट्टराईले संविधान संशोधन गरी मधेशी तथा जनजातिका माग सम्बोधन गरेर स्थानीय तहको निर्वाचन गर्नुपर्ने बेलामा को कुर्चीमा बस्ने ? भन्नेमा नेताहरु लागेको बताए। उनले प्रधानमन्त्री सत्ताका लागि कुर्ची तानातान गर्दा राजनीतिक अस्थिरता बढेको बताए । उनले भ्रष्टाचारको दलदलमा फसेको राजनीतिलाई बाहिर निकाल्न नसकेसम्म देशको विकास अघि वढ्न नसक्ने उल्लेख गरे ।  संयोजक भट्टराईले ठूला ठूला परियोजनाहरुमा तलदेखि माथिसम्म हुने कमिसनको खेलले त्यस्ता आयोजनाहरु कहिल्यै पनि समयमै पूरा नहुने गरेको उदाहरण पेश गर्दै भष्टचारको अन्त्य नै नयाँ शक्ति नेपालको मुख्य अभियान रहेको बताए। नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सूत्र आपूmहरुले पत्ता लगाएको दावी गर्दै उनले निर्वाचित राष्ट्रपति प्रणालीको शासन लागू गर्ने अभियानका नयां शक्ति पार्टी लागेको बताए । उनले यो प्रणाली लागू हुन सक्यो भने पाँच वर्षसम्म एउटै व्यक्तिको शासन प्रणाली गर्दा देशमा शान्ति र स्थायीत्व कायम भई भ्रष्टाचारको अन्त्य हुने विश्वास व्यक्त गरे ।पार्टीले मंसिरदेखि जेठसम्म घरघरमा नयाँ शक्ति अभियानको कार्यक्रम शुभारम्भ गरेको जानकारी दिंदै उनले आगामी निर्वाचनमा नयाँशक्ति पार्टी पहिलो स्थानमा आई सत्ता सम्हालेमा पाँच वर्षमा नेपाली जनताको प्रतिव्यक्ति आय दोब्बर वनाउने, १५ वर्षमा विकसित राष्ट्रको दाजोमा पुग्ने र २५ वर्षमा अमेरिका, जापान र वेलायतको दाजोमा पुग्ने ठोकुवा गरे ।नेता भट्टराईले पुराना राजनीतिक दलहरु रातारात करोडपति वन्न कुदिरहेकोले तिनीहरुबाट देशको आर्थिक समृद्धि हुने कुनै सम्भवना नभएको भन्दै  अवको विकास जनतालाई गरिवीको रेखाबाट माथि उठाई आर्थिक समृद्धिको बाटोतर्फ लाग्नुपर्नेेमा जोड दिए । विकास र समृद्धिका लागि नयाँ शक्तिले फरक वाटो अँगालेकाले यसतर्फ जनताको चासो बढ्दो अवस्थामा रहेको स्पष्ट पार्दै उनले  हामी जे भन्छौं त्यही गर्छौ र जनतावाट केही लिनका लागि होईन दिनका लागि नयाँ शक्तिको अभियान भएको उनले बताए ।  नयाँ शक्ति पार्टी नेपाल कास्कीका संयोजक हेम वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ४ का सह–संयोजक कलावती शर्मा, नव प्रवेशी पाईलट मदन केसी, राष्ट्रिय युवा अभियानका सौगात पोखरेल लगायतले आर्थिक विकासबाट मात्र गरिवीको अन्त्य हुने बताएका थिए । सोही अवसरमा पाइलट कर्नेल मदन केसी नयाँ शक्तिमा प्रबेश गरेमा छन् । नेपाली सेनामा हुदाँ सगरमाथाको चुचुरोसम्म हेलिकप्टर उडाएर आरोहीहरुलाई उद्धार गरेका केसी जागिरे जिवनको अनुभवलाई राजनीतिमा प्रयोग गरि अगाडि वढ्ने उद्घोषका साथ नयाँ शक्ति पार्टीमा प्रबेश गरेको बताए । यसअघि कुनै राजनीतिक पार्टीमा खुलेर नलागे पनि उनी वामपन्थी विचारधार प्रति नजिक देखिन्थे । कार्यक्रममा अवसरमा उनी संगै लेखनाथ र कास्कीका करिव दुई सय ३५ जना विभिन्न राजनीतिक दल परित्याग गरी नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेका थिए । भट्टाईले अविर लगाएर पाटी प्रवेश गराएका थिए ।

Post a Comment

 
Top