0
राजाराम पौडेल÷गोल्डेन

पोखरामा आउने आन्तरिक तथा बाह््य पर्यटकको भिँड यतिबेला बढ्दै गएको छ । पर्यटन व्यवसायको लागि यो मुख्य सिजन समेत हो । सेते टल्कने हिमाल र प्राकृतिक सम्पदाले भरिपुर्ण पोखरा आसपासका सुन्दर दृश्य निहाल्दै मनोरञ्जन लिनेहरुको संख्यामा वृद्धि हुदै गएको छ ।  ‘भुकम्प भन्दा अगाडिकै अवस्थामा त पुगेको छैन तर अघिल्लो वर्षको तुलनामा आन्तरिक तथा बाह्रय पर्यटकको संख्या बढ्न थालेको छ’ नेपाल हवार्ई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराईले बताए । साहसिक खेलहरुको कारण समेत पर्यटकको आकर्षण पोखरामा बढ्दै गएको उनले सुनाए । पर्यटकको लागि मात्र नभएर साताभरीको थकानबाट आत्तिएकाको ‘रिर्फेसमेन्ट’ गर्ने राम्रो गन्तव्य बनेकोले पोखराको लेकसाइडमा शुक्रबार राती अन्य दिनको तुलनामा चहलपहल बढ्दै छ । संगीतको तालमा झुम्दै विभिन्न परिकार र पेय पर्दाथ सेवनमा आन्तरिक तथा बाह््य पर्यटकहरु व्यस्त हुने गर्दछन् । फेवातालको दृश्य, पारिपट्टिको रानीवन अनि उत्तरपट्टि सेतै टल्कने हिमाल, वरिपरिका अन्य मनोरम दृश्यले थकान, तनाव सबै भुलाइदिन्छ । पोखराको मौसमले समेत यतिबेला साथ दिएको छ । त्यसैलेपनि रात्रिकालीन मनोरञ्जनका लागि सञ्चालित बार, गजल रेष्टुरेन्ट, नेपाली कल्चर देखाउने रेष्टुरेन्ट तथा होटलले गर्ने विभिन्न कार्यक्रममा उनीहरु व्यस्त छन् ।
 
यस्ता कार्यक्रममा अन्य दिनको तुलनामा शुक्रबार र सार्वजनिक विदाको दिनमा समेत बढि चाप हुने गर्दछ । पछिल्लो समयमा नेपालका विभिन्न ठाउँबाट छुट्टि मनाउन लेकसाइड आउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै छ । यति मात्र नभएर पोखरा आसपासका व्यक्तिहरुले पनि साताभरको थकान मेटाउने उपयुक्त्त ठाउँको रुपमा लेकसाइडलाई नै रोज्न थालेका छन् । यसले पोखराको लेकसाइडमा राती अवेरसम्म चहलपहल बढाइदिन्छ । अन्य दिनमा भन्दा शुक्रबार पोखराका होटलको अकुपेन्सि पुग्यो । विदेशी पर्यटक घुम्न, खानपिन गर्न र किनमेल गर्न राती अबेरसम्म व्यस्त देखिन्छ । आन्तरिक पर्यटकको भिडँ लेकसाइडमा रहेका विभिन्न बार, डान्स रेष्टुरेन्ट र गजल रेष्टुरेन्टमा देख्न सकिन्छ ।
पर्यटन व्यवसायलाई केन्द्रित गरेर लेकसाइडमा विभिन्न संस्था स्थापना भएका छन् । संस्थागत रुपमा शुक्रबारलाई केन्द्रित गरेर कार्यक्रमको आयोजना नगरेपनि व्यवसायीले आ–आफ्नै तरिकाले शुक्रबारलाई सुखद बनाउन विभिन्न आर्कषण राख्ने गरेका छन् । यस्ता कार्यक्रम प्रति आन्तरिक पर्यटकको सहभागिता बढि देखिन्छ ।यतिबेला लेकसाइडमा चिनिया पर्यटक संख्या बढि छ । भारतीयहरुले समेत पोखरालाई रोज्ने गरेकोले उनीहरुको संख्या पनि उल्लेख्य देखिन्छ । यसका अलावा बेलायती पर्यटकको संख्या अन्य देशका पर्यटकको संख्याको तुलनामा बढि देखिन्छ। त्यो भन्दा बढि शुक्रबारको साँझमा आन्तरिक पर्यटकले भरिभराउ हुन्छ । रेष्टुरेन्ट बार एशोसिएसन (रेवान) पोखराले आन्तरिक पर्यटकको चाप शुक्रबार बढ्न थालेपछि विशेष कार्यक्रम गरेर मनोरञ्जन प्रदान गर्ने तयारीमा रहेको निवर्तमान अध्यक्ष गोपीबहादुर भट्टराईले बताउँछन् ।लेकसाइडमा रहेका बाहिरी पसल राती १० बजेसम्म खुल्छन् । यस्ता पसलहरुमा सपिङ गर्नेहरुको भिँड पनि रातको समयमानै बढि देखिन्छ । यहाँ सञ्चालित रेष्टुरेन्ट, बार, गजलसाँझ लगायतका व्यवसाय राति ११ देखि १२ बजेभित्रमा बन्द हुने गरेका छन् ।
 
यहाँका व्यवसायीहरु भने लेकसाइड २४ घण्टा खोल्न दिनुपर्ने माग गरेका छन् । तर प्रशासनले स्वीकृती दिएको छैन । २४ सै घण्टा सम्भव नभएमा राती २ बजेसम्म खोल्न दिनुपर्ने बताउँछन्। पर्यटकको लागि समय पर्याप्त नभएको तर्क उनीहरुको छ । लेकसाइडमा नेपाली कला संस्कृति आन्तरिक तथा बाह्रय पर्यटकको लागि देखाइन्छ । यसले नेपाली कला संस्कृतिप्रति विदेशी पर्यटकले बुझ्ने मात्र नभएर यसमा रम्ने अवसर समेत दिलाउँछ । लाइभ म्युजिकको मज्जा लिन चाहने स्वदेशी तथा विदेशी पर्यटकका लागि लक्षित गरिएका गजल सेन्टर, बार तथा होटलतर्फ समेत पर्यटक भिँड हुने गर्दछ । यसैगरी डान्स बारमा रमाउनेहरु डान्सबारमा पुग्छन् । यस्ता ठाउँमा युवा जमातको संख्या बढि हुन्छ । लेकसाइडमा दोहोरी साँझ भनेर छुट्टै नखुलेपनि केहि ठाउँ मार्फत दोहोरीको मज्जा पर्यटकलाई दिलाउने गरिन्छ । विशेषगरी विशेष पर्व अथवा शुक्रबारको रातमा आर्कषणको रुपमा अतिथि कलाकार बोलाएर दर्शकलाई रम्ने व्यवस्था समेत गर्ने गरिएको छ ।
 
पोखराका अन्य व्यस्त बजार राति ८ बजेपछि सुनसान हुने गरेपनि लेकसाइड भने ८ बजेपछि बल्ल जाग्ने गर्दछ । मौसमले साथ दिएको समयमा राति अबेरसम्म फेवाताल किनारामा पर्यटकको भिँड बढि देखिन्छ । मौसमले साथ नदिएको समयमा लेकसाइडमा रहेका होटल, लज, डिस्को, डान्स, गजल रेष्टुरेन्टमा संगीतको तालमा झुम्दै भरपुर मनोरञ्जन लिने गर्छन् । लेकसाइडमा विशेषगरी २० देखि ३० वर्षका तन्नेरीको संख्या बढी देखिन्छ । केही संगीतको तालमा डुब्दै थिए । केही खानेकुराको परिकारमा रमाउदै त, केही साथीको जन्मदिन मनाउन । यतिमात्र नभएर यी दृश्यहरु ह्ेर्दे रमाउनेहरुको संख्या समेत बाक्लै देखिन्थो । पोखरा लामाचौरबाट रमाइलो गर्नको लागि लेकसाइडको आइरिस पब पुगेका युवा व्यवसायी राजेश थापा साताभरको थकान मेटाउने उत्कृष्ट स्थलको रुपमा यसलाई पाएको बताउँछन् । धरानबाट पोखराको लेकसाइड घुम्न आइपुगेका नविन राई यहाँँको लाइभ म्युजिकले मन जितेको बताउँछन् । अर्का युवा सुरज अधिकारी पनि पोखराको लेकसाइडमा रहेको रष्टुरेन्टले दिने सेवा प्रति सन्तुष्ट थिए । लेकसाइडमा लाइभ म्युजिको तालमा रम्नेको लागि खोलीएका बारको संख्या एक दर्जन भन्दा बढी रहेका छन् ।  यस्ता ठाउँ तन्नेरीहरुको रोजाइमा पर्ने गरेका छन् । यतिमात्र नभएर पोखरामा आन्तरिक पर्यटक र बाह््य पर्यटलाई आर्कषित गर्नको लागि पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न संघ–संस्थाले कार्यक्रमको आयोजना गर्दै पर्यटकलाई आर्कषित समेत गर्ने गरेका छन् । यसरी कार्यक्रमको आयोजना गर्दा दोहोरीयर पोखरा घुम्न पर्यटकहरुले आउन थालेको व्यवसायीको अनुभव रहेको छ ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm

Post a Comment

 
Top