0
गोल्डेन न्यूज संवाददाता
पञ्चामृत नाट्य समूह पोखराको तेस्रो प्रस्तति नाटक एक रुपैयाँको पोखरामा मञ्चन सम्पन्न भएकोे छ । शुक्रबार र शनिबार गरी दुई दिन पोखरा उद्योग वाणिज्य संघको सभाहलमा नाटक एक रुपैयाँको मञ्चन गरीएको हो । शुक्रबार एक शो र शनिबार बिद्यार्थी शोसहित गरी नाटक तीन शो मा मञ्चन गरीएको थियो । करिब डेढ घण्टा लामो नाटकको तिन शो मा नै दर्शकको उल्लेख्य साथ रहेको थियो । नाटकको बीच–बीचमा दर्शकले ताली बजाएका थिए भने  कथा भाबुकतामा अगाडि बढेसंगै हलमा केही समय सन्नाटा छाएको थियो । नाटकको कथामा भाबुक बनेका केही दर्शक सुक सुकाउँदै आँशु पुछिरहेका देखिन्थे ।
 
नाटक समापन पछि बोल्दै नाटकका संयोजक तथा पञ्चामृत नाट्य समूहका अध्यक्ष परिबर्तनले नाटकका तिनै शो सफल भएको दावी गर्दै आफूहरुमा दर्शकको उत्साहजनक सहभागीताले थप हौसला बढेको प्रतिक्रिया दिए  । उनले भने–“पञ्चामृत नाट्य समूह पोखराका हरेक नाटकमा दर्शकको राम्रो सहभागिता पाउँदै आएको र विगत  एक दशकदेखि सुस्ताएको पोखरेली रंगमञ्चलाई चलाएमान बनाउन थप उत्साह थपिएको छ । नाटकका लेखक तथा निर्देशक कृष्ण उदासीले नाटकमा दर्शकको सहभागीता र साथ राम्रो पाएकोले यस क्षेत्रमा नै केही गर्नु पर्छ भन्ने उत्साह थपिएको बताए । उनले अगामी दिनमा पनि नाट्य क्षेत्रलाई माथि उकास्नका लागि रहने प्रतिबद्धता ब्यक्त गरे । पोखरामा क्रियाशिल नाट्य संस्था पंचामृत नाट्य समूहले मञ्चन गरेको नाटकमा एक रुपैयाँमा पैसाको महत्वलाई कलात्मक प्रस्तृत गरिएको थियो । एक रुपैयाँका कारण घर छोड्न बाध्य नाटककी पात्र बबीलाई खोज्न शहर झरेका बबिका प्रेमी र भाइको कथा संगै सुरु भएको नाटकमा पैसा कै लागि जे पनि गर्न तयार हुने युवतीहरु र मनोरञ्जनका लागि लाखौँ खर्च गर्ने शहरिया युवाहरुलाई प्रस्तुत गर्न खोजिएको छ । नाटकका केही नयाँ र अधिकांश पुराना कलाकारहरुको अभिनय  देख्न सकिन्थ्यो ।
 
कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटक एक रुपैयाँमा दिल प्रसाद गुरुङ, परिवर्तन, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेशबाबु तिमल्सिना, विवश बाबु, निलम तामाङ, ममता कार्कीको अभिनय रहेको थियो । नाटकको सह–निर्देशन विष्णु प्रसाद गौतमले गरेका थिए भने प्रबन्धकमा उज्वल रेग्मी रहेका रहेका थिए । हेमन्त हितैषीले  मञ्च व्यवस्थापन गरेको नाटकमा भेषभूषा र श्रृङ्गार दिपकमान उदास र कोरियोग्राफी निलम तामाङको रहेको थियो । नाटकको संगीत संयोजन दिलप्रसाद गुरुङ्ग र सुजित मान सुनारले गरेका थिए भने नाटकको उद्घोषकको बिष्णु बसौलाले गरेका थिए । यसअघि पञ्चामृत नाट्य समूहले गत बैशाखमा नाटक पुलिस र प्यास मञ्चन गरेको थियो भने भदौमा नाटक मौसम हराएको देश सफलतापूर्वक मञ्चन गरेको हो । समूहले छिटै नै पोखरामा अर्को नाटक पनि मञ्चन गर्ने तयारी गरेको जानकारी दिइएको छ । पञ्चामृत नाट्य समूहले पोखरामा नाटकघर निर्माण गर्ने लक्ष्य पनि राखेको छ ।


Post a Comment

 
Top