0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा लेकसिटीले विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । आर्बा स्थित अमर ज्योति प्राबिमा क्लवले आफ्नो बार्षिक कार्यतालिक अनुसार बिद्यालयमा अध्यायनरत ५५ जना गरिव तथा जेहन्दार छात्र, छात्रालाई शैक्षिक सामाग्री र बिद्यालयलाई ३६ हजार नगद प्रदान गरेको छ । क्लवको तर्फबाट १० हजार रुपैयाँ बरावरको शैक्षिक समाग्री प्रदान गरिएको थियो भने ओजन बुक शपको तर्फबाट ५ हजार रुपैयाँ बरावरको सामाग्री प्रदान गरिएको थियो । क्लवले यस अघिपनि त्यस विद्यालयको प्राङ्गणमा विभिन्न फलपूmलका बिरुवाहरु रोपेको थियो । लायन्स क्लव अन्तर्राष्ट्रिय जिल्ला ३२५ बी १ नेपालका जनसम्पर्क अधिकृत (पिआरओ) तीर्थबहादुर बस्नेतले क्लवले गरिब तथा जेहन्दार विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्दै उत्प्रेरणा समेत प्रदान गर्ने बताए ।  उनले यस क्षेत्रमा समाज सेवामा सक्रिय रहेका दर्जनांै क्लवहरुले आफ्नो बार्षिक कार्यक्रममा नै विद्यालय सपोर्ट कार्यक्रम उल्लेख गरी विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री र अन्य भौतिक संरचना निर्माण लगायतका कार्यहरु गर्दै आएको बताए । लायन्स क्लव अन्तर्राष्ट्रिय जिल्ला ३२५ बी १ नेपाल अन्तरगतको (२४)का रिजन चियर पर्सन हरिशचन्द्र रञ्जितले क्लवले प्रदान गरेको सहयोगले विद्यार्थीहरुमा हौसला प्रदान गर्ने बताए । क्लवका अध्यक्ष जनदिश गौतमले विद्यार्थीको शैक्षिक अवस्था सुधार्न क्लवले आर्थिक सहयोग र शैक्षिक सामाग्री प्रदान गरेको बताए । कार्यक्रममा संयोजक नारायण शर्मा, विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद बराल लगायतले बोलेका थिए । कार्यक्रम क्लवका अध्यक्ष जगदिश गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने तृतीय उपाध्यक्ष मिनराज काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।


Post a Comment

 
Top