0
गोल्डेन न्यूज संवाददाता 
रामबजार नेवाः मिसाः पुचः रामबजार १०, १५ पोखराले संस्थामा आवद्ध नेवाः समाजका सदस्यहरुलाई पर्यटकीय क्षेत्र बन्दीपुरको अवलोकन भ्रमण सम्पन्न गरेको छ । अवलोकन भ्रमण कार्यक्रममा संस्थाका ६० जना सदस्यको सहभागिता रहेको थियो । कार्यक्रममा कवि भानुभक्तले निर्माण गरेको घाँसीकुवाको अवलोकन गर्दै बिहान ११ः०० बजे बन्दीपुर पुगेका उक्त टोलीले पर्यटकीय क्षेत्र बन्दीपुरमा रहेको कृषि फर्मको बाख्रापालन, सुन्तला बगैंचा, टुँडिखेल, सहिद स्मारक पार्क, मठमन्दिर लगायत बन्दीपुरको पर्यटकीय बजारको अवलोकन गर्दै नाचगानले मनोरञ्जन गरिएको नेवाःमिसाः पुचःका सदस्य हिराकाजी श्रेष्ठले बताए । कार्यक्रममा समाजसेवी एवं रामबजार तायाःमचाः नाच समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठले भ्रमण टोलीलाई सफलताको कामना गर्दै यस्ता भ्रमणले सदस्यहरुको क्षमता बृद्धि हुने हुनाले रामबजार क्षेत्रमा रहेका सबै नेवालाई समेटी समाज विकास र सामाजिक भावनाका काममा लाग्नुपर्नेमा जोड दिए । उनले २०७४ मा सम्पन्न गरिने तायाःमचाः नाच महोत्सवलाई सफल बनाउन सबैलाई आग्रह गरेका थिए । कार्यक्रममा तायाःमचाः नाच समितिबट भ्रमण सफलताको लागि उनले १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरे। कार्यक्रमलाई रोचकता बनाउन समितिका सल्लाहकार किरण रन्जीतले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा नेवाःमिसाः पुचःका सदस्य एवं कार्यक्रम संयोजक शर्मिला श्रेष्ठ प्रधानाङ्गले स्वागत गर्दै सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरिन् । अवलोकन भ्रमण तथा रामबजार नेवाःमिसाःपुचः रामबजार १०,१५ का अध्यक्ष संगीता रन्जितको अध्यक्षतामा सम्पन्न अवलोकन भ्रमण कार्यक्रमको संचालन पुचःका सचिव अम्बिका राजभण्डारीले गरेका थिए ।







Post a Comment

 
Top