0
गोल्डेन न्यूज संवाददाता
कास्कीको घाचोक गाविसमा मंसिर १७ गतेदेखि सुरु भएको दोस्रो घाचोक महोत्सव तथा प्रथम युनेक डान्सिङ आईडल मंगलवार सम्पन्न भएको छ । महोत्सवकै मुख्य आकर्षणको रुपमा रहेको डान्सिङ आईडलको उपाधि पोखरा–१६ लामाचौरकी ममता पुनले जितेकी छन् । सेमिफाईनल राउण्डवाट छानिएका १२ जना प्रतिष्पर्धीहरु पछि पार्दै पुनले उपाधि सहित नगद ५० हजार,प्रशंसापत्र  तथा युनेकको सद्भावना दूत वन्ने अवसर प्राप्त गरिन् ।
त्यसैगरि सुहाना खत्री द्वितीय तथा दिक्षा केसीले तेस्रो भई क्रमश नगद ३० हजार तथा २० हजा रुपैयाँ, प्रशंसापत्र प्राप्त गरे । डान्सिङ आईडलको अनुशासित विधाको उपाधि सफलता केसीले प्राप्त गरिन् ।  डान्सिङ आईडलको निर्णायकमा नृत्य निर्देशकद्वय महेष गोदार र जयकुमार परियार रहेका थिए । महोत्सवको झण्डै १८ हजार दर्शकले अवलोकन गरेको र ३५ लाख वरावरको कारोवार भएको आयोजक संस्थाकका अध्यक्ष मौसम कार्कीले जानकारी दिए । युनेकले सुरु गरेको युनेक सामाजिक सेवा पुरस्कारवाट यस वर्ष निर्वतमान गाविस अध्यक्ष विश्वेश्वर प्रसाद लम्साल सम्मानित भएका छन् । लम्सालले नगद १० तथा सम्मानपत्र प्राप्त गरे । महोत्सवको समापन कार्यक्रममा वोल्दै पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारीले युवाहरुको सक्रियता वढे गाउँमा महोत्सवमात्र होइन देशकै विकास गर्ने सकिने धारणा राखेका छन् ।  प्रस्तावित माछापुच्छ«े गाउँपालिकाको केन्द्र भौगोलिक हिसावले समेत घाचोक हुनुपर्ने भनाई नेता अधिकारीका राखे । महोत्सव आयोजक संस्था परिर्वतनका लागि युवा सञ्जाल (युनेक) नेपालका अध्यक्ष मौसम कार्कीले आफू जन्मेको ठाउँलाई देशविदेशमा चिनाउने उदेश्यले गत वर्ष पहिलोपटक घाचोक उत्सव गरेको स्मरण गर्दै सोही उत्सववाट सफलता प्राप्त गरेपछि अहिले महोत्सव गर्ने आँट आएको भनाई राखे । महोत्सव सोचेभन्दा पनि राम्रो भएको भन्दै कार्कीले आगामि वर्षहरुमा पनि महोत्सवलाई निरन्तरता दिने प्रविवद्धता व्यक्त गरेका छन् ।  महोत्सव मूल आयोजक समितिका संयोजक विष्णुवहादुर खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा मुख्य प्रायोजकको तर्फवाट पोखरा, १८ निवासी ललितवहादुर वानियाँ, नेकपा एमाले कास्कीका सचिव दामोदर वैरागी लगायतले वोलेका थिए । कार्यक्रममा स्वागत युनेक नेपालका उपाध्यक्ष विजय लम्साल तथा संचालन सचिव रेशमकुमार नेपालीले गरेका थिए ।





Post a Comment

 
Top