0
गोल्डेन न्यूज संवाददाता
पोखराको रामबजारमा रहेको नेपाल–भारतमैत्री विद्यालयमा देखिएको समस्या समाधानका लागि विद्यालय, पीडित विद्यार्थीका अभिभावक र विद्यार्थी संगठन वीच तीनबुँदे सहमति भएको छ । विद्यालय नविकरण नगरि संचालन गर्दा नेपाल भारतमैत्री विद्यालयमा अध्ययन गरेका विद्यार्थीको भविष्य अन्यौलमा परेको भन्दै गत बुधबारदेखि बन्द विद्यालय मंगलबारबाट खुल्ने भएको । आन्दोलनमा उत्रिएका सोमबार विद्यालय, अभिभावक र विद्यार्थी संगठन वीच भएको वातामा सहमति जुटेपछि विद्यालयमा लगाएको ताला खुलेको तथा आन्दोलन स्थगित भएको अनेरास्ववियू कास्कीका अध्यक्ष शेखर गौतमले जानकारी दिए ।  वार्तामा विद्यालयले १४ दिनभित्र विद्यालयले नविकरण भएको प्रमाण सार्वजनिक गर्ने, विद्यार्थीलाई रजिष्टेशन फर्म भर्न विशेष प्रक्रिया मिलाइने र विद्यायमा लगाइएको ताला खुलाउने सहमति वार्तामा भएको छ । वार्तामा विद्यार्थीहरुको तर्फबाट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकाल, अनेरास्ववियू कास्कीका अध्यक्ष शेखर गौतम, अखिल क्रान्तिकारी कास्कीका अध्यक्ष नारायण बडाल, अभिभावक संघ कास्कीका अध्यक्ष हेमजराज बराल, अनेरास्ववियू क्रान्तिकारी ब्यूरो सदस्य काजी गुरुङ, अखिल छैठौंका उपाध्यक्ष दान सारु र पीडित विद्यार्थीका अभिभावक संघर्ष समितिका अध्यक्ष तुलबहादुर ठकुरीको सहभागिता रहेको थियो भने विद्यालयको तर्फबाट कर्णेल कोलोनेल मनराज सिंह सहभागी थिए । अभिभावक र विद्यार्थी संगठनले गत शुक्रबार विद्यालयको मूल गेटमा ताबान्दी गरेका थिए । विद्यालय नविकरण नगरि संचालन गर्दा त्यहाँ अध्ययन गरेका ५० विद्यार्थीको भविष्य अन्यौलमा परेको भन्दै आभिभावकले सममस्या समाधान नहुदाँसम्म भन्दै विद्यालयको मूलगेटमा तालाबन्दी गरेका थिए ।  समकक्षता प्रमाणपत्र नहुँदा भविष्य अन्यौलमा परेकोले समस्या समाधान गर्न दबाब दिन विद्यालयमा तालाबन्दी गरिएको पीडित विद्यार्थीका अभिभावक संघर्ष समितिका अध्यक्ष तुलबहादुर ठकुरीले बताए । विद्यालयको नविकरण २०१३ सम्म भएको भए पनि त्यसपछि भने भएको छैन् । विद्यालय २०१४ देखि नविकरण नभइकन संचालनमा रहेको र नेपाल सरकारको नियम अनुसार नविकरण नगदा विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको थियो । गत सालको भारतको केन्द्रीय सिविएसई वोर्ड अन्तर्गत परीक्षा दिएका पोखरा लगायतका देशका विभिन्न उच्च मा.बिमा अध्ययनरत ५० जना विद्यार्थीको समकक्षता प्रमाणपत्र नहुँदा राष्ट्रिय परीक्षा बोर्डले रजिष्टेशन फारम नलिँदा विद्यार्थीहरु कक्षा ११ को परिक्षा दिनबाट बञ्चित हुने अवस्था आएको थियो । तत्कालिन शिक्षामन्त्री गिरीराजमणि पोखरेल शिक्षा मन्त्री हुँदा मन्त्रालयले विदेशी विद्यालयलाई नेपाल सरकारले कानूनको परिधिमा राखेर नियमन गर्न र सोका लागि सम्वन्धनका लागि दर्ता आह्वान गरेको थियो । सो आह्वान वमोजिम सवै विदेशी विद्यालयले दर्ता गरे पनि पोखराको पेन्सन क्याम्प स्थित नेपाल–भारत मैत्री विद्यालयले दर्ता नगरेको खुलेको थियो । विद्यार्थीहरुले ११ को परीक्षा अगावै रेजिष्ट्रेशन गरिसक्नुपर्ने हुन्छ, तर रजिष्ट्रेशनका लागि मंसिर १५ गते अन्तिम म्याद तोकिएको थियो । विद्यार्थीले ११ कक्षाको जाँच समेत दिन नपाउँदाको चोटले विद्यार्थीहरु मानसिक तनावमा परेका छन् । समस्या समाधान गर्न ढिलाई हुदाँ आफना सन्तानको भविष्य अन्यौलनमा परेको गुनासो अभिभावकले गरेका छन् । सन् २००० मा सुरु भएको विद्यालयले ६ वर्षको अनुमति लिएको थियो । २००६ मा पूनः नवीकरण भएको विद्यालयले २०१३ सम्मका लागि नविकरण गरेको थियो ।

Post a Comment

 
Top