0
गोल्डेन न्यूज संवाददाता
रिय दलित आयोगले यूएन डिपीको सहयोगमा आइतबारदेखि पोखरामा आयोजना गरेको जातीय भेद्भाव तथा छुवाछुत (कसुर र सजाय) ऐन कार्यान्वयन विषयक दुई दिने गोष्ठी सोमबार सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घले परियाले जातीय भेद्भाव र छुवाछुत सम्वन्धी घटनामा गम्भीर भएर अनुसन्धान गर्न आग्रह गरे । उनले प्रहरी जवाफदेही नुहँदा आरोपीहरुले उन्मुक्ति पाउने गरेको बताउदै गोष्ठिबाट फर्केपछि भने विगतका जस्तो कमजोरी नहुने विश्वास ब्यक्त गरे । ‘प्रहरीलाई अनुसन्धान गर्दा सत्य, तथ्य र सहि रुपमा गर्नुपर्ने र पीडितले न्यायको अनुभूति गर्नुपर्छ ।’ उनले समाजबाट जातीय विभेद अन्त्यका लागि प्रहरी, सरकारी वकिल र महान्याधिवक्ता कार्यालयको भूमिका महत्वपूर्ण रहेको बताउँदै सम्वन्धित निकाय वीच समन्वयको खाँचो रहेको बताए । महान्यायधिवक्ता कार्यालयका सहन्यायधिवक्ता रेवतीरमन त्रिपाठीले जातीय विभेद तथा छुवाछुत कलंक भएको बताए । सामाजिक विभेदलाई जघन्य अपराध मानेपनि अझै यस्ता घटना हुने गरेको बताए। उनले जन्मका आधारमा विभेद गर्न नहुने बताए । जिल्ला न्यायधिवक्ता कार्यालय कास्कीका कृष्णराज पन्तले सरकारी निकायहरुवीच समन्वयको खाँचो रहेको बताउँदै आगामी दिनमा समन्वय अगाडि बढने बताए । बाग्लुङका एसपी राजेन्द्र ढकालले गोष्ठिले प्रहरीलाई सहज बनाएको बताउँदै आगामी दिनमा भेदभाव र छुवाछुटका घटनामा सरोकारवाला संघ–संस्थासंग मिलेर अगाडि बढने बताए ।







Post a Comment

 
Top