0
आफ्नो कुटनीतिक मान मर्यादामा अडिग भै बस्न नसक्नेलाई सम्मान गर्नुको पनि कुनै तुक नै छैन । सम्मान मागेर पाइदैन, दिन अनि लिन सक्नु पर्दछ । कसाईले जति हाउभाउ विन्ति गरेतापनि खसी, बोका वा अन्य पशुलाई नकाटी छाड्दै छाड्दैनन् । तर कर्सैले मोटो गाई मरोस् भनेर जतिसुकै प्रार्थना गरेता पनि उसको आयु समाप्त नभएसम्म जीवितै रहन्छ । हामीहरुलाई दुःख आइपरेको अवस्थामा आफन्तहरुलाई राजदूताबासमा बोलाएर भोज भतेर र मोजमस्ती गर्ने ढिकुरका जोडी झै गरी एस आरामपूर्वक बस्ने दानवीय स्वभाव भएका मित्र हौ भनि गफ चुट्नेहरुको हैसियत पनि त्यतिखेरै थाहा भैसकेको थियो कि स्व.राजा बीरेन्द्रको पालामा ११६ राष्ट्रहरुले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्तावमा हस्ताक्षर गरी समर्थन प्राप्त भएको थियो ।
तर मित्र भनौदाबाट उक्त प्रस्तावनामा किन समर्थन र सहमति हुन सकेन ? हो, यसै गरौंला, अनावश्यक जाल, झेल प्रपन्च गरौंला, दुःख दिउँला र सिनोमा गिद्ध घुमे झैं गरी घुमफिर गर्न पाइदैन र देशको अस्तित्व माथि नै कुदृष्टि लगाउन मिल्दैन भनि समर्थन नजनाएको स्पष्ट नै देखियो ।
दुःखमा रोई लाग्नु, सुखमा खाइ लाग्नु मित्रको कर्तव्य हो । तर हुँदा नहुँदा प्रकाण्ड र जालझेल रची चलखेल गरी कहिले आफ्नो अनुकुलको संविधान जारी भएन भनि छ, छ महिनासम्म नाकाबन्दी गर्ने त कहिले जारी भैसकेको संविधानलाई आफ्नै हितकुल संशोधन भएन भनि बखेडा गर्ने र ठाडै हस्तक्षेप गर्ने, के यस्तालाई दानव नभनेर मित्र भन्न मिल्छ ? हामी स्वाभिमानी नेपालीहरु कसैको आन्तरिक मामलामा हस्तक्षेप पनि गर्दैनौं र अरुहरुले गरेको छातीमा प्राणको ढुकढुकी र मुटुमा एक थोपा रगत भएसम्म सहँदैनौं । यो हामी वीर नेपालीहरुको पहिचान र स्वाभिमान हो । अरुलाई चोर आंैला ठड्याएर पख् भनि व्यवहार गर्दा र गरिँदा बाँकी चारऔंलाहरुले आफैतर्फ संकेत गरिरहेका हुन्छन् । यस्ताहरुलाई आफैले पालेका कुकुरले टोक्छ, त्यो त उनीहरुलाई पनि ज्ञान हुनु पर्ने हो । यिनीहरुको छिमेकी तथा अन्य मुलुकहरुसँगको सम्बन्ध के कस्तो छ भन्ने कुरा त सबैलाई थाहा नै छ । अन्यथा आफ्नो मान, मर्यादा, सीमाभित्र रहेर बोल्न, उठबस गर्न र सोही अनुरुपको व्यवहार गर्न जान्न प¥यो । तत्कालिन समयमा हाम्रै गोर्खाली सेनाहरुको सहयोग र योगदानबाट व्रिटिस साम्राज्यवादको दासत्वबाट मुक्ति भए गरेको यति चाँडै भुलिहाल्ने । “जुन भाँडामा खायो त्यही भाँडामो फोहोर बनाई दिने” । त्यो कुराको पनि स्मरण गरिरहे राम्रै हुन्छ । अझै पनि हाम्रै सेनाहरुको सहयोग र योगदानबाट मात्र नै त्यहाँको सुरक्षा व्यवस्थाको रेखदेख गरी देश बचाई रहेका छन् । गोर्खाली सेनाहरुको नाम सुन्दासाथ विश्व नै थर्कमान भएको इतिहासले नै प्रस्तुत गरिसकेको थाहा त होला । मित्र भैसकेपछि तटस्थ र सम्मानजनक व्यवहार प्रस्तुत गर्न सक्नु प¥यो, खै त हाम्रा वरपरका छिमेकी मित्रहरु त सम्मानजक हिसाबमा बसी द्वैध चरित्र प्रदर्शन नगरी बसेका छन् । हो त्यस्तै मित्र हुन र पाठ सिक्न अब ढिलाई नगरे हुन्छ । मुखमा राम राम बगलीमा छुरा, यो पारा हामीहरुलाई मात्र नभई कोही कसैलाई पनि सह्य हुँदैन ।
भारतीय राजदूतको नाउँमा व्वाँसाको रुप धारण गरेका र(को एजेण्टलाई हामी यसरी सचेत गराउन चाहन्छौं कि अब आइन्दा यस्ता तुच्छ, निच, निन्दनीय र घोर आपत्तिजनक कृयाकलापहरु नदोहो¥याउन तथा मर्यादित तवरले आफ्नै स्थानमा रहेर मित्रत्व व्यवहार गर्न र देखाउन सतबुद्धि आओस् । दशबर्षसम्म रोल्पाको जंगलमा भूमिगत जीवन यापन गरे भनि बहाना गरेता पनि पुरै शिक्षा, दिक्षा, खानपान, बसउठ गर्ने थलो त भारत नै थियो । अनि विचराले पालनपोषण गर्नेको हित र भलो हुने कार्य नगरे कसको गर्नु त । विदेशी दलाल र दासत्वको आज्ञाकारी पुच्छर हाम्रा नेताहरु, अबको आन्दोलन भनेको केही राष्ट्रप्रेमी सांसदहरु बाहेक प्रायःसबैलाई साच्चैकै युवा जनआन्दोलन मार्फत सत्ताच्यूत गराउनु शिवाय अर्को विकल्प नै छैन । यिनै ब्वाँसाहरु बधको छाला ओढी जनताहरुलाई तर्साउने र दुःख दिने काम मात्र गरिरहेका छन् ।
सोच विचारनै नगरी विदेशीको इसारामा लागेर, लहलहैमा राजतन्त्र फाली लोकतन्त्र, गणतन्त्र ल्याउँछौं भनि संघीयताको नारा लगाएर जनताहरु सामु गई बर्बराउँदै हिंडे पनि । छाडातन्त्र र मनपरितन्त्र शिवाय जनताहरुले केही पाउन सकेनन् र सडकमा अलपत्र परिरहेका छन् । जसले संघीयताको बाजा बजाउँदै हिंड्यो, उसैलाई संघीयता भनेको के हो थाहा छैन । अनभिज्ञ छ र नवजात शिशु जस्तो छ । प्रचण्डले धेरै पटक भूल गरिसके, मैले कहाँनेर कहिले के बोले, कोसँग कस्तो व्यवहार गरे, के भन्न हुन्छ, हुँदैन, मैले यसरी सोचविचार नै नगरी बर्बराउँदा कस्तो दीर्घगामी असर पर्दछ, केही थाहा नै नभएको, पटक–पटक बोली पिच्छे छेपारोले रंग फेरे झै जस्तो पारा र क्रियाकलाप देखाउने । यसरी राजनीति गर्ने हैसियत नै नभएकाहरुले कसरी राष्ट्रियता र अन्तर्राष्ट्रिय स्तरमा देशको छवि कायम गर्दै सुमधुर र स्थायित्व सम्बन्ध कायम गरी देश, जनता र मातृभूमिको रक्षा गर्न सक्लान् र ? गोली बन्दुकबाट र बोली मुखबाट निस्केपछि फर्कदै फर्कदैन । हो त्यो कुराको ख्याल गर्नुपर्ने हो, बरु गोली दक्ष र अनुभवी चिकित्सकको सहारामा निकाल्न सकिन्छ ।
तर बोली फुत्केपछि उपाय नै छैन । यी र यस्तै यस्तै कुराहरुको विचार नगरी कार्य गर्ने क्षमतावान नेताको अभावमा जनताहरुले सधैं दुःख पाइरहेका छन् । आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको लागि एकजुट भै गर्न नहुने काम पनि गरिहाल्ने । जस्तै सांसदहरुको तलबभत्ता र अन्य सुविधा सम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गर्ने, तर गर्न नमिल्ने र नहुने कार्य यसरी एकजुट भएर विफल पार्न के को अपात्ती ? लोकमानसिंह कार्की प्रकरण भ्रष्टाचारको मुद्दा, संविधान कार्यान्वयन नै नभई संशोधन गर्न लागिएको विधेयक, भारतीय राजदूत रन्जीत रेको हाम्रो अस्तित्व माथिको नाङ्गो नाच प्रदर्शन, अनि हाम्रो आजसम्म अतिक्रमण गरि लुटिएको देशको भूभाग, नदीहरु, यस विषयमा खै एकमत भै कारवाही अगाडि बढाएको । यहाँनेर नै यिनीहरुको हैसियत माथि प्रश्नचिन्ह खडा हुन्छ ।
अर्काको भूमिमा बसेर अरुहरुलाई आफ्नो आन्तरिक मामलामा साक्षी राखेर तत्कालिन समयमा दिल्लीमा गरिएको बाह्रबुँदे सहमति नै राष्ट्रघाती थियो । अनि के त्यो सहमति गरिँदा बाबुराम थिएनन् र उनले पनि उक्त पत्रमा हस्ताक्षर गरेकै हुन् । पुनः किन बर्बराउँदै त्यो सहमति नै अनिष्ठ थियो भन्दै हिड्ने । उत्तिखेरै सहमति पत्रमा हस्ताक्षर नगरी विरोध गरेर असपल पार्न सक्नु पथ्र्यो । क्यागजबका हाम्रा नेताहरु हँ । सत्तामा छँदा एउटा कुरा, बाहिर आएपछि अर्कै कुरा । यही द्वैध चरित्र र दुईजिव्रे भएको कारणबाट यो अवस्थाको सिर्जना भएको हो । सूर्यलाई हत्केलाले छेकेर छेकिन्न भने झै कुन कस्तो हैसियतको र चरित्रको भन्ने कुरा स्पष्ट जनताहरुले पहिचान गरी जानी बुझिसकेका छन् । शायद संघीयता भनेको विकेन्द्रिकरण नै हो क्यारे । ५ विकास क्षेत्र, १४ अञ्चल ७५ जिल्ला हुँदै न्यायालय बाहेकका सम्पूर्ण प्रशासनिक आर्थिक कामहरु स्थानीय तहसम्म छिटो छरित्तो माध्यमबाट पठाउन त सकिन्थ्यो होला र तद्अनुरुप योग्य र दक्ष कर्मचारीहरुको व्यवस्था गर्न झन्झट पनि हुने थिएन । तर अहिले संघीयता न तिमीलाई न मलाई प्रचण्डको बाख्रालाई, बाँदरको हातमा नरिवल, नहुनेले केरा पायो बोक्रैसित खायो भन्नु वा नदुखेको कपालमा डोरी लगाएर दुखाउने भने जस्तो सावित भयो ।
सरकार चलाउने पार्टीका सांसदहरु, विपक्षी दलका सांसदहरु अनि अन्य आम नेपाली जनताहरु पनि वाक, दिक्क भैसकेको यथार्थ ऐना हेरे झै छर्लङ्ग भै सडक सडकमा जात्रा भैरहेको छ । तराईतिर दुई चार जना पुँजीपतिहरुले मधेशी मोर्चालाई भ्रम, जालमा पारी उचालेर मोदीको इशारामा देश नै डुबाउने चलखेल गरिरहेका छन् भन्ने कुरा पनि स्पष्ट रुपमा देखाप¥यो । आफूहरुले भनौ कि भारतले भने चाहेजस्तो गरी संशोधन विधेयक आउन नसकेको कारणबाट तिनै सात मधेशी मोर्चाका आन्दोलनकारी नेताहरु पनि सन्तुष्ट छैनन् महन्थ ठाकुर र उपेन्द्र बाहेक । सारांशमा भन्नु पर्दा हिमाल, पहाड, तराईबसीहरु कोही कसैलाई पनि संघीयताको घाँडो आवश्यकता नै रहेनछ । केवल प्रचण्ड र दुई चार जना मधेशी नेताहरुलाई आफ्ना गुरुवा (मोदी) लाई गुरुभेटी स्वरुप दक्षिण टकार्न मात्र आतुर रहेछन् । यसरी देशलाई विखण्डन गर्दै–गर्दै टुक्र्याउँदै लैजाने र अन्त्यमा देशको अस्तित्वमाथि नै खतरा पु¥याई विदेशी शक्तिको हातमा देशको साँचो र मातृभूमिको अस्तित्व सुम्पने अधिकार कसले कहाँबाट दियो र कसरी प्राप्त गर्दैछन् ?
देशका लागि मर्न परे पनि खुट्टा तन्क्याएर नै हाँसी हाँसी मर्न हो न कि खुट्टा खुम्च्याएर वा काँतर बनेर होइन । स्वयं प्रचण्डले नै काठमाडौंमा साझा यातायातको उद्घाटन कार्यक्रममा म त खलासी मात्र हुँ, सबैलाई सम्हालेर लैजान्छु भन्ने अभिव्यक्ति प्रकट गरेका थिए । के त्यो खलासीको हैसियत त्यति हुन्छ र ? बसको जिम्मेवार व्यक्ति वा चालकको हो त ? उनकै बोलीबाट स्पष्ट भैसक्यो । बसको सवारी चालकसँग साँचो र खुट्टामा स्टेयरिङ्ग हुन्छ । उसले जता जता सवारी गुडाउँछ, उतै उतै जान्छ । उसकै हातको कुरा भयो सुरक्षित वा असुरक्षित तरिकाले जता पनि लान सक्छ । यसरी उनकै अभिप्रायबाट बुझियो कि सवारी चालक (मोदी) रहेछ न कि प्रचण्ड । यस्ता आत्मघाति गोल गर्ने गोलकिपरप्रति नेपालीहरु विश्वास नै गर्दैनन् । चालु जारी संविधान अनुसार ६०१ जना सांसदहरु रहने व्यवस्था कहाँबाट कुन दफामा छ । तसर्थ यो पनि याद गरौं कि यिनीहरु सत्ता र पैसाको मोहमा फँसी हामीहरुलाई भ्रममा पारी लामो समयसम्म टिकिरहन चलखेल गरीरहेका छन् ।
जाँदा–जाँदै बाइसे चौविसे राजा रजौटाहरुलाई परास्तगरी नेपाल देशको एकीकरण गर्ने स्व.राजा पृथ्वीनारायण शाहले आर्जेको मुलुकमाथि रजाई गरी ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन’ भन्ने अभिव्यक्तिलाई चटक्कै विर्सेर उनर्को शालिक तोड्फोड गरी तहस–नहस पार्ने, यसरी उनले आर्जेको मुलुकलाई विखण्डन गरी अस्तित्व नै गुमाउन अग्रसर हुने यस्ता मानवको स्वरुप भएर पनि दानवीय र निन्दनीय काम कार्वाही गर्नेहरुलाई के गर्न उपयुक्त होला जिम्मा पाठकहरु समक्ष ।




Post a Comment

 
Top