0
गोल्डेन न्यूज संवाददाता
गौरीशंकर उच्च मावि पोखरा–२९, हेमजाले विद्यालयको ५९औं बार्षिकोत्सव,अभिभावक दिवस दिवस एवं पुरस्कार पुरस्कार तथा छात्रवृत्ति वितरण समारोह सम्पन्न भएको छ। वर्तमान प्रतिष्पर्धी शिक्षा युगमा सामुदायिक बिद्यालयले खेलको भुमिकाको प्रसंशा गर्दै प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी गोविन्दराज पोख्रेलले गुणस्तरिय शिक्षा आजको आवश्यकता रहेको भन्द शिक्षक अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धबाट नै असल एवं प्रतिभावान विद्यार्थी उत्पादन हुने बताए ।कार्यक्रममा अभिभावक ईन्द्र प्रसाद दाहाल, भूपू प्रअको तर्फबाट चतुरमान श्रेष्ठ, नेकपा माओवादी केन्द्रका शोभाखर भण्डारी, नेकपा एमाले वडा अध्यक्ष ऋषिराम पौडेल नेपाली कांग्रेस वडा सभापति मधुसुदन त्रिपाठी, विद्यालय निरीक्षक मनकुमारी पौडेल लगायतले आ–आफ्नो भनाइ राखेका थिए । विद्यालयका प्रअ अम्बर बहादुर कँुवरले आ.ब.०७२÷०७३ को आर्थिक एवं प्रगति विवरण पेश गरेका थिए । सो अवसरमा विभिन्न अक्षयकोष दाताहरुले आ–आफूले स्थापना गरेको अक्षयकोष अन्तर्गतको रकम विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए ।
 
यस वर्ष समाजसेवी ऋषिराम पौडेलले ३३ हजार ३३३ को अक्षयकोष तिलक प्रसाद पौडेलको स्मृतिमा स्थापना गरेका थिए । त्यस्तै बरपिपल टुर्स एण्ड ट्राभल्सका प्रोपाईटर सोमनाथ अधिकारीले आफ्नी आमा कालिका अधिकारीको स्मृतिमा कालिका गरिब तथा जेहेन्दार स्मृतिकोष अन्तर्गत हरेक वर्ष २ जनालाई १ हजार ५ सयका दरले प्रदान गर्ने घोषणा गरेका थिए ।त्यसैगरी कृष्ण त्रिपाठी, शेषमणि त्रिपाठी, गंगाधर त्रिपाठीले ५ लाख ५५ हजार ५५५ रुपैयाँ रुमनाथ त्रिपाठी स्मृतिकोषको स्थापना गरेका छन्। आफ्ना बुबाले विद्यालयको कक्षाकोठामा धुलो उडेको र त्यहाँ छपनि ढुगां छापेर धुलो मुक्त बनाएको कार्यबाट प्रभावित भई सो रकमको अक्षकोष स्थापना गरेको र सो कुनैपनि विद्यार्थीहरुले कलम कापी र फी तिर्नबाट बञ्चित हुन नपरोस भनेर ४० प्रतिशत मावितर्फ र ६० प्रतिशत ब्याज रकम गौरीशंकर क्यम्पसका विद्यार्थीलाई प्रदान गर्ने शेषमणि त्रिपाठीले बताए । कार्यक्रममा वद्यार्थीहरुबाट विभिन्न सांस्कृतिक कार्यक्रम नाटक तथा राष्ट्रिय लोकदाहोरी प्रतिष्ठान कास्कीका सदस्य परशुराम अधिकारीले आफ्ना गीतबाट मनोरञ्जन दिलाएक थिए।  विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तब्य सहायक प्रअ भुवनेश्वर पौडेल र कार्यक्रम संचालन शिक्षकद्वय ओम बहादुर कुँवर र हरिप्रसाद गौतमले गरेका थिए ।






Post a Comment

 
Top