0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय कृषक समूह महासंघ कास्कीको शुक्रबार भएको तेस्रो जिल्ला परिषदमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय कृषक समूह महासंघका केन्द्रिय अध्यक्ष उद्धव अधिकारीले कृषकहरु राज्यबाट उपेक्षित भएको बताएका छन्।  क्षेत्रीय कृषि निर्देशनालय पोखराका पूर्व निर्देशक वेनिबहादुर वस्नेतले कृषिमा आधुनिकरणको खाँचो रहेको बताए। परम्परागत खेतिमा नै कृषकहरु अल्झीने गर्दा उत्पादन बढ्न नसकेको बताउदै उनले अव कृषकहरु आधिनुकरण तर्फ लम्कनु पर्ने तर्क थियो। कार्यक्रममा क्षेत्रीय कृषि निर्देशनालय पोखराका वरिष्ठ वालि विकास अधिकृत मदनकुमार श्रेष्ठले कृषकहरुको हितमानै कार्यालयले काम गर्ने बताए।माटो विज्ञ इन्द्रप्रसाद वलीले माटोको सुधार गर्न सकेमात्रै उत्पादनमा वृद्धि हुने बताए। जिल्ला कृषि विकास कार्यालय कास्कीका वरिष्ठ कृषि विकास अधिकृत लोकेन्द्र बोहोराले जमिन खण्डीकरण, घडेरी र विदेशीने युवाहरुलाई जवसम्म रोक्न सकिन्छ स्थनिय स्तरबाट पहल गरेर कृषिमा प्रगति हुन नसक्ने बताए। कार्यक्रममा २०७२ र ०७३ सालमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत हुने कृषकलाई सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेहरुमा मिना गुरुङ, इमानसिंह गुरुङ, धर्म न्यौपाने, रामबहादुर हमाल, घनश्याम तिमिल्सिना, र खिमलाल सुवेदी रहेका छन्। उनीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो। कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ कास्कीका सचिव खेमराज बरालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्णप्रसाद अधिकारीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाली काँग्रेसका देवेन्द्र रानाभाट, नेकपा एमालेकी उमा कोइराला, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, कृषि उपज बजार संचालक समितिका अध्यक्ष रुद्रप्रसाद खनाल, कृषक रामबहादुर हमालले बोलेका थिए। राष्ट्रिय कृषक समूह महासंघ कास्कीका अध्यक्ष दयाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कोपिला पौडेलले स्वागत र सचिव खेमराज बरालले कार्यक्रम सञ्चालन गरेका थिए।






Post a Comment

 
Top