0
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेको सम्पत्ति विवरणमाथि ठूलो बहस सुरु भएको छ । बहसको केन्द्रमा प्रचण्ड छन् । एकथरी ‘विद्वान’, ‘बौद्धिक राजनीतिज्ञ’ (माफ गर्नुहोला(योगेश भट्टराईको नाम लेख्न बाध्य भएकोमा), लेखक र पत्रकार छन् । अर्कातर्फ प्रचण्डका समर्थक र आम जनता छन् । बहसको केन्द्रमा रहेका प्रचण्डमाथि आरोप छ–‘उनले सम्पत्ति विवरण लुकाए, उनले छलढाँट गरे ।’ अर्काथरीले प्रतिवाद गर्दैछन्–‘प्रचण्ड सर्वहारा सांस्कृतिक क्रान्तिको आलोकमा हुर्केका नेता हुन्, उनीसँग सम्पत्ति कहाँबाट आउनु ? न उनले भ्रष्टाचार गरे, न नातागोता पोस्ने कुरालाई नै केन्द्रमा राखेर राजनीति गरे । राजनीति स्वयम्सेवा हो भन्दै आफ्नो जीवनलाई हत्केलामा राखेर हिँडेका प्रचण्डसँग कहाँबाट सम्पत्ति आउनु ? ठीक यस्तै तर्क हिजोका दिनमा कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाका पक्षमा समेत देखिन्थ्यो । आलोचकहरुका लागि भने यो तर्कंसंगत लाग्दैन । उनीहरु भन्न खोजिरहेका छन्( प्रचण्डले मिथ्या रिपोर्ट सार्वजनिक गरेका छन् । उनले धेरै सम्पत्ति कमाएका छन् । ०३५ सालदेखि ०५२ सालसम्म र ०५२ देखि ०६३ सम्म उनले अर्बौं सम्पत्ति जंगलमा लुकाएका छन् । त्यसपछि शान्ति प्रक्रियामा आएपछि उनका हरेक गतिविधिहरु सम्पत्ति जोड्नमा मात्रै केन्द्रित छन् ।शास्त्रीय अर्थशास्त्रमा सम्पत्तिलाई अचल पुँजीका रुपमा व्याख्या गरिन्थ्यो । खासगरी मुद्रा र भौतिक सम्पत्ति नै सम्पत्ति या मालका रुपमा चित्रण गरिन्थो । तर, भुमण्डलीकृत विश्वमा सम्पत्ति अब बौद्धिक, आत्मिक भएको छ । यस अर्थमा प्रचण्डसँग कति सम्पत्ति होला त ? यो पंक्तिकारलाई जिज्ञासा लागेको छ ।
अर्बौंका मालिक
प्रचण्डसँग ३ तोला सुन रहेछ । एक कट्ठा पुखर्याैली जग्गा । मलाई भने यो पत्यार लागेन । प्रचण्डसँग त्यति मात्रै हो र ? पत्यार लाग्दैन । आउनुस् लेखा–जोखा गरौं प्रचण्डको सम्पत्ति कत्ति छ ? त्यसोभए प्रचण्डको नाम लिनेवित्तिकै देश र जनताका लागि हाँसीहाँसी बलिदान गर्न तयार हुने पचासौं जनसेना नि ? के उनीहरु प्रचण्डले कमाएका सम्पत्ति होइनन् ?
विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा गएका बेला, रुस छिन्नभिन्न भएर पूर्वी युरोपमा समाजवादी सत्ताहरु ढलेका बेला प्रचण्डलगायतले माओवादी स्कुलिङ अगाडि बढाए । जनयुद्ध शुरु भयो । त्यही स्कुलिङमा र अहिले त्यही विश्वविद्यालयका कतिपय क्याम्पसहरु देशमा खुलेका छन् । माओवादी विचारधारा या वादअन्तर्गतका यी सबै क्रान्तिलाई माया गर्ने र पोषण गर्ने साना–ठूला विद्यार्थी र स्कुल क्याम्पसहरु के प्रचण्डका सम्पत्ति होइनन् ? किन लुकाएको कमरेड प्रचण्ड आफ्नो यो सम्पत्ति ?
वि.सं ०४७ सालमा बहुदलीय प्रजातन्त्र अन्तर्गत नयाँ सरकार बन्यो । लोकले केही त नयाँ होला भन्ने सोच्यो । खासगरी समाजका पिँधमा रहेका दलित, जनजाति, महिला, गरीब, क्षेत्रीय उत्पीडनमा परेकाहरुले अब त सामन्तवादी सत्ता ढल्यो । केही राम्रो होला भन्ने सोचे । तर, हिजोका जमिन्दार नयाँ जमिन्दारको स्वरुपमा देखा परे ।
हिजोका पञ्चहरु नयाँ कोट लगाएर संसद पसे । जनताको अवस्था उही रहृयो । यस्तो अवस्थामा आम शोषित उत्पीडित जनताको पक्षमा प्रचण्डले बन्दुक उठाउनैपर्ने निर्णय गरे । त्यो निर्णय ठीक, बेठीक के थियो, इतिहासले बताउला, तर त्यो निर्णयपछि यी पिँधका निम्छराहरुको आवाज सतहमा आइपुग्यो ।
यही सतहमा आवाज आएकै कारण दलित आयोग, महिला आयोगदेखि कैयन दाताहरु ओइरिए यी निम्छराहरुको उत्थानको दाबी गर्दै । जनयुद्ध रापिलो बन्दै गयो । हुँदाहुँदा देशबाट नै राजतन्त्रको अवसान भयो । कमरेड प्रचण्ड, तपाईले आफूले नेतृत्व गरेको यति ठूलो उपलब्धि हासिल गर्ने सम्पत्ति किन लुकाउनुभयो ?
गणतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र तपाईको सम्पत्ति होइन र ? अनि यति बहुमूल्य सम्पत्ति लुकाउने तपाईले ? शान्ति प्रक्रियामा आएपछि प्रचण्ड सरकारमा गए । सरकारमा जाँदा उनले ‘प्रभु’हरुको बिरोध गरे । प्रभुहरुको इशारामा चलेको दलाल नोकरशाहीतन्त्रले प्रचण्डलाई देखी सहेन । प्रचण्डले राजीनामा दिनुप¥यो । यो श्रृंखला निरन्तर चल्यो । देशमा संविधान बन्ने अवस्था भएन । तर, विभिन्न घुम्तीको बाटो पार गर्दै प्रचण्डले १६ बुँदे सम्झौताका लागि नेपाली कांग्रेस र एमालेलाई सहमत तुल्याउन सफल भए ।
तपाईले भन्नुभएको बिर्सिनुभयो–पहिलोपटक हामी आफैले, आफ्ना लागि, आफ्नो संविधान बनाउन आधार तयार पार्ने काम गर्न सफल भयौं । यो तपाईको त्यही राष्ट्रवादी छवि थियो, जसले भारतको कुनै दबाव या जानकारीविना १६ बुँदेको आधार तयार ग¥यो । यही १६ बुँदे सम्झौता नै नयाँ संविधानको आधार बन्यो । तर, बिडम्बना प्रचण्ड कमरेड, न तपाईले, न दिवंगत सुुशील कोइरालाजीले यो १६ बुँदे सम्झौतालाई आफ्नो सम्पत्ति देख्नुभयो । दुबै नेतालाई प्रश्न– देशलाई अग्रगमनमा लैजाने यो युगान्तकारी सम्झौता तपाईहरुको सम्पत्ति होइन र ?
१६ बुँदेको जगमा देशमा संविधान जारी भयो । यो संविधानमा माओवादीले फरक मत दर्ता गर्रुयो । आफ्नो फरक मत भए पनि देशलाई केही मात्रात्मक उपलब्धिका आधारमा नै भएपनि अग्रगामी दिशामा लैजानुपर्छ भन्ने अठोटका साथ पचण्डले संविधान जारी गर्न अथक प्रयास गरे । यो संविधानले निमुखाहरुको वास्तविक राज्यसत्ता त स्थापना गर्न सकेन । तर, उपरी संरचनामा भने उल्लेख्य परिवर्तन अवश्य ग¥यो । देशमा राजतन्त्रको विधिवत अन्त्य, धर्मनिरपेक्षता, संघीयता, समावेशी लोकतन्त्रलाई सैद्धान्तिक रुपमा संस्थागत गर्रुयो । कमरेड प्रचण्ड, के यो सम्पत्तिमा तपाईको हिस्सा लाग्दैन ?
नयाँ संविधान जारी भएपछि मधेसमा उथलपुथल मच्चियो । मधेसले उठाएका मागहरु तपाईले फरक मतका रुपमा त्यसअघि नै राख्नुभएकै थियो । तर मधेसमा आगो सल्कियो । सरकारले त्यसलाई निभाउन खोजेन । उल्टै ५ दर्जन जनतामा मारिए मधेसीका नाममा । भारतले यहीबेला निहुँ खोज्यो । त्यसपछि सरकार फेरियो । सरकार फेरिनुको मुख्य कारण पनि सरकार संविधान कार्यान्वयनका लागि गम्भीर नहुनु नै थियो भन्ने कुरा पुष्टि भइसकेको छ ।
तपाईकै शब्दमा शान्ति प्रक्रियाको पूर्णता संविधान कार्यान्वयनबाट मात्रै सम्भव छ । तपाई नेतृत्वमा आउनुभयो । हरेक दिन अहोरात्र खटिएर एकपछि अर्को काम गर्नुभयो । कसैले प्रभुको इसारामा भने, कसैले के–के । तर, तपाईले आज, भोलि, पर्सि गर्दै दीर्घकालीन महत्वका कामहरु शुरु गर्नुभयो । विदेशमा रहेका नेपालीहरुमा एउटा आशा पलायो । अहिलेसम्म आइपुग्दा त उपत्यकामा लोडसेडिङ नै छैन । यस्ता कैयन् अरु उदाहरण छन् । हिजोका पञ्चहरु नयाँ कोट लगाएर संसद पसे । जनताको अवस्था उही रहृयो । यस्तो अवस्थामा आम शोषित उत्पीडित जनताको पक्षमा प्रचण्डले बन्दुक उठाउनैपर्ने निर्णय गरे । त्यो निर्णय ठीक, बेठीक के थियो, इतिहासले बताउला, तर त्यो निर्णयपछि यी पिँधका निम्छराहरुको आवाज सतहमा आइपुग्यो ।
यही सतहमा आवाज आएकै कारण दलित आयोग, महिला आयोगदेखि कैयन दाताहरु ओइरिए यी निम्छराहरुको उत्थानको दाबी गर्दै । जनयुद्ध रापिलो बन्दै गयो । हुँदाहुँदा देशबाट नै राजतन्त्रको अवसान भयो । कमरेड प्रचण्ड, तपाईले आफूले नेतृत्व गरेको यति ठूलो उपलब्धि हासिल गर्ने सम्पत्ति किन लुकाउनुभयो ?
गणतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र तपाईको सम्पत्ति होइन र ? अनि यति बहुमूल्य सम्पत्ति लुकाउने तपाईले ? शान्ति प्रक्रियामा आएपछि प्रचण्ड सरकारमा गए । सरकारमा जाँदा उनले ‘प्रभु’हरुको बिरोध गरे । प्रभुहरुको इशारामा चलेको दलाल नोकरशाहीतन्त्रले प्रचण्डलाई देखी सहेन । प्रचण्डले राजीनामा दिनुपर्रुयो । यो श्रृंखला निरन्तर चल्यो । देशमा संविधान बन्ने अवस्था भएन । तर, विभिन्न घुम्तीको बाटो पार गर्दै प्रचण्डले १६ बुँदे सम्झौताका लागि नेपाली कांग्रेस र एमालेलाई सहमत तुल्याउन सफल भए ।
तपाईले भन्नुभएको बिर्सिनुभयो–पहिलोपटक हामी आफैले, आफ्ना लागि, आफ्नो संविधान बनाउन आधार तयार पार्ने काम गर्न सफल भयौं । यो तपाईको त्यही राष्ट्रवादी छवि थियो, जसले भारतको कुनै दबाव या जानकारीविना १६ बुँदेको आधार तयार गर्रुयो । यही १६ बुँदे सम्झौता नै नयाँ संविधानको आधार बन्यो । तर, बिडम्बना प्रचण्ड कमरेड, न तपाईले, न दिवंगत सुुशील कोइरालाजीले यो १६ बुँदे सम्झौतालाई आफ्नो सम्पत्ति देख्नुभयो । दुबै नेतालाई प्रश्न( देशलाई अग्रगमनमा लैजाने यो युगान्तकारी सम्झौता तपाईहरुको सम्पत्ति होइन र ?
१६ बुँदेको जगमा देशमा संविधान जारी भयो । यो संविधानमा माओवादीले फरक मत दर्ता गर्रुयो । आफ्नो फरक मत भए पनि देशलाई केही मात्रात्मक उपलब्धिका आधारमा नै भएपनि अग्रगामी दिशामा लैजानुपर्छ भन्ने अठोटका साथ पचण्डले संविधान जारी गर्न अथक प्रयास गरे । यो संविधानले निमुखाहरुको वास्तविक राज्यसत्ता त स्थापना गर्न सकेन । तर, उपरी संरचनामा भने उल्लेख्य परिवर्तन अवश्य ग¥यो ।
देशमा राजतन्त्रको विधिवत अन्त्य, धर्मनिरपेक्षता, संघीयता, समावेशी लोकतन्त्रलाई सैद्धान्तिक रुपमा संस्थागत ग¥यो । कमरेड प्रचण्ड, के यो सम्पत्तिमा तपाईको हिस्सा लाग्दैन ?
नयाँ संविधान जारी भएपछि मधेसमा उथलपुथल मच्चियो । मधेसले उठाएका मागहरु तपाईले फरक मतका रुपमा त्यसअघि नै राख्नुभएकै थियो । तर मधेसमा आगो सल्कियो । सरकारले त्यसलाई निभाउन खोजेन । उल्टै ५ दर्जन जनतामा मारिए मधेसीका नाममा । भारतले यहीबेला निहुँ खोज्यो । त्यसपछि सरकार फेरियो । सरकार फेरिनुको मुख्य कारण पनि सरकार संविधान कार्यान्वयनका लागि गम्भीर नहुनु नै थियो भन्ने कुरा पुष्टि भइसकेको छ ।
तपाईकै शब्दमा शान्ति प्रक्रियाको पूर्णता संविधान कार्यान्वयनबाट मात्रै सम्भव छ । तपाई नेतृत्वमा आउनुभयो । हरेक दिन अहोरात्र खटिएर एकपछि अर्को काम गर्नुभयो । कसैले प्रभुको इसारामा भने, कसैले के–के । तर, तपाईले आज, भोलि, पर्सि गर्दै दीर्घकालीन महत्वका कामहरु शुरु गर्नुभयो । विदेशमा रहेका नेपालीहरुमा एउटा आशा पलायो । अहिलेसम्म आइपुग्दा त उपत्यकामा लोडसेडिङ नै छैन । यस्ता कैयन् अरु उदाहरण छन् ।
कमरेड प्रचण्ड, सरकारमा गएपछि दृढतापूर्वक जनताका पक्षमा गरिएका यी काम तपाईको सम्पत्ति होइन र ? अनि किन लुकाउनुभयो त यी सम्पत्ति ? आदरणीय आलोचक मित्रहरु, प्रचण्डले लुकाएका यी सम्पत्तिहरु पनि सार्वजनिक गर्ने कि ? सामान्य राजनीति नबुझ्नेले आलोचना गर्नु त ठीकै हो, तर मार्क्सको पूँजी पढेको दाबी गर्ने एमाले बौद्धिक भनिने नेताहरुले नै यसरी आलोचना गर्नथालेपछि तिनीहरुको नियतमाथि प्रश्न उठेको छ । प्रचण्डले भौतिक सम्पत्ति कमाएनन् । के यो कुरा अझै स्पष्ट पार्नुपर्ने हो ? तर गैर–भौतिक सम्पत्ति नि ? सक्नुहुन्छ तपाईहरुले त्यो कमाउन ?
आसेपासेहरुलाई पनि, दलाली, कमिशनतन्त्र चलाउन तपाईहरुले सक्नुहोला, साँझपख जाँडका घैंटो बगाएर, डिस्को, डान्समा कम्मर मर्काएर पैसा उडाउन सक्नुहोला, विदेशी र विदेशी कम्पनी संस्थाहरुको दलाली गरेर अर्बौं कमाउन सक्नुहोला, राजधानीमा महल जोड्न सक्नुहोला । तर, के प्रचण्डले जुन नेपाली जनताको माया, देशप्रतिको आस्था र निष्ठाका लागि गरेको योगदानबाट जेजति कमाएका छन्, के त्यो कमाउन सक्नुहुन्छ ?
हिन्दी सिनेमामा एउटा निकै चलेको उखान छ,दुई भाइबीचको संवादको ।
दाइ ः तेरे पास क्या है ? मेरे पास दौलत है, बंगला है, घर है, गाडी है‘
भाइ ः मेरे पास माँ है माँ ।
हो आलोचक कमरेडहरु, प्रचण्डसँग यही ममता छ, देशका लागि । यही कर्तव्य र कसम छन् देशका लागि । यही हो उनले लुकाएको अर्बौंभन्दा बहुमूल्य सम्पत्ति । सक्छौ भने यो सम्पत्ति सार्वजनिक गर्ने आँट गर ।
(लेखक माओवादी समर्थक हुन्)







Post a Comment

 
Top