0
गोल्डेन न्यूज संवाददाता
पोखराको रामघाटस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलले आफ्नो २४ आँै स्थापना दिवस सोमबार सम्पन्न गरेको छ । आगामी वर्ष २५औँ स्थापना दिवसका सन्दर्भमा वर्षभरि नै रजत जयन्ती विशेष कार्यव्रmमहरु सञ्चालन गरिने संस्थापक÷प्राचार्य रत्नमान गुरुङले घोषणा गरे । कार्यव्रmमका अध्यक्ष तथा विद्यालयका संस्थापक÷प्राचार्य गुरुङले हाल विज्ञान र व्यवस्थापन सङ्कायमा उच्च शिक्षा प्रदान गरिरहेको विद्यालयले होटल व्यवस्थापन को पढाइ सञ्चालन गर्ने तयारी गरिरहेको बताए । विद्यार्थी केन्द्रित शैक्षिक गतिविधिलाई टप्सले उच्च प्राथमिकतामा राखेको बताउँदै गुरुङले शैक्षिक गुणस्तरका लागि जुनसुकै त्याग गर्न आफू तयार रहेकोमा जोड दिए । कार्यव्रmमका विशेष अतिथि पोखरा लिङ्कन इन्टरनेशनल कलेजका निर्देशक शेरबहादुर गुरुङले टप्सका गतिविधि नेपालकै शैक्षिक इतिहासमा उल्लेखनीय रहेको भन्दै प्रशंसा गरे । उनले पोखराबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित प्रतिभाहरु जन्माउन टप्स सफल भएको विश्लेषणसमेत गरे । अर्का विशेष अतिथि पत्रकार तथा शिक्षक अभिभावक सङ्घ कास्कीका अध्यक्ष हेमराज बरालले टप्स हरेक कुरामा टप रहेको भन्दै जनमानसमा राम्ररी भिजेको स्कुलका रुपमा आफूले टप्सलाई चिनेको बताए । सो अवसरमा शिक्षक÷शिक्षिकाहरुका तर्फबाट संस्थापक÷प्राचार्य रत्नमान गुरुङ र संस्थापिका भक्ति गुरुङलाई विशेष सम्मान गरिएको थियो । ४ दिनसम्म पूर्व विद्यार्थी भेला, विभिन्न तहगत विद्यार्थीहरु र शिक्षक÷शिक्षिकाहरुबिच खेलकुद प्रतियोगिता, विविध कार्यव्रmमहरुपछि गरिएको समापन कार्यव्रmममा पुरस्कार वितरण तथा सांस्कृति कार्यव्रmमहरु पनि प्रस्तुत गरिएको थियो ।  पुरस्कृत विद्यार्थीहरुलाई पूर्व शिक्षक तथा अभिभावक रुपिन्द्र प्रभावी, भेषराज पौडेल, इन्सपेक्टर धनकाजी गुरुङ, भोजेन्द्र गुरुङ, तारा गुरुङ, कर्णबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए । यसअघि सम्पन्न शिक्षिका–कुर्ची घुमाइ प्रतियोगितामा लुमा थापा र चित्रकुमारी गुरुङ व्रmमशः प्रथम र द्वितीय भएका थिए भने विद्यार्थीहरु बीच भएको खुला गायन प्रतियोगितामा अमिता गुरुङ, विनिसा पन्त, सिनेन गुरुङ र पूर्णबहादुर गुरुङ व्रmमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका भएका थिए । उच्च मावि संयोजक निर्मंलमणि सोती र शिक्षक गोपाल खनालले सञ्चालन गरेको कार्यव्रmममा स्कुल सुपरभाइजर चित्रकुमार गुरुङले स्वागत गरेका थिए । सो अवसरमा २४औं अभिभावक दिवस आगामी फागुन २१ गते पोखरा सभागृहमा हुने पनि जनाइएको थियो । वि.सं. २०५० मङ्सिर २४ मा स्थापना भएको विद्यालयबाट हालसम्म १६औँ समूहबाट ८ सय ६५ जनाले एसएलसी उत्तीर्ण गरेका विद्यलयकी संस्थापिका भक्ति गुरुङले जानकारी दिए ।


Post a Comment

 
Top