0
रोटरी क्लव अफ पोखरा न्यूरोडले सातौं वार्षिकोत्सवको अवसर पारि कास्की कारागारमा रहेका वालकहरुका लागि न्यानो कपडा तथा महिला वन्दीहरुका लागि म्याट्रेस वितरण गरेको छ । क्लवका अध्यक्ष टुवराज बाँस्तोला “बिशाल” को अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ पोखरा न्यूरोडका संस्थापक अध्यक्ष रवि प्रसाद वरालले रोटरीका ६ वटा फोकस क्षेत्रको वरोमा जानकारी गराएका थिए । रोटरीले शान्ति स्थापना र द्वन्द व्यवस्थापन, रोग लाग्नबाट वच्ने उपाय र सोको उपचार, जल तथा पर्यावरण, सुत्केरी आमा तथा वच्चाको स्वास्थ, आधारभूत शिक्षा र साक्षारता अभियान, आर्थिक सवृद्धि र समुदायको विकासका वारेमा उनले चर्चा गरेका थिए । कार्यक्रममा कारागार प्रमुख हरिप्रसाद गौतमले रोटरीले सामाजिक क्षेत्रमा पु¥याएको सहयोगको प्रशंसा गर्दे सरकारले आफ्नो दायित्व विर्सेको अवस्थामा रोटरीले खेलेको भूमिकाको प्रशंसनीय भएको बताए । उनले आगामी दिनहरुमा समेत यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गरे । क्लवका सचिव ईन्द्र बहादुर थापाले कार्यक्रमको संचालन गरेका थिए भने क्लवका अध्यक्ष प्रेमप्रसाद शर्माले स्वागत,  कार्यक्रमको औचित्यबारे अव्राहम खानले प्रकाश पारेका थिए । कार्यक्रममा क्लवका अध्यक्ष  टुवराज बाँस्तोलाले रोटरीले पोलियो उन्मुलन पश्चात पूर्ण साक्षरता कार्यक्रमलाई एक अभियानकै रुपमा संचालन गरेको र निरक्षरता उन्मुलनतर्फ पनि आफ्ना कार्यक्रमहरुलाई फोकस गरिरहेको वताए । उनले क्लवले समाजका लागि हितकर हुने समाजमैत्री कार्यक्रहरु वेला–वेलामा आयोजना गरी निरन्तरता दिंदै जाने समेत स्पष्ट पारे । क्लवले समाजमा आईपरेको सामाजिक समस्या र चुनौतिहरुको समाधान तथा स्थानीयस्तरमा नेतृत्व र व्यक्तित्व विकासका लागि रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आइरहेको अध्यक्ष बाँस्तोलाले स्पष्ट पारे ।

Post a Comment

 
Top