0
गोल्डेन न्यूज संवाददाता
कालिका बहुमुखी क्याम्पसका संस्थापक एवं शिक्षासेवी बलवीरसिंह नेगीको नाममा पुस्तकालय निर्माण भएको छ । कालिका क्याम्पस स्थापनामा नेगीले पुर्याएको योगदानलाई चिरस्थायी बनाउन पुस्तकालय निर्माण गरिएको आइतबार रजतजयन्ती समापन कार्यक्रमका बारेमा जानकारी दिन आायोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखराको सेतीपारी कुनै क्याम्पसा नभएको बेला कालिका बहुमुखी क्याम्पस स्थापनामा खेलेको भुमिकाको उच्च मूल्याङ्कन गर्दै ३७ लाखको लागतमा भवन निर्माण गरिएको क्याम्पस प्रमुख बालकृष्ण शर्माले जानकारी दिए ।
 
विश्व विद्यालय अनुदान आयोगले दिएको रमकबाट भवन निर्माण गरिएको र नेगीको नामबाट नामाकरण गरिएको प्रमुख शर्माले बताए । त्यस्तै नेगीकै नाममा क्याम्पसले प्रतिष्ठान गठन गरि ५ लाख रुपैयाँको अक्षय कोर्ष राखेर त्यसबाट आउने ब्याजबाट पोखराको शैक्षिक क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान गर्ने निर्णय भएको क्याम्पस संचालक समितिका उपाध्यक्ष सन्तबहादुृर गुरुङले बताए । उनले शिक्षा क्षेत्रमा नेगीले पुर्याएको योगदानलाई भुल्नेकाम भएको बताए । नेगी कालिका बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख हुन् । त्यस्तै क्याम्पसका अध्यक्ष एवं उद्योगपति सुर्यबहादुर केसीले ५० लाखको लागतमा हल निर्माण गर्ने भएका छन् ।
 
उनले आफना बाबु कृतिबहादुुर केसीको सम्झनामा हल निर्माण गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिए । केसी क्याम्पस स्थापनाकालदेखि निरन्तर क्याम्पस ब्यवस्थापन समितिको अध्यक्ष रहेका छन् । उनले विगत २५ वर्षदेखि क्याम्पस संचालक समितिको अध्यक्ष भएर काम गदै आएका छन् । क्याम्पसले आफनो रजत जयन्ती विभिन्न कार्यक्रम गरि मनाएको छ । रजतजयन्तीको समापन पुुस १२ गते गदै छ । क्याम्पसमा हाल १०हजार ४६ विद्यार्थी अध्ययनरत रहेका छन् भने ६५ प्राध्यापक र १० कर्मचारी कार्यरत छन् । क्याम्पसमा हाल विज्ञान, ब्यवस्थापन, मानविकी र शिक्षा संकालयका कार्यक्रम संचालन छन् । त्रिविविका कार्यक्रमहरुमा चार बर्षे वि.वि.एस, वि.एड तथा तिन वर्षे वि.ए र दुई वर्षे ग्रामिण विकसमा एमं.ए का कार्यक्रमहरु प्रात र दिवा तथा सन्ध्याकालिन समयमा संचालित रहेको क्याम्पस प्रमुख बालकृष्ण शर्माले बताए । १४ रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसमा १४ वटा पक्कि भवनमा ३४ कोठा रहेका छन् । पत्रकार सम्मेलनमा डा. चन्द्रबहादुर गुरुङ र प्राध्यापक रविन्द्र बास्तोलाले क्याम्पसका बारेमा बोलेका थिए ।े





Post a Comment

 
Top