0
गोल्डेन न्यूज संवाददाता
पोखरामा प्रधान कार्यालय रहेको फेवा विकास बंैकले आफ्ना शेयरधनीलाई बोनश शेयर वितरण गर्ने भएको छ । बैंकको संचालक समितिको निर्णय अनुसार आ.व. २०७२÷७३ सम्मको संचित मुनाफाबाट चुक्ता पूंजीको २०.६० प्रतिशत वोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त वोनश शेयर बैंकको नवौंं बार्षिक साधारण सभावाट पारित भएपछि वितरण गरिने छ ।  यस पश्चात बैंकको कुल चुक्तापूजी १ अर्व १९ करोड ९९ लाख ७० हजार पुग्ने छ ।फेवा विकास बैंक लिमिटेडले आ.व. २०७३÷७४ को पहिलो त्रैमासमा निक्षेप १२ अर्ब १२ करोड रुपैयाँ र कर्जा रु.१० अर्ब ५८ करोड पु¥याएको छ । साथै बैंकको निष्क्रिय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।  बंैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालयमार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस,  एटीएम, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरु बाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समूहमा आवद्घ लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ । बंैकले ग्राहकको निक्षेप प्रतिफललाई ध्यान दिंदै ९९ दिने मुद्धतिमा वार्षिक ८.३ प्रतिशत निक्षेप योजना ल्याएको छ । यो योजना बंैकका केन्द्रीय कार्यालय सहित २९ वटा शाखामार्फत प्राप्त गर्न सकिने छ । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंक लिमिटेड सँग गाभ्ने र गाभिने सम्बन्धमा नेपाल राष्ट्रबंैकमा निवेदन दिइएकोमा नेपाल राष्ट्रबैंकबाट सहमति पत्र आइसकेको बताइन्छ ।




Post a Comment

 
Top