0
गोल्डेन न्यूज संवाददाता
पोखरामा सातौं राष्ट्रिय टेनिस प्रतियोगिता सम्पन्न भएकै भोलिपल्टदेखि १४औं पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता अन्तर्गत बिहीबार विकास गुरुङ्गले सुनिल श्रेष्ठलाई, आत्माराम कार्कीले विनोद गुरुङ्गलाई, सूर्यबहादुर शाहीले हुम आलेलाई, छेवाङ लामाले राजन विजुक्छेलाई, नविन श्रेष्ठले अनुप शाहलाई, गोपी भट्टराईले डा.देव थापालाई, नारायण पहारीलाई बबि चन्दले पराजित गरे । त्यसैगरि आ–आफ्नों खेलमा जीत हाँसिल गर्दै सुदर्शन विष्ट, अनुज बाँस्तोला, पदम गुरुङ्ग, सुशिलराज पाण्डे, धरम कोइराला, अमृत कार्की, शोभियतमान श्रेष्ठ र राजु श्रेष्ठ पनि अगाडि बढे । डबल्सतर्फ डेगेन्द्र र राजु, लोक र कुमार, शिव र अमृत, पृथ्वीमान थकाली र दिनेश, शान्ता र राजु, पदम र राजेन्द्र तथा अनिल र धरमको जोडीले पनि जित हाँसिल गरे ।  त्यसैगरि राजु श्रेष्ठ र कमल, छेवाङ र दिनेश, नविन चालिसे र चन्द्र, महेश र राजु, आत्माराम र राजु, शरण र सुरेश, तथा श्रीराम र राजेन्द्रको जोडिपनि विजयी भए । पाँचदिनसम्म चल्ने प्रतियोगितामा ३५, ४५ र ५५ वर्षमाथि एकल र डबल्सतर्फ तथा ६५ वर्ष माथि एकलमा प्रतिस्पर्धा हुने प्रतियोगिताका प्राविधिक संयोजक नविन चालिसेले जानकारी दिए । ३५ वर्ष माथिको एकलतर्फ प्रथम हुने खेलाडीले नगद ५० हजार र द्वितीय हुनेले नगद २० हजार, ४५ वर्ष माथिको एकल डबल्सका विजेता तथा उप–विजेताले नगद १५ हजार र ७ हजार तथा अन्यले ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विहीबार विहान एक समारोहका बीच नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले उद्घाटन गरेका थिए ।



Post a Comment

 
Top