0
मुक्तिनारायण यादव
विगतमा चार दल कांग्रेस, एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरम नेपाल
(लोकतान्त्रिक) का केही नेताहरूले १६ बुँदे सम्झौतालाई टेकेर बनाएको संविधान मधेशी, थारू, आदिवासी र जनजातिलाई अन्तरिम संविधानले दिएको अधिकार पनि खोसी मुलुकलाई प्रतिगमनतिर धकेल्ने कार्य गरेकोले सोही बेलादेखि मधेशमा खूनी र प्रतिगामी संविधानको विरोधमा सशक्त आन्दोलन हुँदा दर्जनौं मधेशी शहीद भए, त सयौंको विचल्ली भयो भन्ने हजारौ संख्यामा घाईते भए सयौं आन्दोलनकारी माथि झुठा र जालिसाजी मुद्दा लगाइएको छ । ओली सरकारले ३६ पटक निष्कर्ष विहिन वार्ताको नाटक पनि गरे । हाल वर्तमान प्रचण्ड सरकार पनि संशोधनको नाउँमा पटक–पटक मिति तोकी भुलभुलैयाको खेलमा लागेको अवस्थामा परिणाममुुखी नतीजाको आशा पनि क्षीण हुँदै गैरहेको छ । अतः यी खसवादीहरूले पुनः देशलाई आन्दोलनको आगोमा झोक्ने प्रयास गरी रहेका छन् । एउटा अनावश्यक आन्दोलनलाई आवश्यक बनाउन चाँजो–पाँजो मिलाई रहेका छन् । अतः आन्दोलको विकल्प छैन । ६ महिनाको लामो आन्दोलबाट पाएका पीडा र समस्याहरूको लेखा–जोखाको क्रममा मधेश आन्दोलनको एजेण्डा मै अन्तविरोध रहेको छ ।
१) डा. सी.के.राउतको शात्तिपूर्ण स्वतन्त्र मधेशको एजेण्डा ।
२) जय कृष्ण गोईतको सशस्त्र स्वतन्त्र मधेशको एजेण्डा।
३) संयुक्त लोकतात्रिक मधेशी मोर्चाको स्वायत्त मधेश प्रदेशको साथ राज्यको हरेक अंगमा समानुपातिक समावेशी सहभागिता तथा जनसंख्याको आधारमा प्रतिनिधित्व ।
४) आत्मसमर्पण जस्तो नेपाली कांग्रेस, एमाले र माओवादी एकता केन्द्रमा मधेशी प्रतिनिधि जुन खेतलाको रूपमा दास भै आफ्नो मालिकको लागि काम गरिरहेको ।
माथिका तीनवटै एजेण्डा बोकेर नेतृत्व पंक्तिमा स्वभिमान सम्माल्ने पहिचानको प्रत्याभूति खोजेको हो । तर आत्म समर्पणवादीहरूले के गर्न खोजेको ? सयौं मधेशीको शहादतले पनि उनीहरूको आँखा खुल्न नसकेको किन होला ? उनी भित्रको जमीर मरिसकेको त छैन ? तपाईको समर्पण के को लागि ? पद, पैसा र आफ्नो मालिकलाई खुशी पार्नको लागि होइन ? हो, शायद यो नै सेवकको अर्थ पनि हो । आफ्नो मान, सम्मान, स्वाभिमान र इमानलाई लत्याएर पनि आफ्नो मालिकको शान र स्वभिमानको रक्षा गर्नु नै दासको परम धर्म हुन जान्छ । पूर्व राष्ट्रपति देखि लिएर समर्पणवादी कित्ताका जति पनि मंत्री, सांसद भए सबैले आफ्नो मालिकको सेवकाईमा कुनै कसर बाँकी राखेनन् ।
औषधि उपचार खर्च बापत रू. पचास लाख दिएको कुरा विभिन्न मिडिया तथा पत्र–पत्रिकामा लगातार हप्तौंसम्म व्यापक विरोध खसवादी द्वारा नै गरियो यसरी हल्ला खल्ला मच्चाइयो कि देशमा कुनै ठूलो दुर्घटना भए जस्तो तर त्यसरी ठीक एक हप्ता पछि नै ओली र देउवा पनि विदेश मै गएर उपचार गराए तर कहीं कुनै पनि पत्र–पत्रिका वा मिडियाले चर्चासम्म पनि गरेन । खसवादी ठूला वडाले टाउको दुख्दा पनि अमेरिका र बेलायत नै जाने । यो विभेदको अन्त कहिले ? तर पनि यो दासहरूको चेत नखुल्नु रहस्यमय कुरा हो । हाल एमालेका लालबाबु यादव एक उदीयमान नेताको रूपमा  आफूलाई उभ्याउने क्रममा देखिन्छ । यिनको बुझाईमा सीमांकन मधेशको मुद्दै होइन । मधेशको आन्दोलन केही व्यक्तिको एजेण्डा हो । हो मा हो एमालेको लोलीमा बोली मिलाएको मलाई लाग्छ कि शायद डा.रामवरणको प्रेतात्मा लालबाबुमा प्रवेश गरेको हो कि । डा. रामवरणले मधेशलाई गाली गरेर नै आफ्नो मालिकबाट बक्सिसको रूपमा राष्ट्रपति पद पाए । शायद त्यै भएर होला लालबाबुमा पनि उनकै बाटो अवलम्बन गर्ने सोच पलाएको किनभने उहाँपनि यादव नै हो । तर, याद होस् राष्ट्रपति पद पनि मधेश आन्दोलन कै उपलब्धि हो । मालिकको नजरामा बक्सिस होइन । आत्मसर्पणवादी कित्ताका मित्रहरूले धरातलीय सत्य बुझ्नु पर्ने कुरा के हो भने वास्तवमा उहाँहरू मधेशी नै हो । उही कालो कलुटो मर्सिया । तपाईको मालिक खसवादी होइन । तपाईको मालिक त मधेशका शोषित, पिडित जनता हो ।
जसको अगाडि चुनावको बेला तपाई विभिन्न बाचाहरू प्रतिवद्धताहरू गर्नु भएको छ । जसको मतले तपाईँ आज आफूलाई मानव होइन महामानव ठान्नु हुन्छ । अझ पनि मौका छ, आफू सच्चिने । आफ्नो धर्मको पालन गर्नुहोस् मधेशी जनताले चाहेको मान सम्मानको रक्षा गरेर । साथै आफै मान, सम्मान र स्वाभिमानको रक्षाको खातिर संविधान संशोधन प्रकृयामा आफ्नो ठाउँमा सहयोग गर्नुहोस् र आफ्नै सन्तानको लागि सुनौलो भविष्यको निर्माण गर्नुहोस् । ताकि तपाई कै सन्तान डाक्टर, इञ्जिनियर भएर वा पढेर पनि भोलि दुबै कतारमा गएर अपमानित जिवन बाँच्न नपरोस् ।
(मधेश दर्पण फिचर सेवा)












Post a Comment

 
Top