0
पोखरा २१ कार्तिक ।
नेपाल सांस्कृतिक संघ कास्कीको आइतबार सम्पन्न दोस्रो अधिवेशनले संघको कास्की जिल्ला समिति र क्षेत्रीय समितिहरुका साथै महाधिवेशन प्रतिनिधि समेत चयन गरेको छ । नेपाली कांग्रेस निकट रहेको संघको कास्की जिल्ला सभापतिमा अमर धिताल, सचिवमा प्रकाश बराल र कोषाध्यक्षमा अर्जुन खनाल तथा सदस्यहरुमा रामजी पौडेल, प्रदीप त्रिपाठी, सन्तोष बस्याल, जूना क्षेत्री, सुरेश भुर्तेल, गंगा खनाल, कृष्ण सुवेदी, होम गुरुङ, यम सारु मगर, लक्ष्मी सुवेदी र सम्मरबहादुर श्रेष्ठ रहेका छन् ।
यसैगरी कास्कीका ४ क्षेत्र मध्ये क्षेत्र नं. १ को सभापतिमा डाल्डादेवी भुजेल र सचिवमा कौशिला गुरुङ रहेका छन् । यस्तै क्षेत्र नं. २ को सभापतिमा गोविन्द कोइराला र सचिवमा कुशुम केसी, क्षेत्र नं. ३ को सभापतिमा मनोहरि दाहाल र सचिवमा पवित्रराज बराल तथा क्षेत्र नं. ४ को सभापतिमा बाबुराम भण्डारी र सचिवमा सन्तोष सुवेदी रहेका छन्। जिल्ला समिति र क्षेत्रीय समितिको केही पदहरुमा मनोनयन बाँकी रहेको बताइन्छ ।
अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ चोलेन्द्र पौडेल र रामचन्द्र पौडेल चयन भएका छन् भने महिलातर्फ सीता केसी, विभिन्न जनजातिबाट आशबहादुर गुरुङ र विन्दु भुजेल तथा दलितबाट बलराम परियार चयन भएका छन । जिल्ला सभापति र क्षेत्रीय सभापतिहरु पनि पदेन महाधिवेशन प्रतिनिधि रहने व्यवस्था छ ।
अधिवेशनको उद्घाटन नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले गरेका थिए । कार्यक्रममा बोल्दै केसीले संघमा आवद्ध कलाकारलाई पार्टीले संरक्षण गर्ने भन्दै कलाकारको समस्या के छ ती समस्या लिएर आउन आग्रह गरे। उनले भने–‘तपाईहरुको अप्ठ्यारो र समस्याका सधै पार्टीे तपाईहरुको साथमा रहने छ।’
नेपाल साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थ थापाले पार्टीले गरेका कामहरु जनतामाझ पु¥याउन संघलाई पार्टीले भरपूर रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिए। 
कार्यक्रममा नेपाली काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, निवार्चन अधिकृत राजु घिमिरे, नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्य, सचिव सुदिपमोहन भट्टराई, कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेपाल साँस्कृति संघका केन्द्रीय उपसभापति कुमार राना, नेपाली काँग्रेस क्षेत्र नं.१ का सभापति वृजमान गुरुङ, नेपाल तरुणदल कास्कीका सभापति मनोज गुरुङ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गोपाल गुरुङ, नेपाल साँस्कृतिक संघका केन्द्रीय प्रतिनिधि अर्जून अधिकारी, संस्कृतिविद् प्रा.डा.कुसुमाकर न्यौपानेले बोलेका थिए।

Post a Comment

 
Top