0
बागलुङ जिल्लामा १० वटा स्थानीय बनाउन प्रस्ताव गरिएको छ । स्थानीय तह पुनःसंरचना जिल्ला प्राविधिक सहयोग समितिका अनुसार चार नगरपालिका र छ वटा गाउँपालिका बनाउने प्रस्ताव स्थानीय तह पुनःसंरचना आयोगमा पठाइएको छ । राजनीतिक दलहरूबीच पूर्ण सहमति नजुटे पनि अधिकतम सहमतिका आधारमा १० वटा निकाय प्रस्ताव गरिएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यले बताए । नेपाली काँग्रेसबाहेकका सबै दलले प्रस्तावमा साझा सहमति कायम गरेको समितिले जनाएको छ । प्रस्तावमा बागलुङ, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिका रहने उल्लेख छ । छ गाउँपालिकामा बरेङ, काठेखोला, निसीखोला, बडीगाढ, स्वायत्त क्षेत्रका रुपमा ताराखोला र विशेष क्षेत्रका रुपमा तमानखोला गाउँपालिका प्रस्ताव गरिएको समितिका सदस्य सचिव खिम विकले जानकारी दिए । बागलुङ नगरपालिकामा हालका वडाका अतिरिक्त मालिका, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, नारायणस्थान, पैंयूपाटा, ६ नं वडा बाहेकको सिगाना र पालाकोट गाविसको वडा नं ६, ७, ८ र ९ लाई समावेश गरिएको छ । कुश्मीसेरा केन्द्र रहने गरी प्रस्ताव गरिएको जैमिनी नगरपालिकामा कुश्मीसेरा, दमेक, सर्कुवा, विनामारे, अर्जेवा, जैदी, छिस्ती र पैंयूथन्थापका वडा नं ३, ४, ५, ६, ७ र ८ लाई समावेश गरिएको छ । मजुवा केन्द्र रहने गरी प्रस्ताव गरिएको गलकोट नगरपालिकामा आठ गाविसमा समावेश छन्। जसमा मल्म, काँडेबास, हटिया, नरेठाँटी, दुदिलाभाटी, हरिचौर, पाण्डवखानीको ३ र ४ वडा र रिघा गाविसको वडा नं ३ र ६ समावेश गरिएको छ ।  यस्तै, बुर्तिबाङ केन्द्र रहन गरी बुर्तिबाङ, अधिकारीचौर, राजकुत, बोबाङ र खुङ्गा गाविस समेटिएको ढोरपाटन नगरपालिका प्रस्ताव गरिएको छ । बरेङ केन्द्र रहने गरी सातवटा गासी समेटेर बरेङ गाउँपालिका प्रस्ताव गरिएको छ । जसमा पैंयूथन्थाप गाविसको वडा नं १, २ र ९ सहित राङ्खानी, धुल्लुबाँस्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गाविस समाहित छन् । रासस  

Post a Comment

 
Top