0
गोल्डेन न्यूज संवाददाता
 
निजि तथा आवाीसय विद्यालयहरुको छाता संगठन राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल, कास्की (एन प्याब्सान कास्की) ले आयोजना गर्न लागेको खेलकुद महोत्सवको तयारी तिव्र पारिएको छ। एन प्याव्सान कास्कीको यो ११ औ संकरण हो। महोत्वसव मंसीर १४ गतेदेखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिईयो।
‘एन प्याब्सान कास्कीको सङ्कल्प ः खेलकुद शिक्षाको अभिन्न अङ्ग’ भन्ने मुल नार लिएको उक्त प्रतियोगितामा भलिबल, फुटबल, वास्केटबल, ह्याण्डबल, टेबुलटेनिस खेलहरु आधारभूत र मावि तहमा छात्र र छात्रा समूहमा खेलाईनेछ। एथलेटिक्स विधाका सम्पूर्ण खेलहरु महोत्सवमा खेलाईने एन प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले जानकारी दिए।
उनका अनुसार महोत्सवमा प्रत्यक्ष र परोक्षरुप्मा गरि ४५ विद्यालयका लगभग सात हजार खेलाडी मैदानमा प्रतिस्पिर्धाका लागि उत्रनेछन् भने लगभग २५ हजार विद्यार्थी अभिभावकले महोत्सवको अवलोकन गर्नेछन्।
 
महोत्सवको उद्घाटन युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले गर्नेछन् भने समापन मंसिर १७ गते दुई वजे रंगशालामा हुने छ। महोत्सव सम्पन्न गर्नका लागि करिव १४ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ। विद्यार्थीहरुको शारिरीक एवम् मानसिक विकासका लागि उनीहरुमा अनुशासन र मिहेनत गर्ने बानिको विकासका लागि तथा राष्ट्रले खोजेको भोलीको कर्णधार खेलाडी उत्पादन गर्ने राष्ट्रिय लक्ष्यलाई हातेमालो गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवलाई सफल बनाउनका लागि एन प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ। प्रतियोगितामा चार सय ४५ विद्यार्थीले विभिन्न विधामा मेडल प्राप्त गर्ने पुरस्कार व्यवस्थापन उपसमिति संयोजक भिम न्यौपानेले जानकारी दिए। गत वर्ष कास्की मोडनाईज्ड चायाम्पियन भएको थियो।औपचारिक उद्घाटन मंसिर १४ गते भएपनि शुक्रबार देखि अनौपचारिक खेल शुरु भएको छ। शुक्रबार छात्र र छात्रा तर्फको फुटबलखेल शुरु भएको छ। छात्र तर्फ शुक्रबार सिद्धिविनायक वोर्डिङ स्कूल र लिटिल फ्लावर एजुकेशन वीच भएको खेलमा सिद्धिविनायकले लिटिल फ्लवारलाई ३–० ले पराजित ग¥यो। न्यू लेखनाथ पब्लिक र होलीमाउण्ट बोर्डिङ स्कूल विच भएको खेलमा निर्धारित समयमा गोल नभएपछि खेल टाईब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा न्यू लेखनाथले होलि माउण्टलाई ४–० ले पराजित ग¥यो। त्यसैगरि पुस्पसदन एकडेमीले गोर्खा वोर्डिङ स्कूललाई ५–०ले पराजित ग¥यो भने शान्तिवाटिकाले नेशनल क्रियशनलाई २–० ले पराजित ग¥यो। त्यसैगरी सनराईज प्रिपारेटोरी बोर्डिङ स्कूलले अञ्जुली बोर्डिङ स्कूललाई ३–२ ले पराजित ग¥यो। सिद्धार्थ लवडेल बोर्डिङ स्कूलले डायमण्ड मोडेल स्कूललाई टाईब्रेकरमा ९–८ ले पराजित ग¥यो।चिल्ड्रेन्स एकेडेमीले अल्फा एकेडेमीलाई ४–० र मर्निङग्लोरी एकेडेमिक स्कूलले इमानुयल बोर्डिङ स्कूललाई ३–० ले पराजित ग¥यो। त्यसैगरी शुक्रबार नै भएको छात्र सेभेन ए साईड तर्फ हेमजा बोर्डिङ स्कूलले त्रिवेशणी पब्लिकलाई टाइब्रेकरमा ३–० ले पराजित ग¥यो। इमानुयल बोर्डिङ स्कूलले बागमार एकेडेमीलाई टाईब्रेकरमा २–१ ले पराजित ग¥यो। त्यस्तै ज्ञानज्योति विद्याकुञ्जले रत्नज्योति माविलाई ४–० र हार्वड एकेडेमीले अन्जुली बोर्डिङ स्कूललाई २–० ले पराजित गरेको प्रचार प्रसार उपसमिति संयोजक प्रेमराज अधिकारीले जानकारी दिए।





Post a Comment

 
Top