0
कास्की जिल्लामा रहेका विद्यालयमा टेबलटेनिस खेल प्रशिक्षण दिई रहेका प्रशिक्षकहरु लाई दुई दिने अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले आफूले चाहेर पनि वजेट अभावको कारण टेबलटेनिस खेलको विकासमा सहकार्य गर्न नसकेको बताएका थिए । अखिल नेपाल टेवलटेनिस संघ नेपालको आयोजना तथा कास्की जिल्ला टेबलटेनिस संको व्यवस्थानमा भएको सो प्रशिक्षण कार्यक्रममा बिभिन्न विद्यालयका १५ जना शिक्षकहरुको सहभागिता रहेको समितिका सदस्य निर्मल सोतीले बताए । प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि गुरुङले प्रमाणपत्र वितरण गरेका थिए। अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ, नेपाल ओलम्पीक कमिटी, राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय टेबुलटेनिस बरिष्ठ प्रशिक्षक अरिफ खानले दुई दिन सम्म प्रशिक्षण दिएका थिए । प्रशिक्षक खानले टेबलटेनिस खेलको माध्यमबाट सुन्दर नगर पोखराको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरेका थिए । पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख मोहन योगीले टेबलटेनिस खेललाई पश्चिमाञ्चल क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु लाई उपयोगी हुने विश्वास व्यक्त गरेका थिए । समितिका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यसमिति सदस्य गोपाल थापाले गरेका थिए ।







Post a Comment

 
Top