0
गोल्डेन न्यूज संवाददाता
लायन्स मल्टिपल फेलोसिप कार्यक्रमको तयारी पुरा भएको छ । देशभरका करिब सात हजार लायन्स सदस्य तथा लिडरहरुको उपस्थितिमा शनिबार पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा मल्टिपल फेलोसिप हुँदैछ । लायन्स कुम्भ मेलाका रुपमा लिइएको कार्यक्रममा सहभागीहरु लायन्स लिडर तथा सदस्यहरु परिवारसहित धमाधम पोखरा आउनेक्रम जारी रहेको कार्यक्रम चियरपर्सन ध्रुव थापाले जानकारी दिए ।
 
शनिबार बिहान ८ बजे पोखराको चिप्लेढुंगाबाट सुरु हुने सताब्दिऔं परेड महेन्द्रपुल, नयाँबजार हुँदै प्रदर्शनी केन्द्रमा पुगेपछि फेलोसिप कार्यक्रम शुभारम्भ हुनेछ । फेलोसिप कार्यक्रमका आकर्षणहरुमा महिला कबयी, क्वीज कन्टेस्ट, भलिबल, फुटबल, रस्साकस्सी, युगल नृत्य, म्युजिकल चियर, अन्तर लायन्स डिस्टिूक्ट दोहोरी प्रतियोगिता, बिबिध सांस्कृतिक कार्यक्रम, मौलिक खानाका परिकारहरु लगायत छन् । झाँकी प्रदर्शनी, दोहोरी तथा पप गीत प्रस्तुति, फेशन सोलाई पनि कार्यक्रममा समावेश गरिएको कार्यक्रमका मिडिया संयोजक सुदिपराज ढुंगानाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । कार्यक्रमले पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने कार्यक्रमका सचिव नारायणहरि भण्डारीले बताए । ‘पोखरा डिस्टिनेसन अफ प्लेजर’ नाराका साथ कार्यक्रम गर्न लागिएको हो । लायन्स मेलामा खेलकुद, नाचगान, खानपिन, भाइचारा अभिबृद्धि, तथा मूल समारोहमा केन्द्रित रहने कार्यक्रमका संयोजक बिमला श्रेष्ठले बताइन् । नेपालमा रहेका चारवटै लायन्स डिष्ट्रिक्टका क्याविनेट मिटिङहरु एउटै समयमा नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा रहेको पोखरामा शुक्रबार हुँदैछ । मल्टिपल फेलोसिपको पूर्व सन्ध्यामा हुने क्याविनेट मिटिङलाई पनि महत्वका साथ हेरिएको छ । लायन्स मल्टिपल फेलोशिप कार्यक्रम गतवर्ष चितवनको पर्यटकीय क्षेत्र सौराहामा भएको थियो ।

यसैबीच शनिबार पोखरामा हुने लायन्स मल्टिपल फेस्टिभल कार्यक्रम र शुक्रबार हुने क्याविनेट मिटिङको पूर्वसन्ध्यामा मोटर ¥याली निकालिएको छ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ को आयोजना तथा नेपाल अटोमोबाइल स्पोट्र्स एशोसिएशन को (नासा) को सहयोगमा बिहीबार मोटर ¥याली निकालिएको हो । काठमाडौंबाट ३० वटा मोटरमा १ सय २० जना र बिराटनगरबाट १५ वटा गाडीमा ५५ जना ¥यालीमा सहभागी भएको पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएसनका उपाध्यक्ष तथा लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका एभडाइजर मोहनबाबु खड्काले जानकारी दिए । मुग्लिनमा भेट भएर पोखरा आइपुगेको ¥यालीको टोलीलाई पोखरामा भव्य स्वागत गरिएको छ । पर्यटन प्रवद्र्धन तथा सडक सुरक्षाको मुख्य उद्देश्यसहित ¥याली निकालिएको हो । कार्यक्रम संयोजक मधुसूदन सिग्देलको नेतृत्वमा ¥याली भएको हो ।







Post a Comment

 
Top