0
गोल्डेन न्यूज संवाददाता
बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार–२०७३ प्रतिभा छनोट समिति गठन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीको संयोजकत्वमा गठित ४ सदस्य समिति सदस्यहरुमा कान्तिपुर दैनिकका पोखरा स्थित संबाददाता लालप्रसाद शर्मा, पुरस्कार सञ्चालक परिवारका सदस्य शर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी रहेका छन् । संयोजक पराजुली राष्ट्रिय समाचार समितिका संचालक सदस्य, गोल्डेन न्यूज दैनिकका प्रधान सम्पादक समेत हुन् । स्वर्गीय आनन्दराज श्रेष्ठको स्मृतिमा उनका परिवारजनबाट स्थापित पुरस्कारको राशी १५ हजार १११ रुपैयाँ रहेको छ भने पुरस्कार स्वर्गीय आनन्दराज श्रेष्ठको बार्षिक पुन्यतिथिको अवसर पारी प्रत्येक बर्ष प्रदान गरिंदै आएको छ । बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणको बिषयमा बर्षभरी उष्कृष्ट लेख तथा समाचार प्रशारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई सो पुरस्कार प्रदान गरिने पुरस्कारका सस्ंथापक बाबा फाउण्डेशन नेपालका अध्यक्ष दीलिपराज श्रेष्ठले बताए ।

Post a Comment

 
Top