0
पोखरा २५ कार्तिक ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनले राधाकृष्ण बृद्धाश्रम लामेआहाल लेखनाथलाई कम्प्युटर तथा फलफूल सहयोेग गरेको छ । सामाजिक भावनाका साथ क्लबले बृद्धाश्रमलाई बिहीबार एक कार्यक्रमका बीच सहयोग गरेको हो। करिब ३० हजार रुपैयाँ बराबरको सामान सहयोग गरिएको क्लबका उपाध्यक्ष चन्द्रबिक्रम अधिकारीले जानकारी दिए । उक्त अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रिजन चेयर पर्सन चण्डीप्रसाद अर्यालले बृद्धाश्रमका लागि आवश्यक कम्प्युटर सामग्री सहयोग गरेर क्लबले नमूना काम गरेको बताए । लायन्स क्लबलहरुले सामाजिक क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको उनले भनाइ छ । क्लबका अध्यक्ष ऋषिराम शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष प्रेम लिगल, कार्यक्रम संयोजक बाबुराम पन्त, स्थानीय समाजसेवी मीन बहादुर केसी, फणिन्द्रराज शर्मा लगायतले बोलेका थिए । कार्यक्रममा ७० जना बृद्धा र २० जना बटुकको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन चन्द्रविक्रम अधिकारीले गरेका थिए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुरेद्रबहादुर गोदार, निबर्तमान ंअध्यक्ष फणिन्द्र राज शर्मा लगायतको उपस्थिति थियो ।



Post a Comment

 
Top