0
गोल्डेन न्यूज संवाददाता
रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले र लेभल नेक्सट इभेन्ट मेनेज्मेन्ट कम्पनी प्रालिले संयुक्त रुपमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । समाजिक दायित्व वहन गरि फिस्टेल लिटरेसी फन्ड अन्तर्गत १२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । लेभल नेक्सटले आयोजना गरेको यलो पुल पार्टीबाट बचत गरेको केही रकम सो छात्रवृत्तिलाई छुट्याएको हो । क्लबले सरस्वती मावि नागढुङगा, बाराही उमावि मालेपाटन, उदय मावि धम्पुस र धारापानी मा वि ढिकुरपोखरीका १२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष नरबहादुर गुरूङले क्लबले शिक्षा क्षेत्रमा मात्र नभएर समाजिक क्षेत्रमा पनि उत्तिकै योगदान दिएको बताए। यस्तो कार्यक्रम आगमी दिनमा पनि अझ सशक्त रूपमा अघि बढ्न समेत आग्रह गरे । कार्यक्रममा विशिष्ट अतिथि रोटरी नेपाल लिटरेसी मिसन कमिटी रिजनलको अर्डिनेटर रोटरीयन विनोद चन्द्र बरालले यस्तो कार्यक्रमले विद्यार्थीलाई निकै सहयोग पु¥याउने विश्वास व्यक्त गरे । क्लबले आगमी दिन शिक्षाको क्षेत्रमा अन्य कार्यक्रम समेत ल्याउने प्रतिवद्धता रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष्य सुजन गुरूङले गरिन्  । यस्तो कार्यक्रम गर्न प्रेरण दिने र सहयोग गर्ने सबैलाई अध्यक्ष गुरुङले आभार प्रकट गरिन् । कार्यक्रमको संचालन पोखरा फिस्टेलका सचिव प्रतिभा केसीले गरेकी थिइन ।


Post a Comment

 
Top