0
लेखनाथ नगरपालिका वडा नंं. १३ लामे आहालमा रहेको राधाकृष्ण मन्दिर वृद्ध आश्रममा शनिवार एक समारोहका वीच युएई सेवा समितिले रकम सहित सहयोग सामग्री हस्तान्तरण गरेको छ । कास्की आदर्श सेवा सेवा युएईका पदाधिकारीहरुले आश्रममा रहेका वृद्धा आश्रमको अक्षय कोषका लागि रु. एकलाख दुइहजार एक रुपैया संस्थाका अध्यक्ष प्रेम लीगल लाई कास्की आदर्श सेवा समाजमा अध्यक्ष मनोज कुमार शैजुले हस्तान्तरण गरेका थिए । सोही अवसरमा युएई कास्की आदर्श सेवा समाजका सदस्य राजेश क्षेष्ठले र लेखनाथ १३, राजाका चौतारा बस्ने उनको परिवारद्वारा संयुक्त रुपमा ४५ स्थान कम्वल वृद्धवृद्धाहरुलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा राधाकृष्ण मन्दिरका उपाध्यक्ष गणेशबहादुर के.सी. आदर्श सेवा समाज कास्की युएईका संस्थापक अध्यक्ष गुप्तेश्वर पौडेल, कास्की आदर्श सेवा अन्तर्राष्ट्रिय सेवा सवन्वय परिषद्का अध्यक्ष तिलकशाली सापकोटाले आफ्नो गच्छे अनुसार विदेशमा बसेर कमाएको केही रकम सामाजिक सेवामा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । कास्की आदर्श सेवा समाज युएईका अध्यक्ष मनोज कुमार शैजुको अध्यक्षतामा रहेको कार्यक्रमा संस्थाका अध्यक्ष प्रेम लिगलले स्वागत गरेको  र सञ्चालन वृद्धाआश्रमका उपाध्यक्ष विश्वराज लामिछानेले गरेका थिए ।

Post a Comment

 
Top