0
गोल्डेन न्यूज संवाददाता
सडक बालबालीका र चुरोट सुर्ति जन्य पदार्थ खरिद बिक्रीमा रोक लगाउने उद्देश्यले पोखरामा निर्माण हुन लागेको छोटो चलचित्र निर्माणका लागि बुधबार अडिशन समापन भएको छ । सरोकारपक्ष यस बिषयमा गम्भीर नहुँदा सरकारले ल्याएको एन कानून समेत पालना गर्न कठिन भएकोले आफूहरुले निर्माण गरेको फिल्मबाट समाजमा सचेतना जगाउने उद्देश्यले फिल्म निर्माणको तयारी स्वरुप केहि कलाकार छनौट गर्न अडिशन लिइएको आयोजक मुस्कान क्लवका अध्यक्ष जैनव खातुनले बताईन । विभिन्न स्थानबाट आएका व्यक्तिहरुलाई उनीहरुको कला अनुसार प्रतिभा प्रस्फुटन गर्न दिएर उनीहरुको अडिशन मार्फत छनौट गरिएको खातुनले बताईन। प्रतियोगिहरुले विजयी बन्नका लागि ९० प्रतिशत प्रतिभा र १० प्रतिशत फेसवुक पेज लाइकले मान्यता दिएको अध्यक्ष खातुनले बताइन । आयोजक क्लव भएपनि क्लवको आयश्रोत नभएकोले क्लवको उद्देश्य अनुसार आफ्नो पहलमा उक्त फिल्म आगामी २ महिना भित्र तयार पार्ने लक्ष्य राखिएको उनले बताईन । अडिसनमा प्रसुना भण्डारी प्रथम भएकी छन । १३ जनाको फाईनल चरणको अडिसनमा उनले उत्कृष्ट नृत्य प्रस्तुत गरी अडिसनमा प्रथम भएकी हुन । त्यसै गरी गायनमा उत्कृष्ट गरेका सन्देश विक अडिसनमा दोश्रो भए भने नाटकमा उत्कृष्ट अभिनय गरेका समिर रामदाम तेश्रो भए । अडिसन समापन समारोहका प्रमुख अतिथि गोर्खा एण्ड बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष एवं समाजसेवी हरिकुमार धमलाले विजयी प्रतियोगिहरुलाई ट्रफीको साथमा खादा लगायर पुरस्कार वितरण गरेका थिए ।
प्रतिभा तपाईको साथ हाम्रो अडिसनको समापन कार्यक्रममा छनौटमा परेका प्रतियोगिहरुले आ–आफ्नो प्रस्तुति राखेका थिए। गोर्खा एण्ड बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष हरिकुमार धमलाले सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएको क्लवको प्रशंसा गर्दै दीगो रुपमा सडक वालवालिकाहरुको व्यवस्थापनमा काम गर्न थालनी गरे आफूहरुले साथ र सहयोग गर्ने वचन दिए । उनले भने “आजका वालवालीका भोलिका भाविष्यका कर्णधार हुन, जुन अबस्थामा उनीहरुलाई हामी र हाम्रो समाजले वेवास्था गर्छाैं भोलि समाजमा विकृति विसङ्गति उनीहरुबाटै हुने भएकोले सडक बालबालिकालाई समयमै व्यवस्थापन गर्नु पर्दछ ।” गहना किनेको हरेक विलबाट २० रुपैया विपन्न जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति कोषलाई सहयोग गर्दै आएको बताएका धमलाले सडक वालवालिकाको दीगो व्यवस्थापनका लागि सहयोग गर्न सकिने जनाए ।
क्लवका सल्लाहकार जसबहादुर गुरुङ, झलकमान गन्धर्व राष्ट्रिय लोकवाजा सारङ्गी पाठशाला प्रतिष्ठानका अध्यक्ष झलकमान गन्धर्व निर्णायकमा रहेका थिए । मानव अधिकारकर्मी धिरज थापाले सडक बालबालिकाहरुको विषयमा क्लवले उठाएको मुद्धा निकै राम्रो भएको जनाए । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य दिननाथ बरालले समाज रुपान्तरणमा क्लवले थालेको अभियानलाई सहयोग गर्नुपर्ने बताए । प्रतिभा तपाइँको साथ हाम्रो भन्ने नाराका साथ निर्माण हुन लागेको फिल्म करिब १४ लाख खर्च हुने अपेक्षा गरिएको छ । कुलत तथा धुम्रपानमा संलग्न, सडक तथा श्रमिक बालबालिकाहरुको समस्यामा आधारित समाजमा सचेतना फैलाउने उद्देश्यले पनि आमसञ्चार माध्यमको प्रयोगद्वारा समाजलाई दुव्र्यशनी मुक्त शहर बनाउने लक्ष्य राखिएको खातुनले जनाईन। उक्त अवसरमा वालप्रतिभा उत्प्रेम जोजिजूलाई सम्मान गरीएको छ । दुई बर्षको उमेरमै ड्रम सेट बजायर विश्वलाई चकित पारेका जोजिजूले नेपालको नाम विश्व सामु राख्न सफल भएको भन्दै क्लवले उनलाई सम्मान गरेको क्लवका सदस्य परिना केसीले बताईन । उक्त अवसरमा जोजिजूका बाबु गायक विनित जोजिजूले आफ्नो छोरा अब आफ्नो मात्र नभई नेपालकै धेरै बालबालिकाहरुको प्रेरणाको श्रोत भएको बताए ।

Post a Comment

 
Top