0
गोल्डेन न्यूज संवाददाता
पूर्वाअञ्चलमा आयोजना हुने साँतौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चलमा कात्तिक तेश्रो साताबाट खेलाडी छनोट गरिने भएको छ । कात्तिक २१ देखि मंसिर ३ गतेसम्म पोखरा रगंशालामा संचालन हुने भएको हो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलले २१ खेलमा सहभागीता जनाउने  र २१ खेलमा सहभागी हुने खेलाडी छनोट गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए। छनोट खेलहरु पश्चिमाञ्चलका विभिन्न जिल्लामा गरिने भएको छ । प्रतियोगिताको २३ गते पोखरा रगंशालामा उद्घाटन हुने र विभिन्न जिल्लामा छनोट खेल संचालन गरिने भएको छ । कास्कीमा एथलेट्रिक्स, बक्सिङ पुरुष, खोःखो,महिला ÷पुरुष क्रिकेट, ह्याण्डबल पुरुष, जुडो, उसु, फुलकन्ट्रयाक कराँते, टेबलटेनिस, भरोत्तोलनका छनोट खेल पोखरा रगंशालामा हुने छन ।त्यस्तै महिला÷पुरुष  फुटबल रुपन्देही, तेक्वान्दो तनहुँ, कराँते म्याग्दी, महिला÷ पुरुष भलिबल म्याग्दी, कबडडी महिला÷पुरुष  नवलपरासी, कुस्ती कपिलबस्तु, ब्याडमिन्टन गुल्मी, बास्केटबल पुरुष स्याङ्जा, चेस पाल्पा, आई.टि.एफ बाग्लुङ, सुटिङ बाग्लुङमा संचालन गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएकोछ । पश्चिमाञ्चलका १६ औटै जिल्लामा खेलाडी छनोट सम्पन्न भैसकेको समितिले जनाएकोछ। यसैवीच कसातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडी छनोट सम्पन्न भएको छ । छनोट अन्र्तगत तेक्वान्दो कराँते, ह्याण्डबल, फुटबल लगायत खेलका खेलाडी छनोट भएका छन् । सातौंका लागि तेक्वान्दोबाट पुरुष तर्फ ५४ केजीमुनि सुरज माझी, ५८ केजीमा मनिष यादव, ६३ केजीमा दर्शन श्रेष्ठ, ६८ केजीमा समिर गुरुङ, ८७ केजीमा शंकर कार्की, रहेका छन् । महिला तर्फ ४६ केजीमा कविता मगर, ४९ केजीमा स्नेहा परियार, ५३ केजीमा  मनिष परियार, ५७ केजीमा नयना राना मगर, र ६९ केजीमुनि रेखमाया गुरुङ छनोट भएका छन् । त्यस्तै सितेरियो कराँते  पुरुष तर्फ ५५ केजीमा कृष्ण केसी, ५० केजीमा सुजन नेपाली, ६० केजीमा प्रकाश खड्का, ६७ केसीमा दिपक पुन, ७५ केजीमा अमृत अधिकारी, ८४ केजीमा जिवन मल्ल रहेका छन् भने महिलातर्फ ४५ केजी मोनु तामाङ, ५० केजीमा विमला नेपाली, ५५ केजीमा अञ्जु श्रेष्ठ, ६१ केजीमा अनिता थापा, ६८ केजीमा प्रकृति रोक्का रहेका छन् ।
पुरुष एकल काता पुरुष तर्फ विष्णु नेपाली, टिमकातामा विष्णु नेपाली, प्रभावत पुन सुजन पुन र महिला एकल कातामा विमला नेपाली, टिम कातामा विमला नेपाली, मोनु तामाङ । अनिता मागर छनोट भएका छन् ।  
त्यस्तै महिला ह्याण्डबल तर्फ एलीसा लामिछाने, सुस्मिता गुरुङ, टिका पुन, क्र्रिश्मा पुन, भगवती पुन, आकृति गुरुङ, शिला रेग्मी, श्रीया गौचन, दिप्ती गुरुङ, ममता लामा, अमिशा गुरुङ, सम्झना छन्त्याल छनोट भएका छन् । त्यस्तै पुरुष ह्याण्डबल तर्फ विशाल बस्नेत, दिनेश श्रेष्ठ, विमल थापा, विमल अधिकारी, भासु गुरुङ, प्रेम गुरुङ, प्रेम गुरुङ, चन्द्र के.सी, सन्दिप खड्का,देवी गुरुङ, तारा केसी र सुरज देवकोटा रहेका छन् ।
सातांै खेलकुदका लागि पुरुष फुटबलका लागि अनिल गुरुङ, हेमन्त गुरुङ, विजय गुरुङ, उत्तम गुरुङ, विष्णु गुरुङ, रवि थापा, शिव सुवेदी, विमल बस्नेत, विमल राना, तेन्जिङ नाम्गेल, सिद्धार्थ रन्जित, आशिष केसी, गौरव गुरुङ, विरेन्द्र गुरुङ, सुशान गुरुङ, सुनिल गुरुङ र रञ्जन श्रेष्ठ छनोट भएका छन् । त्यस्तै बक्सिङ खेलबाट विष्णु गौतम, किरण तामाङ, दिनेश बानियाँ, सविन गुरुङ, अमृत गुरुङ, पवन गुरुङ, मदुसुधन श्रेष्ठ, चिन्तन नेपाली र ओमप्रकाश गुरुङ छनोट भएका छन् । यस्तै महिला फुबटल तर्फ नमिता गुरुङ, पार्वती रानामगर, नविना गुरुङ, शोनु नेपाली, विनु थापामगर, स्मृति गुरुङ, सविता बास्तोला, सदिच्छा नेपाली, ईनिशा गुरुङ, आकृति गुरुङ, प्रज्ञा सिग्देल, अनिमा लामिछाने, रन्जना लामा, रविशा विक, सुश्मीता श्रेष्ठ, प्रतिज्ञा नेपाली, रश्मी गुरुङ, लक्ष्मी गुरुङ छनोट भएका छन् ।






Post a Comment

 
Top