0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. २४ मा पर्ने फुर्सेखोला युवा–युवतीका लागि नयाँ डेस्टिनेसन भएको छ । फुर्सेखोला र भुगे खोला छहरामा पौडी खेल्ने र फोटो खिचाउनेको ठूलो भिड् लाग्ने गरेको छ । माथिबाट निकै राम्रो सगँ खस्ने छहरा र तल कुन्ठमा पौडी खेल्ने र फोटो खिचाउने युवा–युवती निकैको यो ठाउँमा चहलचपल नै बढेको छ । फेसबुकममा साथीहरुले छहरा सहितको फोटो राखेको देखे,’ लेखनाथबाट फुर्सेखोला घुम्न आएकी रश्मी परियारले भनिन्–‘साथीहरुले निकै आकर्षक फोटो राखेको देखेपछि साथीसंग ठाउँ सोधेर आए ।’ चार जना साथी सगै आएकी उनले त्यति ठूलो त रहेन छ तर पनि निकै राम्रो लागेको बताइन् । पोखरा–१७ छोरेपाटनबाट पोखरा २४ कृष्ती जाने बाटोमा पर्ने भुगे खोलामा मानै दैनिक १ सय भन्दा बढि युवा–युवती आउने गरेको छन् । छहराको नजिकै चट्पट्को व्यापार गर्दै आएका हरि प्रसाद पोख्रलले दैनिक १ सयदेखि १ सय ५० जनासम्म युवा–युवती आउने गरेको बताए । उनले केही माथि रहेको फुर्से खोलामा पनि त्यतिकै संख्यामा युवा–युवती आउने गरेको जानकारी दिए । उनले दशैंको भोली पल्ट करिब ४ सय जना आएको बताए । ‘हुन यो भूगे खोला हो तर युवा–युवतीले दुबै ठाउँलाई फुर्से खोला नै भनेर चिन्ने गरेका छन्,’ उनले भने–‘फुुसेखोलामा अल्ली ठूलो छहरा र फराकिलो छ, भूगे सानो र सागु छ, तर युवा–युवती दुबै तिर जान्छन् ।’ उनले फुर्सेखोला जान छोरेपाटनको नगरबस रोक्ने ठाउँबाट करिब एक किलोमिटर पर पर्दछ भने भुगे खोलामा पुग्न गुफा नजिकैको बाटो हुँदै कृष्ती जाने बाटोबाट करिब एक किलोमिटर पर जानु पर्ने बताए । उनले किरब तीन महिना पहिलोबाट युवा–युवतीको आउने गरेको बताए । ‘विदाका दिन अझ बढि आउने गरेका छन्,’ उनले भने, ‘सामाजीक सञ्जालमा प्रचार भए पछि आउन थालेका हुन् ।’ पानी सुक्दै गए पछि भने यो ठाउँमा युवा–युवती आउन बन्द हुने उनको भनाई छ । ‘पहिलो आएको निकै रमाईलो भयो,’ छहरामा रमाउन दोस्रो पटक आएकी पोखरा–१७ विरोटाकी अन्जना गुरुङले भनिन्–‘अहिले त अन्य साथीलाई पनि लिएर आएकी छु ।’ उनले आफूले मात्रै घुमेर नपुग्ने देखेपछि साथीहरुलाई पनि लिएर आएको बताइन् ।

Post a Comment

 
Top