0
गोल्डेन न्यूज संवाददाता
मर्दी हिमाल ट्रेकिङ गएका इजरायली नागरिक पाँच दिनदेखि वेपत्ता छन् । सेप्टेम्बर २८ मा नेपाल आएका ४५ बर्षीय अमित ¥याचम्यान एक्लै मर्दी हिमाल ट्रेक गएका थिए । उनी कात्तिक ३ देखि वेपत्ता भएको प्रहरीले जनाएको छ । उनी ४७ सय मिटरको उचाईमा रहेको मर्दी हिमाल बेस क्याम्प पुगेपछि बेपत्ता भएका थिए । उनको खोजीमा ५ जना नेपाल प्रहरी, एक्यापका एक जना, स्थानीय चार जना तीन दिनदेखि खटिएका छन् । स्थानीय प्रदिप गौतम, पूर्ण गुरुङ, राजकुमार तामाङ सहितको टोली खोजीमा जुटेको छ । खोजीको लागि इजरायली टोली दुई वटा हेलिकप्टर सो क्षेत्रमा पुगेको छ । एयर डाइनेष्टी र मनाङ एयरको हेलिकप्टर मार्फत आईतवार दिनभर उनको खोजी गरिएपनि फेला पार्न नसकिएको सो क्षेत्रमा पुगेका फोटो पत्रकार दुर्गा प्रसाद पौडेलले बताए । पोखराबाट स्विस ¥याफ्टिङ एण्ड ट्रेकिङका टोली र इजरायली टोली गरी आइतवार ८ जनाको अर्को टोली खोजीमा जुटेको छ ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका अनुसार अक्टोवर १५ मा उनी पोथना प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक घनश्याम अर्यालले मानिस बेपत्ता भएको खबर आएलगत्तै कात्तिक ४ गतेदेखि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षकको कमाण्डमा पाँच जनाको टोली पठाइएको जानकारी दिए । स्थानीयवासीको सहयोगमा खोजी कार्य जारी रहेको उनले बताए ।


Post a Comment

 
Top