0
गोल्डेन न्यूज संवाददाता
पोखरा १० कार्तिक ।
धादिङ–पोखरा सम्पर्क समाजको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुको प्रथम बैठक बुधबार बस्यो । बैठकले समाजको कार्यालय स्थानान्तरण, कार्यसमितिको रिक्त सदस्य पदमा मनोनयन, सल्लाहकार परिषद्, सल्लाहकार चयन समेत गरेको छ । समाजको नयाँ कार्यालय पोखराको सृजनाचोकस्थित सृजना कम्प्लेक्समा सार्ने निर्णय समाजको बैठकले गरेको छ । सृजना कम्प्लेक्समा कार्यालय व्यवस्थापन गर्नका लागि समाजका वरिष्ठ उपाध्यक्ष सुदर्शन बसौलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समितिको उप–संयोजकमा सचिव योगप्रसाद सापकोटा ‘नवराज’ रहेका छन् भने सदस्यहरुमा कार्यसमिति सदस्य सरस्वती श्रेष्ठ ‘सरु’, अर्जुन भट्ट र बलराम नेपाली रहेका छन् । सृजना कम्प्लेक्सभित्र रहेको खाली स्टलमा कम्प्लेक्स संचालक समेत रहेका समाजका अध्यक्ष युवराज खतिवडाले समाजका लागि हल बनाइदिने र समाज त्यहाँ रहेसम्म कुनैपनि शुल्क नलिने प्रतिवद्धता जनाएका छन् । समाजको कार्यालय विगत १६ वर्षदेखि पोखरा–४, रामकृष्ण टोलमा रहँदै आएको थियो ।
यसैगरी समाजको कार्यसमिति बैठकले रिक्त कार्यसमिति सदस्य पदमा धादिङ खाल्टे निवासी युगमराज अगस्ती र आगिन्चोक निवासी रामप्रसाद पाण्डे (राजु) लाई मनोनित गरेको छ। बैठकले सल्लाहकार परिषद्मा संस्थापक अध्यक्ष नवराज दवाडी, पूर्व अध्यक्षहरु रुद्रप्रसाद खनाल, कृष्णकुमार श्रेष्ठ, हरि अर्याल र बलराम खतिवडालाई चयन गरेको छ। समाजको संशोधित नयाँ विधान अनुसार सल्लाहकार परिषद् र सल्लाहकार चयन गरिएको हो । विधानमा सल्लाहकार परिषद्मा समाजका क्रियाशिल पूर्व अध्यक्ष रहने व्यवस्था छ भने सल्लाहकारमा क्रियाशिल पूर्व पदाधिकारीमात्र हुने व्यवस्था छ । समाजको सल्लाहकारमा संस्थापक सचिव रामकृष्ण दवाडी, संस्थापक सदस्य एवं पूर्व कोषाध्यक्ष कृष्णबहादुर लम्साल, पूर्व वरिष्ठ उपाध्यक्ष केदार धमला, निवर्तमान वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, निवर्तमान उपाध्यक्ष लुमडि प्रसाद अगस्ती, निवर्तमान कोषाध्यक्ष लालप्रसाद पाठक र पूर्व सह–सचिव हरि प्रसाद अधिकारीलाई चयन गरिएको छ ।
बैठक अध्यक्षता समाजका अध्यक्ष युवराज खतिवडाको अध्यक्षतामा भएको थियो । बैठक समापन पछि समाजका पदाधिकारी एवं सदस्यहरुले समाजको नयाँ कार्यालय रहने स्थान सृजना कम्प्लेक्स अवलोकन गरेको थियो । समाजको आगामी बैठक कार्तिक २७ गते शनिबार बस्नेछ ।
यसैबीच समाजको प्रथम बैठकले गरेको निर्णय सकारात्मक रहेको भन्दै सल्लाहकार एवं पूर्व वरिष्ठ उपाध्यक्ष केदार धमला, सल्लाहकार एवं निवर्तमान वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, सल्लाहकार एवं निवर्तमान कोषाध्यक्ष लालप्रसाद पाठक लगायतले खुशी प्रकट गरेका छन् । उनीहरुले समाजको संशोधित नयाँ विधान अनुसार पदाधिकारी एवं सदस्य निर्माण, सल्लाहकार परिषद् र सल्लाहकार पनि विधान अनुरुप नै चयन भएकोमा खुशी लागेको बताए । उनीहरुले समाजका अबको नेतृत्वले संशोधित नयाँ विधानलाई पूर्ण कार्यान्वयन गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । यसअघि समाजको कार्यसमिति एवं सल्लाहकार टीक जम्बो भएको भन्दै गुनासो आउने गरेको थियो । समाजको वर्तमान कार्यसमितिमा १७ जना पदाधिकारी एवं सदस्य, सल्लाहकार परिषद् ५ जना र सल्लाहकार ७ जना गरि २९ सदस्यीय रहेको छ ।
यसैगरी समाजका पूर्व सचिव गोकर्ण अधिकारीले पनि नयाँ समितिले बुधबार गरेको सबै निर्णयको स्वागत गरेका छन् ।



Post a Comment

 
Top