0
हरि पन्त
पोखरा १९ भदौ ।
युवा व्यवसायी एवं अधिकृत विक्रेता हरिराज पन्तले पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । केही दिनअघि
व्यवसायिक क्षेत्रमा लामो समयदेखि सफल र सक्रिय रहेकाले व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा उम्मेदवारी दिएको उनले बताए । व्यवसायिक तथा उद्यमशीलताको विकासका लागि काम गर्ने सोचका साथ आफूले उम्मेदवारी दिने उनको भनाइ छ । पर्यटन, उद्योग, व्यवसाय तथा उद्यमशीलताको प्रवद्र्धनका लागि आफू सक्रिय हुने उनको प्रतिबद्धता छ।
अघिल्लो कार्यकालमा पनि कार्यसमिति सदस्य पदका उम्मेदवार बनेर केही मतले पराजित भएका उनी यसपटक कार्यसमिति सदस्यमा आफ्नो जित सुनिश्चित भएको दावी गर्छन् । पोखराको न्यू क्षितिज ट्रेडर्स, बंगलामुखी ट्रेडर्स र जुली फुड एण्ड स्पाइसेसका सञ्चालक पन्त विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् । 

सामाजिक सेवामा खुलेर लाग्ने पन्त अधिकृत विक्रेता संघ पोखराका वरिष्ठ उपाध्यक्ष, नेपाल वितरक महासंघका महासचिव समेत हुन् । पन्त लायन्स क्लव अफ पोखरा ग्लोवल लेकसिटीका संस्थापक अध्यक्ष, लमजुङ-पोखरा बचत तथा ऋण सहकारी संस्थाका महासचिव र लमजुङ सम्पर्क समितिका कार्यसमिति सदस्य लगायतका सामाजिक संघ-संस्थामा आबद्ध छन् । लमजुङमा जन्मिएर पोखरालाई व्यवसायिक तथा सामाजिक सेवाको थलो बनाएका पन्तले स्पष्ट र मिलनसार व्यक्तित्वको पहिचान बनाउन समेत सफल छन् । व्यवसायिक तथा विभिन्न सामाजिक संघ-संस्थामा लामो समय काम गरेकाले पनि आफ्नो जित सहज हुने पन्तको विश्वास छ । पोखराका उद्योगी तथा व्यवसायीको सल्लाह, सुझाव तथा आग्रहमा आफूले उक्त पदमा उम्मेदवारी दिने तयारी गरेको पन्तले जानकारी दिए ।’ उनले भने-‘सबै उद्योगी व्यवसायीको साथ र सहयोगबाट विजयी बन्ने विश्वास लिएको छु ।’
 ‘विभिन्न संघसंस्था मार्फत सामाजिक क्षेत्रमा निरन्तर खटिदै आएकी छु,’ उनले भने-‘अब निजी क्षेत्रको छाता संस्थामा पुगेर केही रचनात्मक काम गर्ने मेरो लक्ष्य छ ।’ सबै क्षेत्रका उद्योग व्यवसायीको साथ र सहयोगबाट आफूले अत्याधिक मतले चुनाव जित्ने उनको दावी छ ।

व्यवसायीहरुको साझा संस्था पोखरा उद्योग वाणिज्य संघमा राजनीति गर्न नहुने उनको धारणा छ । ‘हाम्रो होइन राम्रो मान्छेलाई जिताउनुपर्छ,’ उनले भने,-‘उद्योग वाणिज्य संघलाई सबैको साझा बनाउन सक्नुपर्छ ।’ फोटो झुण्ड्याउनका लागि मात्र संघमा प्रवेश गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने उनले बताए ।
पोखरामा व्यवसाय गर्ने क्रममा धेरै चुनौतीहरु भोगेको बताउँदै पन्तले त्यसको निराकरणका लागि पनि आफूले पोउवासंघमा उम्मेदवारी दिएको बताए । उनले आफूलाई मतदान गरी विजयी बनाइदिन सम्पूर्ण उद्योगी तथा व्यवसायीहरुसँग आग्रह गरेका छन् ।
वस्तुगत संघहरुको एक भेलामा उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । संघको ३१ औं महाधिवेशन भदौ ३१ र असोज १ गते हुँदैछ ।

Post a Comment

 
Top