0
गोल्डेन न्यूज संवाददाता
अस्थायी शिक्षक आन्दोलन समितिले विहिवार जिल्ला शिक्षा कार्यालय कास्कीमा ध्यानआकर्षण पत्र बुझाएको छ। अस्थायी शिक्षक आन्दोल कास्कीले कास्कीका सम्पूर्ण अस्थायी शिक्षकहरुलाई सरकारद्वारा हालै ल्याइएको व्यवस्थापन प्रक्रियामा अघि नबढाउन जिल्ला शिक्षा कार्यालय कास्कीलाई अनुरोध समेत गरेको छ । शिक्षा विभागले हालै अस्थायी शिक्षकहरुलाई परीक्षा वा सुविधा रोज्न भनेर सहि छाप सहितको फारम जिल्ला शिक्षा कार्यालय मार्फत अस्थायी शिक्षक समक्ष पु¥याएकोमा सो कार्य ऐन आठौं संशोधन विपरीत रहेको आन्दोलन समिति कास्कीका अध्यक्ष विष्णुमणि लामिछानेले बताए । ध्यानआकर्षण पत्र बुझाएपछि आयोजित कोणसभामा बोल्दै सरकार आँफैले बनाएको शिक्षा ऐनलाई उलंघन गरेको, सर्वोच्च अदालतको आदेशलाई उलंघन गरेको, अस्थायी शिक्षकले गरेको सेवाको अवमूल्यन गरेको उनले आरोप लगाए । कास्कीका अस्थायी शिक्षकहरु उपस्थिति रहेको कार्यक्रममा विवरण फारम अस्थायी शिक्षकको विपक्षमा भएको भन्दै बहिष्कार गर्ने  बताएका थिए ।


Post a Comment

 
Top