0
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा आयोजित जिल्लास्तरीय निबन्ध प्रतियोगितामा भाष्कर मेमोरियल स्कुल, फूलवारीकी छात्रा रिया सुनार प्रथम हुन सफल भएका छन् । ‘विपदमा जुनियर युवाको भूमिका’ शीर्षकमा भएको प्रतियोगितामा केफ उच्च मावि सिमपानीका छात्र उज्ववल अधिकारी द्वितीय, सैनिक आवासीय उच्च माविका छात्र दिनेश महरा तृतीय भएका छन् । जुनियर रेडक्रस सर्कल माछापुच्छ«े उच्च मावि, सार्दिखोलाको व्यवस्थापनमा सो निबन्ध प्रतियोगितामा कास्की जिल्लाका १६ सर्कलहरुको सहभागिता थियो । गत श्रावणमा सम्पन्न प्रतियोगिता बुधवार सार्वजनिक गरिएको कास्की शाखाका सदस्य एवं जुनियर युवा समितिका संयोजक राजेश कुमार घिमिरेले जानकारी दिए। प्रतियोगिताको निर्णायकहरुमा उप–प्राध्यापक कृष्ण पौडेल, राजेश घिमिरे र होमनाथ भट्टराई रहेका थिए । यसैगरी नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा आयोजित जिल्लास्तरीय एल्बम प्रतियोगितामा कास्की मोर्डनाइज्ड एकेडेमकीका छात्र युकेश सुना प्रथम हुन सफल भएका छन् । यसैगरी केफ उच्च माविका भुम बहादुर थापा द्वितीय, सृजना उच्च माविकी छात्रा कल्पना थापा तृतीय र सैनिक आवासीय महाविद्यालयका अञ्जित जिसी र सनफ्लावर वोर्डिङ स्कुलका पवन गुरुङ सान्त्वना हुन सफल भए । सनफ्लावर वोर्डिङ स्कुल अर्चलबोटको व्यवस्थापनमा भएको प्रतियोगितामा कास्कीका जिल्लाका विभिन्न ११ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रथम, द्वितीय र तृतीय हुन सफल एल्बमलाई नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयको आयोजना र चितवन रेडक्रसको व्यवस्थापनमा हुन लागेको राष्ट्रिय एल्बम प्रतियोगितामा सहभागितको लागि पठाइएको छ । प्रतियोगिताको निर्णायकमा कास्कीका शाखा जुनियर समिति रहेको थियो ।

















Post a Comment

 
Top