0
गोल्डेन न्यूज संवाददाता
पोखरामा यही असोज दोश्रो साता देखि पाँचौं संस्करणको संगम कप सेभेन ए साईड फुटवल प्रतियोगिता २०७३ हुने भएको छ । संगम क्लवको आयोजनामा माछापोखरी खेल मैदानमा यही असोज १५ देखि २२ गतेसम्म प्रतियोगिता हुने भएको क्लवका अध्यक्ष शिव गुरुङ्ग (माया) ले बताए । संगम, एलजी, हङ्गकङ्गको मुख्य प्रायोजनामा ६ दिनसम्म संचालन हुने प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने भएको अध्यक्ष गुरुङ्गले जनाए। प्रतियोगितामा विजेता टिमलाई १ लाख २१ हजार १ सय ११ रुपैयाँ र दोस्रो हुने टिमलाई भने ६१ हजार १ सय ११ रुपैयाँ साथमा ट्रफी मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्ने भएको छ । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाईकर, उत्कृष्ट डिफेन्स र हाईस्कोररलाई जनही दुई दुई हजार साथमा ट्रफी प्रदान गरीने भएको छ। शिखर बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष एवं समाजसेवी रवि शर्माले पहिलो पुरस्कार प्रायोजना गरेका छन भने मुख्य प्रायोजक संगम, एल.जी, हङ्गकङ्गले उक्त प्रतियोगिताको लागि करिब ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेकोे क्लवले जनाएको छ । प्रतियोगितामा अन्तिम टिम दर्ताको समय सीमा भने यही असोज १३ गतेसम्म भएको प्रतियोगिताका संयोजक सूर्यबहादुर गुरुङ्ग (राजु) ले बताए ।  त्यसैगरी सह–प्रायोजकको रुपमा संगम युके, संगम जापान, संगम मकाउ, संगम सिंगापुर रहेका छन । फुटवल खेलको विकास गराउने उद्देश्यले नेपालीहरुको महान पर्व वडा दशैं तथा शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको क्लवका अध्यक्ष गुरुङ्गले बताए ।

Post a Comment

 
Top