0
गंगाधर पराजुली
पोखरेली उद्योगी व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन नजिकिंदै गएपनि उम्मेदवारी र प्यानल बनाउने विषयमा भने अझै
यसपटक संघको अध्यक्ष बन्न अहिलेसम्म ६ जनाले इच्छा जाहेर गरेका छन्, जसमध्ये संघका वर्तमान प्रथम उपाध्यक्ष देव क्षेत्री, पूर्व उपाध्यक्ष एवं वर्तमान कार्यसमिति सदस्य ईश्वर कर्माचार्य, पूर्व महासचिव एवं वर्तमान कार्यसमिति सदस्य नारायण कोइराला, पूर्व उपमहासचिव एवं वर्तमान कार्यसमिति सदस्य हीरा भट्टराइ, वर्तमान कार्यसमिति सदस्य विश्वशंकर पालिखे र कार्यसमितिका पूर्व सदस्य धनीराम बराल रहेका छन् ।
अध्यक्षका आकांक्षीहरुमध्ये क्षेत्री, कोइराला, भट्टराई र पालिखेले आ-आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको भएपनि कर्माचार्य र बराल अझै सुस्त गतिमा रहेको बताइन्छ । अध्यक्षका आकांक्षीमध्ये क्षेत्री र कोइराला एकै पटक २०६३ सालमा संघमा प्रवेश गरेका हुन् ।  लोकप्रिय मतका साथ सदस्य पदमा निर्वाचित भएर संघमा प्रवेश गरेका क्षेत्री र कोइरालासंगै निर्वाचित भएका सदस्य रविन्सन प्रजू र विन्दु कोइराला सुवेदी पनि हुन् । सोही कार्यकालमा भट्टराई र कर्माचार्यलाई मनोनित गरेर कार्यसमितिमा प्रवेश गराइएको थियो । मनोनित भएर कार्यसमितिमा आउने अर्का व्यक्ति मिनराज काप्mले पनि हुन् ।
निर्वाचित वा मनोनित भएर एकैपटक संघमा प्रवेश गरेकाहरुमध्येबाट अध्यक्ष पदमा ४ जना आकांक्षी बनेका छन् । अन्य दुई आकांक्षीमध्ये पालिखे यसअघि अध्यक्ष पदमा उम्मेदवार बनेपनि पराजित भएपछि निरन्तर ३ कार्यकाल कार्यसमितिको सदस्यमा रहेका छन् भने बराल एक पटक मात्र कार्यसमितिको सदस्यमा निर्वाचित भएका थिए । उनले संघको चुनावमा सधैंजसो कार्यसमितिको प्रत्यासी बन्दै आएका छन् ।
अध्यक्षका आकांक्षीहरुले एकले अर्कोलाई वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा बस्न आग्रह गरिरहेका छन् । सोमबार निर्वाचन प्रक्रिया शुरु हुने भएकाले त्यस दिनमात्रै अध्यक्षको उम्मेदवारको वास्तविक टुङ्गो लाग्ने छ । निर्वाचन प्रक्रिया शुरु नभएकै कारण अध्यक्षका आकांक्षीहरुले आफ्नो प्यानल बनाउन सकेका छैनन् । 

अन्यौल कायम छ । संघको विधान संशोधन भएपछि पहिलो पटक हुन लागेको यो महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने भएकाले चुनावको चर्चा बढिरहेको छ । तर चुनावी रणनीति र प्यानल बनाउने कुरा अझै स्पष्ट हुन सकेको छैन । यहि भादै ३१ र असोज १ गते हुने संघको ३१औं महाधिवेशनको निर्वाचन कार्यक्रम भदौ २० गतेबाट शुरु हुने भएकाले त्यसपछि मात्रै समूहगत रुपमा चुनावी दौड प्रारम्भ हुने कतिपयको अनुमान छ ।
संघको अन्य पदाधिकारीमा पनि पहिलो पटक प्रत्यक्ष मतदान हुने भएकाले अन्य पदका आकांक्षी पनि कसको प्यानलमा लाग्ने भन्ने खुल्न सकेका छैनन् । संघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष मिनराज काफ्ले र महासचिव रविन्सन प्रजूले इच्छा जाहेर गरेका छन् । यसअघि विन्दु थापाको प्यानलमा रहेका देव क्षेत्री, काफ्ले र प्रजूमध्ये क्षेत्री अध्यक्षमा उम्मेदवार बनेपनि काफले र प्रजू बीच प्रतिस्पर्धा हुने सम्भावना बढेकोले पुरानो टीम यथास्थितिमा रहने अवस्था समेत छैन । उपाध्यक्षमा उद्योगतर्फ वर्तमान कार्यसमिति सदस्य सीता गुरुङ र गोकर्ण कार्कीले इच्छा जाहेर गरेका छन् । गुरुङ महिला उद्यमी तथा हस्तकला व्यवसायी हुन् ।
यसैगरि वाणिज्यतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, सुरेश अधिकारी र केदारनाथ भट्टराईको चर्चा छ । पोउवासंघमा विन्दु कोइरालाले करिब १० वर्ष कार्यसमिति सदस्य र महिला उद्यमी समितिको संयोजक रहेर काम गरेको भएपनि अधिकारी र भट्टराई भने कार्यसमितिमा नयाँ अनुहार हुन् । तैपनि दुवैजना आफ्नो व्यापार र वस्तगत संघमा भने स्थापित व्यक्ति हुन् ।
यस्तै संघको महासचिव पदमा भने कार्यसमितिका वर्तमान सदस्य दामु अधिकारीको मात्रै चर्चा छ । हुन त युवा उद्यमी प्रकाशदेव पालिखे वा रविन्सन प्रजूलाई पनि महासचिवमा उम्मेदवार बनाउने प्रयास नभएको होइन । तर पालिखेले आफू कुनैपनि पदमा उम्मेदवार नबन्ने र प्रजूले वरिष्ठ उपाध्यक्षमै उम्मेदवारी दिने घोषणा गरेपछि अधिकारी करिब एक्लो उम्मेदवार बनेका छन् ।
यसैगरी उपमहासचिव पदमा एशोसिएटबाट कार्यसमितिमा प्रतिनिधित्व गरेका अर्जुन पोखरेलले उम्मेदवार बन्ने घोषणा गरेका छन् । पोखरेलसंगै प्रतिस्पर्धामा उत्रिन पेट्रोलियम व्यवसायी नविन बराल  धर्मराज अर्यालले पनि चाहना गरेका छन् । संघको कोषाध्यक्षमा कार्यसमिति सदस्य पवन प्रजापतिसंग जनकराज पराजुलीले प्रतिस्पर्धा गर्ने चर्चा छ ।
संघको पदाधिकारी बन्न चाहना गरेकाहरुमध्ये केहीले उम्मेदवारी नदिने र केहीले पद तलमाथि गर्न सक्ने अनुमान समेत कतिपयको छ । त्यसैले सोमबार निर्वाचन प्रक्रिया शुरु भएपछि मंगलबार उम्मेदवारी दर्ता हुने र अनिमात्र कुन-कुन आकांक्षीले कुन-कुन पदमा उम्मेदवारी दिने स्पष्ट हुनेछ । त्यसपछि मात्रै चुनावी अभियानले तीव्रता पाउने र प्यानल निर्माण हुने बताइन्छ। संघका पूर्व अध्यक्षहरु दवाव र प्रभावका साथै प्रमुख राजनीतिक दलको चाहनामा समेत कतिपयले उम्मेदवार बन्ने ईच्छा व्यक्त गरेकाले आकांक्षीहरुलाई मिलाउन आन्तरिक गृहकार्य समेत भइरहेको बताइन्छ । पोखराको सबैभन्दा जेठो र प्रभावशाली संस्थाको रुपमा चिनिएकोले पनि उद्योगी व्यवसायी र राजनीतिक नेतृत्वले आफू अनुकुलको नेतृत्व स्थापित गर्न सक्दो प्रयास गर्ने गरेका छन् । यसपटक पनि राजनीतिक नेतृत्व र केही पूर्व अध्यक्षहरु आफू अनुकुलको नेतृत्व स्थापित गर्न सक्रिय भइसकेका छन् । तर उनीहरुको चाहनाले मात्र नेतृत्व बन्ने सम्भावना कम छ । त्यसैले सबै मतदाताहरु समक्ष पुग्ने र मत माग्ने काममा आकांक्षीहरु लागिरहेका छन् ।  
कार्यसमितिको सदस्य पदमा यसपटक विगतकै भन्दा धेरै जनाले उम्मेदवारी दिने निश्चित छ । जसअनुसार अधिकृत विक्रेता हरिराज पन्त, कपडा व्यवसायी सीता बराल, ब्युटिसियन चिनु गुरुङ, डेण्टल व्यवसायी कुमारी मुना बाँस्तोला, हस्तकला तथा पार्टी प्यालेस व्यवसायी पवित्रादेवी गुरुङ, फेन्सी व्यवसायी गीता कुमारी तिवारी, कपडा व्यवसायी गीता बराल, ट्रकिङ सामाग्री व्यवसायी गोमा ढकाल, व्यापारी नवराज त्रिपाठी, हार्डवयेर व्यवसायी प्रेम पौडेल, कपडा व्यवसायी प्रेम बहादुर भुजेल, इलेक्ट्रिकल व्यवसायी हिमालय बख्रेल र अमृत पोखरेल, पुस्तक व्यवसायी देवकृष्ण काफले, फेन्सी व्यवसायी बलराम आचार्य, कपडा व्यवसायी नविन सिग्देल, फेन्सी व्यवसायी गिरिधारी शर्मा, विज्ञापन व्यवसायी कृष्ण रानाभाट, छापाखाना व्यवसायी चिन्तामणि बाँस्तोला, रियलस्टेट व्यवसायी यदुनाथ अधिकारी लगायत उम्मेदवार बन्ने चर्चा छ ।
संघको विधान २०६५ को पहिलो संशोधन २०७२ का अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (उद्योग), उपाध्यक्ष (वाणिज्य), महासचिव, कोषाध्यक्ष, उपमहासचिव सहितको २५ सदस्यीय कार्यसमिति निर्वा्चित हुनेछन् । कार्यसमिति सदस्यको हकमा साधारण सदस्यहरुले साधारणतर्फबाट १० जना, कर्पोरेट सदस्यहरुको हकमा २ जना , बस्तुगत संघहरुबाट ४ जना र औद्योगिक सदस्यमध्येबाट १ जना निर्वा्चित हुने ब्यवस्था छ । विधानले अध्यक्षलाई ४ जना सदस्य मनोनित गर्ने अधिकार प्रत्याभूत गरेकोले संघको कार्यसमिति भने २९ सदस्यीय हुनेछ ।

Post a Comment

 
Top