0
गोल्डेन न्यूज संवाददाता
रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथक उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन् । सराङ्कोट संञ्चार वहुउद्देश्यीय सहकारी संस्थाको १० औं वार्षिक साधारण सभाको अवसरमा सोमवार आयोजित कार्यक्रममा संस्थाले उनलाई सम्मान गरेको हो । संस्थाद्वारा संञ्चालित रेडियो सराङ्कोटमा रहेर रेडियोको उन्नयन र विकास गर्दै संस्थाको गरिमालाई समाजमा उच्च राख्न सफल भएको भन्दै समाचार प्रमुख अथकलाई सम्मान गरिएको संस्थाका सचिव कृष्ण थापाले जानकारी दिएका छन्  संस्थाका संस्थापक अध्यक्ष लोकवहादुर थापा तथा अध्यक्ष प्रेमवहादुर जिसीले अथकलाई नगद सहित प्रमाण पत्रले सम्मान गरेका हुन् । सो अवसरमा वोल्दै संस्थापक अध्यक्ष लोकवहादुर थापाले रेडियो सराङ्कोटको माध्यमवाट संस्थाको गरीमालाई उच्च बनाउन अथकको योगदान अतुलनीय भएको चर्चा गरे । रेडियोका प्रवन्ध निर्देशक एवं संस्थाका उपाध्यक्ष अर्जुनबहादुर वस्नेतले संस्थालाई गति दिनको लागि रेडियोका महत्वपूर्ण भूमिका भएको वताए । रेडियोका निर्देशक नरेन्द्रकुमार श्रेष्ठले पोखरामा रहेका दर्जनौं एफ एम रेडियोका भीडमा रेडियो सराङ्कोटको उचाई स्थापित गराउन सफल भएको भन्दै अझै प्रस्तुतिलाई प्रभावकारी बनाउँदै अगाडि बढ्न सुझाव दिए ।

Post a Comment

 
Top