0
राजाराम पौडेल÷गोल्डेन
पोखरेली नाट्य क्षेत्रमा युवाहरुको आर्कषण बढ्दै गएको छ । यो आर्कषणले पोखरेली नाट्य क्षेत्रलाई पुनः क्रिशाशिल बनाएको आभाष हुन थालेको छ । फलस्वरुप एकपछि अर्को नाटक पोखरामा मञ्चन हुदैँ छन् । यसले नाट्य क्षेत्रका दर्शक एवं शुभचिन्तकको नाटक हेर्ने तृष्णा मेटिएको मात्र नभई समग्र पोखरा नाटकमय बन्न थालेको छ । यसैक्रममा नाटक ‘मौसम हराएको देशु नाटक पोखरामा मञ्चन हुने भएको छ । पञ्चामृत नाट्य समुह पोखराको संयोजनमा नाटकको मञ्चन आगामी भदौमा पोखरामा हुनेछ । भदौ ९, १० र ११ गते गरी तीन दिन पोखरा उद्योग वाणीज्य संघको हलमा हुने मञ्चन कार्यक्रमलाई भव्य बनाउन यतिबेला तयारी तिव्र पारिएको छ । कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटकमा दिल प्रसाद गुरुङ, परिवर्तन, निलम तामाङ, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेश बाबु तिमिल्सिना, केशव क्षेत्री, प्रेम केसी, उज्वल रेग्मी, आकाश दाहाल र अर्जुन रेग्मीको अभिनय रहने छ ।
नाटकमा संगीत संयोजनको जिम्मा रोम तामाङलाई दिइएको छ । नाटकको सुत्रधार गोविन्द सिञ्जाली मगर हुन् भने सह–निर्देशन विष्णु प्रसाद गौतम, प्रकाश राकेश जंग पन्थि, संयोजन परिवर्तन, प्रबन्धक विवश बाबु, मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषीले पाएका छन् । नाटककार उदासीको  यो १ सय ४ औ नाटक हो । यस अगाडी उदासीले १ सय ३ नाटकमा विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् ।
नाटकको सूरुवात भुकम्पको परिवेशबाट हुन्छ । भुकम्प पछाडीको पुर्नस्थापित बस्तिबाट नाटक अगाडी बढ्छ ।  प्रकृती प्रेम र जीवन सर्घष नाटकमा देखाइने नाटककार उदासीले जनाए । ‘मानिसलाई मानिसबाटै मात्र नभई प्रकृतीबाट हुने घात समेतलाई देखाउन खोजका छौँ’ उनले भने । विभिन्न कारुणीक दृश्यको अलावा हाँस्य सामाग्री मार्फत समेत दर्शकले मनोरञ्जन लिन पाउने छन् । झण्डै डेढ घण्टा लामो यो नाटकबाट दर्शकले नाटकको वास्तवीक मज्जा लिने दावी उदासीको छ । ‘यस्को विशेषता भनेको यो नाटक सजिलै बुझ्न सकिने, संवाद थोरै र अभिनय धेरै हुनु नै हो’ उनले भने । नाटकमा प्रयोग हुने इफेक्टले नाटकको विषयवस्तुलाई प्रष्टू पार्ने भएकोले इफेक्टको अत्याधिक प्रयोग  यो नाटकमा गरिने छ । जसका लागि संगीतकार नै नियुक्त्त गरेर काम गरिएको छ । यो नाटकको मञ्चन पश्चात पोखरामा नाटक व्यवसायिक बन्ने बाटो खुल्ने विश्वास निर्माण पक्षको छ ।
नाटकमा ४ जना कलाकारले एकल वृद्धवृद्धाको पात्रको रुपमा बुढेसकालमा भोग्नुपरेको तिता–मिठा क्षणलाई दर्शकमाझ पस्कदै छन् । दिल प्रसाद गुरुङले दिलदेव, सवु पाठकले विजया, सितला अधिकारीले जया र केशव क्षेत्रीले परमानन्द पात्रको रुपमा आफ्नो दमदार अभिनयकला मार्फत नाट्यप्रेमीको नाटकको प्यास मेटाउने छन् । एकल रुपमा अत्यन्त कष्टकर रुपमा वृद्ध अवस्था बिताउन बाध्य भएको कारुणीक दृश्यमा उनीहरुले आफ्लाई उभ्याउने छन् ।
 यसैगरी परिवर्तनले समर र निलम तामाङले सन्ध्या पात्रको माध्यमबाट नाटकलाई प्रेममय बनाउने छन् । उनीहरुको प्रमेलिला यो नाटकको अर्को आकर्षण हो । वियोगान्त यो नाटकमा उनीहरुको प्रेम सफल भने हुदैन ।
आशिष अधिकारीले लोकमणी (लोके) र रमेश बाबु तिमिल्सिनाले मनमणी (मने) को नाममा बेरोजगार तथा कुलतमा फसेको युवाको रुपमा आफ्नो भुमीका निर्वाह गर्दैछन् । उनीहरुले समर र सन्ध्याको प्रेमलाई असफल पार्न खोज्नेछन् । प्रेम केसीले जनजोन विदेशी एजेन्टको पात्रमा आफुलाई प्रस्तुत गराउँदा उज्वल रेग्मी, आकाश दाहाल र अर्जुन रेग्मीले रहस्यमय भुमिकामा दर्शकको ध्यान आकर्षण गर्नेछन् । युवाहरुको विदेश पलायन तथा समाज प्रति युवाहरुको उत्तरदायीत्वमा आएको कमीलाई नाटकको माध्यमबाट उजागर गर्ने प्रयास गरिएको छ । नाटकको अन्त्य दुखःद हुनेछ ।
पुराना र नयाँ कलाकारको संयोजनमा राम्रो टिम बनेकोले अब पोखराको नाट्य क्षेत्रले फड्को मार्ने विश्वास उदासीको छ । नाटक हेरेका तथा अभिनय गरिसकेका कलाकार भएकोले काम गर्न सहज बनेको उनले बताए ।
पञ्चामृत नाट्य समुहको दोस्रोे प्रयासमा यो नाटक पोखरामा मञ्चन गरिन लागेको संयोजक परिवर्तनले जनाए । यस अगाडी यो समुहको पहिलो प्रयासमा गत बैशाख १७ र १८ गते पुलिस र प्यास नाटक मञ्चन गरिएको थियो । उक्त्त नाटक मार्फत पाएको दर्शक, शुभचिन्तकको अपार मायाले समुह उत्साहित छ ।
 पञ्चामृत नाट्य समुहको अध्यक्ष मोती बहादुर कार्की हुन् । यसैगरी उपाध्यक्ष सितला अधिकारी, सचिव सावित्रा पाठक, सह–सचिव आशिष अधिकारी, कोषाध्यक्ष दिल प्रसाद गुरुङ, सदस्यमा नविना रोकाया, बाबुराम चालिसे रहेका छन् । संस्थाको संरक्षकमा नाटककार कृष्णलाल बाँस्तोला रहेका छन् ।
नाटकमा आवद्ध कलाकारले आफ्नो अभिनयलाई दमदार बनाउन दैनिक रुपमा पोखराको केसी क्याटरिङ गैह्रापाटनमा रिहर्सल गरिरहेका छन् । यो नाटकका सबै कलाकार आफ्नो प्रस्तुती मार्फत दर्शकको ध्यान केन्द्रित गर्दै नाट्य क्षेत्रमा स्थापित हुने योजनाका साथ तयारीमा व्यस्त छन् । नाटकको लागि विभिन्न २४ जना युवालाई तालिम दिएर उनीहरु मध्येबाटै बलाकार छनोट गरिएको हो ।
पञ्चामृत समुहले पोखरामा नाटकघर निर्माण गर्ने जनाएको छ । ‘नाटक घर निर्माणको लागि जग्गा खोज्ने काम अगाडी बढेको छ’ अध्यक्ष परिवर्तनले जनाए । एकपछि अर्को गर्दे नाटक मञ्चन गर्ने समुहको योजना छ । नाटक मौसम हराएको देश मञ्चन प्रश्चात आगामी मंसीरमा अर्को नाटक मञ्चन गर्ने तयारी समुहले बनाएको छ । केहि समय पश्चात यो समुहले  सडक नाटक समेत देखाउनेछ ।
पोखरामा स्तरिय नाटकको मञ्चन वि.स. २००६ तिरबाट शुरु भएको पाइन्छ । वि.स.२०२० सालसम्म पोखराको रङ्गक्षेत्र अनियमितता जस्तो देखिएपनि वि.स.२०३० साल पछि भने यो क्षेत्रको विकासले गति लिएको थियो । यहि समयमा रङ्गक्षेत्रसँग सम्बन्धित दर्जनौ सस्थाको स्थापना भइ पोखरेली रङ्गक्षेत्रको महत्व नेपाली रङ्गमञ्चको क्षेत्रमा हुन पुगेको थियो । डाँफेकला मन्दिर, प्रतिबिम्ब, पोखरेली युवा साँस्कृतीक परिवार लगायत संस्थाको स्थापना पछि पोखराको रङ्गक्षेत्र फस्टाएको थियो । पछिल्ला समयमा यो क्षेत्रमा नयाँ युवाहरुको सक्रियता बढ्न थालेको छ । यसरी भएकोे सक्रियताले पोखरेली नाट्य क्षेत्रमा आशा थपिदिएको छ ।  हाल पञ्चामृत नाट्य समुह र युथ क्रियसन थिएटर पोखरेली रंगमञ्चलाई क्रियाशिल बनाउन छुट्टा–छुट्टै रुपमा लागेका छन् । युथ क्रियसन थिएटरले अन्तराष्टिूय रक्सि भट्टी र अर्को ओरालो नाटक पोखरामा मञ्चन गरेको थियो । हाल थिएटर पोखरामा नाटकघर निर्माण गर्न लागेको छ ।

प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm

Post a Comment

 
Top