0
परिचय ः बारम्बार पानीजस्तो पातलो दिसा हुनुलाई पखला (म्ष्बचचजयभब) भनिन्छ । पखला जुनसुकै उमेरका मानिसलाई लाग्ने भएतापनि खासगरी पाँच वर्षमुनिका बालबालिकाहरु यो रोगबाट बढी प्रभावित हुन्छन् । केटाकेटीहरुलाई खासगरी कुपोषणको कारणले पखला लाग्छ र यस्तो पखला बढी खतरानाक हुन्छ । नेपालमा वर्षेनी करिब ४० हजार बालबालिका पखलाबाट मर्ने अनुमान गरिएको छ । पखला तीब्र (ब्अगतभ) र जीर्ण (ऋजयचयलष्अ) गरि २ प्रकारको हुन्छ ।
कारण ः
 कुपोषणले केटाकेटीलाई कमजोर बनाई अन्य कारणबाट पखला लाग्ने सम्भावना बढाउँछ ।
 विषाणुजन्य संक्रमण (ख्ष्चब िक्ष्लाभअतष्यल) जीवाणु वा अमिवा वा जिआर्डियाको संक्रमण (द्यबअतभचष्ब िया बmयभदष्अ या न्ष्बचमष्ब िक्ष्लाभअतष्यल)
कान पाक्ने (इतष्तष्क ःभमष्ब) टन्सिल बढ्ने (त्यललकष्ष्तिष्क), दादुरा (ःभबकभिक) को संक्रमणमा
 जुका परेका (ध्यचm क्ष्लाभकतबतष्यल)
 दुध पचाउन शक्ति नभएमा  (विशेषगरी केटाकेटीमा)
 केहि खानाबाट हुने एलर्जीक प्रतिक्रिया (ब्ििभचनष्अ च्भबअतष्यm तय अभचतबष्ल ाययम) बाट ।
 खाद्य विषक्तता (ँययम उयष्कयलष्लन)
केहि औषधिहरुको प्रतिकुल असर (क्ष्मभ भााभअत या अभचतबष्ल मगचनभक)
काचाँ फलफुल तथा धेरै चिल्लो र मसालादार खाना
रोग सर्ने तरिका (ःयमभ या त्चबलकचयचmबतष्यल)
संक्रमण खान तथा पानी
फोहोर बानी व्यवहार
झिँगा
बोतलको दूध खुवाउनाले
खाना बनाउने तथा दिने व्यक्ति फोहोरी भएमा
रोगी व्यक्तिलाई छुट्टै राख्न ढिला गरेमा आदि ।
लक्षणः
धेरैपटक दिसा लाग्नु (१ दिनमा ३ देखि २० पटक)
दिसामा पानीको मात्रा बढी हुनु
दिसाको मात्रा पनि बढी हुनु
कमजोरी हुनु बान्ता हुनु
कहिलेकाहीँ पेट दुख्नु
जल वियोजनका लक्षणहरु देखा पर्नु जस्तो केटाकेटीहरुको तालु धसिनु, पिसाब कम र गाढा पहेलो हुनु, मुख सुख्खा हुनु आदि
रोकथाम तथा नियन्त्रण (एचभखभलतष्यल बलम अयलतचय)ि
–व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
–दिसापिसाबको उचित तवरले विर्सजन गर्ने ।
–बासी, सडेगलेका तथा काँचो खानेकुरा नखाने ।
–अनावश्यक औषधिहरुको सेवन नगर्ने ।
–बच्चालाई स्तनपान (द्यचभबकत ाभभमष्लन) गराउँनुपर्छ । आमाको
–दूधले बच्चालाई पखाला लाग्ने जीवाणुबाट बचाउँछ ।
–बच्चालाई दूध खुवाँउदा बोतलको प्रयोग गर्नु हुँदैन । बोतललाई सधैं
  राम्रोसँग सफा गर्न गाह्रो हुने हुँदा यसबाट संक्रमण हुने बढी सम्भावना हुन्छ ।
– पानी उमालेर मात्र पिउने । खानेकुरालाई झिंगाबाट सुरक्षित राख्ने ।
–पखाला लागेको बच्चालाई सफा राखी प्रशस्त पौष्टिक तत्वयुक्त खानेकुरा खान दिनुपर्छ । यदि कडा परिश्रमको पखला भएमा बिरामीलाई प्रशस्त मात्रामा झोलिलो खानेकुरा खान दिने । जस्तो ः चिया, भातको माड, मासु र गेडागुडीको झोल आदि ।
–यदि जल वियोजनका लक्षणहरु देखा परेमा जीवन जल बनाई छिन( छिनमा खान दिने ।
–निको हुने लक्षण नदेखिएमा नजिकको स्वास्थ्य चौकी वा अस्पताल लैजाने ।
(लेखक आरोग्यधाम होमियोप्याथिक हस्पिटल प्रा.लि.
पोखरा–१०, इन्द्रचोकका प्रबन्ध निर्देशक हुन् ।)









Post a Comment

 
Top