0
गोल्डेन न्यूज संवाददाता
एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार म्यादी सरकार भएको टिप्पणी गर्दै सो सरकारबाट कुनै नयाँ आशा गर्न नसकिने बताएका छन् । प्रेस चौतारी नेपालले बुधबार पार्टी कार्यालय धुम्बाराहीमा गरेको कार्यक्रममा उनले सरकार बन्नुअघि नै ९ महिनाको लागि प्रचण्डले ल्याप्चे ठोकेकाले सरकारबाट केहि आशा गर्न नसकिने भन्दै कांग्रेससँग मिलेर सरकार बनाएको भनिएपनि रिमोट भने अन्तैबाट सञ्चालित भएको समेत दाबी गरे । ओलीले जनचाहना विपरीत आफ्नो नेतृत्वको सरकार परिवर्तन गरिएको दाबी गरे  । ओलीले वर्तमान सरकारले चुनाव नचाहेको भन्दै निकायको चुनाव मंसिरमा नहुने संकेतहरु देखिन थालिसकेको बताए । ूअघिल्लो सरकार परिवर्तन गर्नु कुनै आर्थिक, सामाजिक कारण थिएन । काम गर्न र शान्ति सुरक्षा कायम गर्न नसकेको आरोपमा पनि होइन,ू उनले भने (ूकामको लागि सरकार परिवर्तन आवश्यक थिएन ।ू पूर्वप्रधानमन्त्री ओलीले आफ्नो सरकारले मुलुकको स्वाभिमान, राष्टिूय हित र विकास माथि उठाएको दावी गरे । उनले साम्प्रादायिक र राष्टिूय एकता भाड्ने खालका क्रियाकलाप भइरहेको भन्दै राजनीतिक र संवैधानिक तित्तता ल्याउने षड्यन्त्र भइरहेको आरोप लगाए । यसैबिच उनले एमालेले प्रतिशोधको राजनीति नगर्ने प्रष्ट पार्दै संविधान संशोधन भने मनपरी रुपमा गर्न नपाइने बताए ।  अध्यक्ष ओलीले एमाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गर्दै भने ( ूसरकारका सकारात्मक कदम चाल्दा एमालेको साथ हुन्छ । तर त्यस्ता सकारात्मक काम हुने सम्भावना कम देखेको छु ।ू मधेसी मोर्चासँग कांग्रेस माओवादीले संविधान संशोधन गर्नेसहितको ३ बुँदे सहमति गरेको अवस्थामा ओलीबाट यस्तो धारणा आएको हो । अर्को प्रसंगमा ओलीले राजदूत सिफारिस फिर्तालाई प्रतिशोधको राजनीति भनि टिप्पणी गरे । ‘काम चित्त बुझेन भने राजदूतहरुलाई पछि फिर्ता गर्न सकिन्छ । तर, सुनुवाई नै रोक्नु गलत हो, यो प्रतिशोधको राजनीति होु ओलीले भने । केहि दिन पहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विकासका लागि स्रोत चाहिने भनेको प्रति जवाफ दिँदै ओलीले देशको मुहार फेर्ने नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत साधन पर्याप्त भएको बताए । ‘ आग्रह, अनुरोध र निवेदन दिएको खण्डमा , कहाँ छ स्रोत म देखाइदिन्छुे प्रचण्डलाइ लक्षित गर्दै उनले भने





Post a Comment

 
Top