0
गोल्डेन न्यूज संवाददाता
विश्व केन्पोकाइ कराँते च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीको बिदाई गरिएको छ । जापानको नागोया शहरमा २०१६ अगस्ट ६ देखि १० सम्म संचालन हुने च्याम्पियनसीपमा सहभागी हुने खेलाडीको बुधबार काठमाडौंमा विदाई गरिएको हो । प्रतियोगितमा आठ खेलाडी, एक मुख्य प्रशिक्षक र प्रमुख ब्यवस्थापक सहित दश जना विहिबार विहान ११ बजे जापान प्रस्थान गर्ने छन् । जापान जाने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एंव ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शर्पाले एक कार्यक्रमका वीच विदाई गरे । प्रमुख ब्यवस्थापक खगराज पौडेलाईलाई नेपालको झण्डा हस्तान्तरण गदै खाँदा लगाएर विदाई गरेका थिए । उपाध्यक्ष लामाले राम्रो खेल प्रर्दशन गदै विजयी हासिल गरेर नेपाल र नेपालीको  इज्जतलाई कायम राख्न आग्रह समेत गरे । टोलीमा सहभागी प्रमुख ब्यस्थापक एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले नेपाली खेलाडीले विदेशी भुमिमा नेपाल र नेपालीको सानलाई उच्च बनाउदै उत्कृष्ट खेल प्रर्दशन गर्ने विश्वास ब्यक्त  गरे । टिममा खेलाडीहरु समिप बराल, तिलकबहादुर कार्की, संघर्ष चापाई, सौगात शर्मा, प्रथम थापा, विपिन आचार्य, प्रथमा थापा, खगेन पुन रहेका छन् भने प्रमुख प्रशिक्षकमा हरिबहादुर खड्का र प्रमुख ब्यवस्थापकमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल रहेका छन् ।

Post a Comment

 
Top