0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस सोसाइटीको आगामी वर्ष ०१६÷०१७ का पदाधिकारी हरुको पदस्थापना गरिएको छ। वर्ष ०१६÷०१७ का अध्यक्ष होम विलास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव अफ इनटरनेशनल ३२५ बी १ नेपालका गर्भनर बालकृष्ण बुर्लाकोटीले पदस्थापन गराउँदै विगत २ वर्षदेखि यस क्लवले सामाजिक कार्यमा उत्कृष्ट रहन सफल रहेको र आगामी दिनहरुमा पनि अझै उत्कृष्ट कार्यगर्ने कुरामा आफू आशावादी भएको  बताए।  निवर्तमान गर्भनर ध्रुव थापाले विषम् परिस्थितिका वावजुद पनि क्लवले उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरे । कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चियर पर्सन ध्रुवबहादुर श्रेष्ठ, डिष्ट्रिक्ट चिफ एडभाइजर इन्दु लम्साल, एडभाइजर दुर्गा हुमागाई, जोन चियर पर्सन विधाता द्वा र नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति बामदेव ढुङ्गानाले शुभकामना मन्तब्य ब्यक्र गरेका थिए । सामाजिक उत्तरदायित्व बहन गर्दै क्लवले दुवै मृगौला पीडित स्याङ्गजा तीन दोवाटो बस्ने शोभा थापालाई ११ हजार रुपैयाँ प्रदान गरिएको थियो। लायन वर्ष ०१६÷०१७ का अध्यक्ष होम विलास सापकोटाले आगामी वर्षका कार्ययोजना प्रस्तुत गर्दै सामाजिक सेवा अग्रणी भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरे। कार्यक्रम संचालन अध्यक्षद्वय रुद्रबहादुर के.सी. र होम विलास सापकोटाले गरेका थिए थिए। स्वागत भाषण क्लवका प्रथम उपाध्यक्ष सन्तोष पौडेलले गरेका थिए भने कार्यक्रको संयोजन प्रकाश ज्ञवालीले गरेका थिए ।

Post a Comment

 
Top