0
ऋचा अर्याल
हाडीगाउँका योगगुरु सुरेन्द्रप्रसाद वाग्ले उमेरले ६८ वर्षका भए । तर उनको जोश–जाँगर तथा शरीरिक स्फूर्ति भर्खरको ठिटोको जस्तो छ । हरेक दिन बिहान–बेलुकी काठमाडौंका विभिन्न ठाउँमा गई नेपाली तथा विदेशीलाई योग सिकाउनु उनको नियमित कर्म हो । उनी ८४ प्रकारका योगासनमध्ये ७६ वटा आसनमा पारंगत छन् । त्यसो त ४० वर्षको उमेरसम्म वाग्लेलाई योगाबारे केही थाहा पत्तो थिएन । एक दिन मनिङ्ग वाक जाने क्रममा साईबाबा केन्द्रले निःशुल्क योग सिकाउन लागेको खबर उनले सुने । त्यसपछि कौतुहलतावस श्रीमतीसहित एक महिनाको तालिम लिन पुगे । तालिमले उनको कौतुहलता मात्र शान्त भएन, शरीरमा फरकपना महसुस हुन थाल्यो । त्यसपछि नियमित तीन महिनासम्म योगा गर्दा पहिले २२ वटा रोटी खाने उनी १० वटा रोटीमा झरे । तर, उनको न त तौल घट्यो, न स्टामिनामा नै कुनै कमी आयो । सुरुमा त उनी आफैं अचम्ममा परे । तर, योगाबारे क्रमशः बुझ्दै जाँदा उनले खाना कम गर्दैमा तौल घट्ने हैन रहेछ भन्ने थाहा पाए । अनि योगामा अझै गहिरिन थाले ।
त्यही क्रममा वाग्लेले काठमाडौस्थित आरोग्य केन्द्रबाट योगामा दुई वर्षको डिप्लोमा गरे । नवजीवन योगा समुहबाट तीन महिनाको शिक्षक ट्रेनिङ्ग पनि लिए । त्यसपछि सुरु गरे योग सिकाउन । वाग्लेले योगा सिकाउन थालेको २८ वर्ष भैसक्यो । यस दौरान कतिलाई योगा सिकाए भन्ने उनैलाई थाहा छैन । वाग्ले हाल प्रिनेटल योगा (गर्भावस्थामा गरिने), पावर योगा, हट योगा लगायतका विभिन्न वर्गका योगा सिकाउँछन् । योगशिक्षाबारे आफ्नो अनुभव उनले अनलाइनखबरलाई यसरी सुनाएः
हिमालय पर्वतबाटै सुरु भएको योगाभ्यासलाई पछिल्लो समय पाश्चात्य संस्कृतिले बुझेर अनुशरण गर्रुयो । तर नेपालमा यही कुरा बुझाउन धेरै समय लाग्यो । शुरु–शुरुमा म घर–घरमा गएर मानिसहरुलाई योगाको विषयमा ज्ञान दिने प्रयास गर्थेँ । तर, धेरैले चासो नै नदिएको देख्दा विरक्त बन्थेँ । केही वर्ष अगाडि भारतीय बाबा रामदेवले नेपालमा योगशिक्षा दिन आएपछि नेपालीहरु यसतर्फ आकषिर्त हुन थाले ।
रामदेवको योगा अभियानपश्चात्त टोल टोलमा योगशिक्षा सुरु भएको छ । यसमा केही कमि–कमजोरी त पक्कै छन् । एक हप्ता, पन्ध्र दिन वा एक महिना शिक्षक प्रशिक्षण लिएको भरमा अरु मानिसलाई योग सिकाउन सम्भव हुँदैन । यति तालिम पर्याप्त पनि छैन । फेरि सबै उमेर समूहका मानिसलाई एउटै प्रकारको योगा सम्भव पनि हुदैन । त्यसको लागि सिकाउनेले बुझेर मात्र योगा सिकाउनु पर्छ ।
योगबारेका भ्रम र यथार्थ
धेरैजसो मानिस योगा सिक्न थालेको २र४ दिनमै आफ्नो सबै रोग निको होस् भन्ने चाहन्छन् । जुन असम्भव छ । योगा गर्दैमा डायविटिज, उच्च रक्तचाप, मधुमेह लगायतका रोग तुरुन्तै निको हुन्छ भन्नु गलत हो । योगले रोगलाई बढ्न नदिएर नियन्त्रणमा राख्ने काम मात्र गर्छ । कसै–कसैलाई विस्तारै निको पनि हुन्छ । तर त्यो रोगको प्रकृतिमा भर पर्छ । कति मानिस योगा गरेपछि तुरुन्तै आफुले चाहेजति तौल घट्छ भन्ने सोच्छन् । तर योगाले तौल घटाउने हैन, त्यसलाई नियन्त्रणमा राख्ने काम गर्छ । यदि तपाई कम तौलको हुनुहुन्छ भने तपाईको उमेर र उचाइको आधारमा योगले तपाईको तौललाई बढाएर सन्तुलनमा राख्छ । त्यसैगरी बढी तौलको हुनुहुन्छ भने त्यसलाई कम गरी त्यसलाई सन्तुलित बनाउँछ । त्यसैले खाना कम खाएर तौल घटाउनु भन्दा योगा गर्नु उचित हुन्छ । खाना कम गर्दा त्यसले शरीरमा नकारात्मक असर पार्न सक्छ । योगाले मानिसको सोच्ने शक्तिको पनि विकास गर्छ । यसले स्टामिना तथा पाचन प्रकृयालाई असर गर्दैन ।
जथाभावी गरे स्वास्थ्यमा उल्टो असर
योग गर्ने भन्दैमा जे पायो त्यही तरीका अपनाउनुहुँदैन । त्यसले स्वास्थ्यमा उल्टो असर पर्न सक्छ । योगका विभिन्न नियम हुन्छन् । विभिन्न आसन हुन्छन् । हरेक आसन निश्चित उमेरका मानिसले मात्र गर्नु उपयुक्त हुन्छ । विदेशमा एउटा योग कक्षामा १५ जना भन्दा बढी विद्यार्थी राख्न पाइँदैन । त्यसमा पनि प्रत्येकलाई बेग्लाबेग्लै ध्यान दिनु पर्छ । तर नेपालमा यसबारे कुनै नियम छैन । एउटा कक्षामा सयौ मानिस राख्ने चलन छ । सबैलाई एउटै प्रकारको योगा सिकाउने चलन छ । त्यसले तपाईर्को शरीरमा असर गर्न सक्छ । जस्तो, दमको रोगीले योगा गर्नै हुदैन । त्यस्तै उच्च रक्तचाप तथा मुटुका विरामीलाई कपालभाती गर्न बर्जित छ । गर्भवती महिलाले उफ्रिएर, शरीर मर्काएर योग गर्नु हुँदैन । उनीहरुले जुन पायो त्यही योगा गर्दा गर्भ खेर जानेसम्मको खतरा रहन्छ ।
औषधि खान छाड्नुहुन्न
कतिपय मानिस योग गरेको ३र४ दिनमै रोग निको भएन भन्दै आउँछन् । यतिसम्मकी व्लड प्रेसर भएको मानिस पनि मकहाँ आएर योग गरेको ४÷५ दिन भैसक्यो, अझै घटेन भन्छन् । अझ कति जना त अब के औषधि के खाने भनेर पनि सोध्छन् । म योगद्वद्धारा प्राकृतिक उपचार गर्ने मान्छे हुँ । डाक्टर होइन । म आफै पनि मधुमेहको विरामी छु । हरेक दिन योग गरे पनि औषधी खान भने छुटाउँदिन । मैले यसो भन्दा योग गर्ने मान्छेले पनि किन औषधी खाने भन्ने प्रश्न उब्जिन सक्छ । त्यसो त मधुमेह भएको थाहा पाएपछि मैले सुरुमा डाक्टरसित बहस नगरेको पनि हैन । अझ त्यसबेला त डाक्टरले मलाई यो रोग नै हैन पनि भन्नु भएको थियो । त्यसपछि मैले यो रोगै हैन भने औषधी किन खाने त भनेर धेरैपटक प्रश्न पनि गरेँ । यसबारे हाम्रो विवादै पर्रुयो । दुई घण्टाको चर्काचर्कीपश्चात अन्ततः डाक्टरले मलाई सम्झाउनु भयो । मधुमेह शरीरमा ग्लुकोजको तलमाथिले लाग्ने रोग हो र यस रोग लागेका व्यक्तिले क्रमिक रुपमा औषधिको सेवन नगरे आँखा, किड्नी, मुटु तथा दिमागमा असर पुर्रुयाउँछ भनेर डाक्टरले भन्नुभयो । जसले गर्दा मैले औषधिको नियमित सेवन गर्न थाले । म योगा गर्नेलाई औषधि छोड्ने सल्लाह कहिल्यै पनि दिन्नँ ।
म देश(विदेश घुमिरहन्छु । सबै ठाउँमा घरमा जस्तो खाना हुँदैन । यसबीचमा मलाई कथंकदाचित केही भइहाले कसले जिम्मा लिने ? त्यो हुन नदिन पनि यो औषधी लिने गर्छु र योग गरे पनि औषधी नछोड्न सल्लाह दिन्छु ।
नर्भिक अस्पतालका एक जना डाक्टरका परिवारले मसित झण्डै पाँच वर्ष योगा सिक्नु भयो । उहाँ एलोप्याथीको डाक्टर, म प्राकृतिक उपचारको । हामीबीच विभिन्न रोगबारे छलफल पनि भइरहन्थ्यो । उहाँले योगकै आधारमा विरामीलाई औषधिको मात्रा घटाउने(बढाउने गरेको पनि बताउनुहुन्थ्यो ।
टीभी हेरेको भरमा योगा गर्नुहुन्न
रोग अनेक उपचार एक भनेजस्तै योगले सबै रोगमा काम गर्छ । पहिले पहिलेका ऋषि मुुनीहरुले योगमार्फत नै रोग निको पार्थे । त्यसैले पनि योगा हाम्रो शरीरका लागि फाइदाजनक छ । तर, योगा गर्नुपूर्व आफ्नो शरीरको बारेमा जान्न पनि आवश्यक छ । आफ्नो शरीरमा के समस्या छ र कस्तो योग ठीक हुन्छ भनेर जानेपछि मात्र योग गर्नुपर्छ । त्यसैगरी योग सुरु गर्नुपूर्व आफ्ना गुरुलाई आफ्नो समस्याबारे जानकारी गराउनुपर्छ । नत्र यसले शरीरमा नकारात्मक असर निम्त्याउन सक्छ । त्यसैगरी टीभीमा अथवा युट्युबमा हेरेको भरमा योगा गर्नु पनि शरीरको हानी हानीकारक हुन सक्छ । प्रायः टीभी(युट्यूवमा देखाउने योगमा त्यसबारे विस्तृत जानकारी दिइएको हुदैन । तपाईंको शरीरका लागि त्यो कति लाभदायी छ भन्ने थाहा हुँदैन । बिना जानकारी मनलागी तरिकाले योग गर्दा त्यसबाट उचित नतिजा प्राप्त नहुने मात्र होइन, शरीरलाई हानी गर्न पनि सक्छ ।
योगाले शरीरलाई मनसित जोड्छ
योगा शरीरलाई मनसित जोड्ने बलियो माध्यम हो । यो एक प्रकारको प्राकृतिक उपचार पद्दति हो । त्यसैले शरीरलाई कसरी हिफाजत गर्ने भनेर नै योग अभ्यास सुुरु भएको हुनुपर्छ ।
यस्ता योग पहिले पहिले ऋषिमुनिले गर्ने गर्थे । जुन पछिल्ला समय लोप भएको थियो । यो विभिन्न नामबाट चिनिए पनि पतञ्जली ऋषिको योगमा आधारित छ । यसमा सामान्यतया आठ आशन हुन्छन् । ती आशन भनेका याम, नियम, आशान, प्राणायाम, त्याग, धारणा, ध्यान, समाधि हुन् । याम र नियम भनेको सामाजिक अनुशासनसित सम्बन्धित हुन्छ । त्यसैगरी अन्य शरीरका विभिन्न अंगलाई नियन्त्रित गर्ने काम गर्छ । यसले धैर्यधारणा गर्न, मनमा एकाग्रता कायम गरी विभिन्न समस्याबाट मुक्ति दिलाउने काम गर्छ ।
ध्यान दिनुपर्ने तीन कुरा
योगका लागि विश्वास, र्धैर्य र अभ्यास गरी तीन कुरा आवश्यक पर्छ । योगालाई लामो समय निरन्तरता दिन सकेमात्र यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । त्यसैले मैले योगा सिकाउने बेलामा पनि सँधै भन्ने गर्छु कि यसलाई निरन्तरता दिने हो भने मात्र सिकाउँछु । आजसम्म जतिलाई योग सिकाएँ, त्यसले उनीहरुको जीवनमा केही न केही परिवर्तन अवश्य ल्याएको छ । मैले यस्ता व्यक्तिलाई पनि योग सिकाएँ जसमा सकारात्मक सोच भन्ने नै थिएन । तर अहिले उनीहरु यति सबै कुरा सकारात्मक सोच्न थालेका छन् । त्यो देख्दा निकै खुशी लाग्छ ।

नसाको समस्या र उपचार विधि

कतिपय मानिसहरु नसा च्यापिएको भन्नासाथ हड्डीको बीचमा भएको नसालाई अर्को हड्डीले च्यापेको भन्ने सोच्दछन् । जुल गलत हो । मानिसको शरीरमा हुने मेरुदण्डमा अनेकौ हड्डी हुन्छन् । प्रत्येक हड्डीको बीचमा एउटा कालो डिस्क हुन्छ । उक्त डिस्क एक प्रकारको तरल पदार्थ हो । यो नौनी घ्यु जस्तै हुन्छ । दुर्घटनाका कारण, हात खुट्टा भाँचिएमा वा हड्डी सर्ने समस्या भएमा दुईवटा हड्डीको बीचबाट उक्त डिस्क बाहिर निस्केर नसालाई च्याप्ने गर्छ । जसलाई हामी सामान्य भाषामा नसा च्यापिएको अर्थात् इनभर्टिब्रटल डिस्क प्रोल्याब्स अर्थात भन्ने गर्छौं । नसा च्यापिंदा शरीरमा सहि नसक्नु पीडा हुन्छ । यसको असर खुट्टा, पिढुलातिर पनि देखिन्छ । यदि शरीरको देब्रतिर नशा च्यापिएको छ भने त्यसको असर देब्रे खुट्टामा पर्छ । दाँयातिर छ भने असर पनि दायाँतर्फ नै बढी महसूस हुन्छ । दुखाई पनि त्यत्तिकै बढी हुन्छ । जसले गर्दा पिढुला दुख्ने, ढाड दुख्ने, धेरैबेर एकै ठाउँमा बस्न नसक्ने, बसेर उठ्दा झनै दुख्ने, हातखुट्टा झमझमाउने, शरीर भारी हुने, शरीरको कुनै भाग लाटो हुने, पोल्ने इत्यादि हुन्छ । यस्ता लक्षण समस्याको स्तर तथा समस्याको प्रकार अथवा ठाउँपिच्छे फरक हुन्छ ।
उपचार विधि
यस्ता समस्या भएमा औषधिले दुखाई गर्न केही मात्रामा सघाउ पु¥याउँछ तर त्यसले मात्र यो समस्या निको हुँदैन । यसको लागि फिजियोथेरापी नै आवश्यक पर्छ । बाहिर निस्किएको नशा कतिवटा ठाउँमा च्यापिएको छ भन्ने कुराले पनि यसको उपचारमा फरक पर्छ । यदि नशा आधामात्र बाहिर निस्किएको अथवा चेपिएको छ भने त्यसलाई फिजियोथेरापीद्वारा निको पारिन्छ । जुन पहिलो तथा दोश्रो चरण अन्तर्गत पर्दछ ।
तर यदि नशा पुरै बाहिर निस्किएको छ भने त्यसलाई अपरेशनमार्फत भित्र हाल्नुपर्छ । जुन तेश्रो र चौथो चरण हो । अर्थात ६० प्रतिशत भन्दा कम समस्या छ भने त्यसलाई फिजियोथेरापीले उपचार हुन्छ भने सोभन्दा बढीको लागि अपरेशन एकमात्र विकल्प हो ।
पहिलो तथा दोश्रो चरण फिजियोथेरापीमार्फत विरामीको उपचार गर्दा सबैभन्दा पहिले दुखाई कम गर्न उसलाई इन्जेक्सन दिइने गरिन्छ । त्यसैगरी, मेसिनद्वारा पनि विरामीको उपचार गरिन्छ । त्यसका लागि फिजियोथेरापिस्टले दुखाई कन्ट्रोल गर्ने मेसिनको प्रयोग गर्छन् ।
निश्चित एक्सरसाइजमार्फत नशा च्यापिएको ठाउँमा नकारात्मक दबाव सिर्जना गरेर पनि विरामीको उपचार गर्न सकिन्छ । त्यसरी उपचार गर्दा समस्या भएको ठाउँमा दबाव सिर्जना गर्दा त्यसको असर कम दबाव भएको ठाउँमा पर्छ ।
परिणामस्वरुप उक्त तरल पदार्थ बाहिर निस्किएर बीचमा गएर बस्दछ र नशालाई भित्र हाल्न मद्दत गर्छ । त्यसैगरी, ट्राक्सन लगाएर पनि विरामीको उपचार गर्न सकिन्छ । ट्राक्सन भनेको कम्मर तान्ने एक प्रकारको मेसिन हो । कहिलेकाहीँ ढाडको हड्डी खुकुलो भएर पनि नशा च्यापिने गर्छ । यो अवस्थामा ट्राक्सनको प्रयोगमार्फत दुईवटा हड्डीलाई दुईतिरबाट तानेर उक्त भागलाई खुकुलो बनाई तरल पदार्थलाई भित्र पठाउने काम गरिन्छ । त्यस्तै, हड्डी कसिएर समस्या भएमा त्यसलाई खुकुलो बनाई पुनः कसेर पनि त्यसको उपचार गर्ने गरिन्छ ।
सामान्यतयाः यो पद्दतिबाट विरामीको उपचार गर्दा त्यसलाई निको हुन कम्तीमा चार हप्ताको समय लाग्छ । कसैलाई राम्रो भएमा डेढ हप्तामा पनि निको हुन सक्छ । त्यो विरामीमा भर पर्छ । तर यदि विरामी राम्रोसित निको हुन चाहन्छ भने उसले चार हप्तासम्मको उपचार लिनु नै बुद्धमानी हुन्छ । यदि कुनै विरामी बेलुकी फिजियोथेरापी गर्छ तर भोलिपल्ट बिहान अफिस गएर १० देखि ५ बजेसम्म कुर्सीमा बसेर एकोहोरो काम गर्छ भने उसलाई निको हुन चार महिना पनि लाग्छ । त्यसमा उसको बसाइले पनि फरक पार्छ । यसबाहेक, नशा धेरै नै बाहिर आएको खण्डमा विरामीको अपरेशन नै पनि गर्नुपर्ने हुनसक्छ ।
तर अपरेशन गरिएका विरामीले अपरेशन पश्चात त्यसलाई सही अवस्थामा ल्याउन फिजियोथेरापी गर्न आवश्यक छ । अपरेशन पश्चात शरीरका मांसपेशी सुस्त हुनुका साथै नशा खुम्चन थाल्छ । जसले गर्दा हल्का काम गर्दा पनि पिढुला देख्ने, मांसपेशी दुख्ने लगायतका समस्या उब्जन्छ । त्यसबाट बच्नका लागि पनि फिजियोथेरापी आवश्यक पर्दछ ।
नशा च्यापिने प्रमुख कारण ?
नशा च्यापिने समस्या अनौठो समस्या हो । यो सबैलाई नहुन सक्छ । कहिलेकाहीँ दुईजना व्यक्तिले एउटै प्रकारको काम गर्दा समेत यो समस्या एउटा व्यक्तिमा मात्रै पनि देखा पर्न सक्छ । कसैको मेरुदण्ड अथवा हड्डी कमजोर छ भने पनि उसलाई यो समस्या देखिन सक्छ । त्यसैगरी, गाह्रौं काम गर्ने अथवा गह्रौं सामान उचाल्ने मानिसलाई पनि नशा च्यापिने समस्या हुन सक्छ । त्यसबाहेक तल उल्लेखित कुराले पनि नशा च्यापिने समस्या हुने गर्छ ।
 बसाई नमिलेमा
महिलाहरुको हकमा प्रसव वेदनाको कारण
 शरीरमा अनावश्यक बल प्रयोग गरेमा
भारी सामान उचालेमा
गम्भीर प्रकारको हड्डी खिइने समस्या छ भने
हात खुट्टा भाँचिएमा, हड्डी सर्ने समस्या भएमा र उमेर बढ्दै जाँदा नशा च्यापिने समस्या निम्त्याउन सक्छ ।
जीवनशैलीको कारणः धेरै समय एकै ठाउँमा बसेर काम गर्दा
यसबाट बच्ने उपाय
आहार–विहारमा ध्यान दिने
कुर्सीमा बस्दा अढेस लगाएर बस्ने
खुट्टा टेकेर बस्ने
बस्दा मेरुदण्डलाई सिधा बनाएर बस्ने
व्यायाम गर्दा कम्मर सड्किन नदिने
 शरीरमा ज्यादा दखल नदिने
त्यस्तै, जीवनशैलामा केही परिवर्तन गर्ने
(भुसाल एभरेष्ट नर्सिङ्ग होममा कार्यरत फिजियोथेरापिस्ट हुन्।)









Post a Comment

 
Top