0
गोल्डेन न्यूज संवाददाता
पोखरामा आयोजित ‘हिमालायन कम्प्युटर प्रदेश नं. ४ स्तरीय अन्तर जिल्ला तेक्वान्दो प्रतियोगिता’ को उपाधि वाग्लुङ्गले हात पारेको छ ।  बाग्लुङले उपाधि प्राप्त गर्दै प्रतियोगितामा चार गोल्ड एक सिल्भर र एक ब्रोन्ज मेडल प्राप्त गरेको थियो । यसैगरि पर्बत जिल्लाले चार गोल्ड, दुई ब्रोन्ज प्राप्त गर्दै द्वितीय स्थान प्राप्त गर्यो भने कास्की जिल्ला ले एक गोल्ड चार सिल्भर र तीन ब्रोन्ज मेडल प्राप्त गर्दै तृतीय स्थान प्राप्त गरेको छ । प्रतियोगितामा कास्कीकी नयना मगरले महिला तर्फ उत्कृष्ट खेलाडीका उपाधि प्राप्त गरिन भने पुरुषतर्फ पर्वतका दिपेश गुरुङले प्राप्त गरे।  प्रतियोगितामा प्रदेश नं. ४ अन्तर्गत गोरखा, तनहँु, पर्वत, बाग्लुङ, म्याग्दी र कास्की गरी ६ जिल्लाका ६० जना खेलाडीहरुको सहभागिता रहको थियो । कास्की जिल्ला तेक्वान्दो संघ ९ वर्ष पुरा भई १० औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित प्रतियोगितामा विजयी खेलाडी तथा टिमहरुलाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर प्रसाद कोइराला, पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कमल सिंह बम, अञ्चल प्रहरी प्रमुख महेन्द्र पोख्रेल, सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रह्मचार्य, जिल्ला प्रहरी कास्कीका डि.एस.पी गज्जु सिद्धी व्रजाचार्य, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य मदन केसी, खेलकुद पत्रकार मंचका अध्यक्ष केशब पाठक, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपक गोदार, पश्चिमाञ्चल प्रशिक्षण प्रमुख विद्या मर्सानी, प्रतियोगिताका संयोजक कुमार गुरुङ्ग लगायतले बिजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । वि.सं. २०६४ सालमा स्थापना भएको कास्की जिल्ला तेक्वान्दो संघले स्थापना कालदेखि नै तेक्वान्दो खेल विकासका लागि विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु नियमित रुपमा संचालन गर्दै आइरहेको छ । संघले २०७२ फागुनमा संघले पोखरामा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता “२०१६ पोखरा विश्व तेक्वान्दो हान्मादाङ” समेत आयोजना गरिसकेको छ ।संघका गतिविधिबाट तेक्वान्दो खेलको मात्र विकास नभई समग्र पर्यटन क्षेत्र समेत लाभान्वित भएको अध्यक्ष जगन गुरुङ्गले बताए ।







Post a Comment

 
Top