0
कन्या क्याम्पस पोखरामा क्याम्पसको छात्रा कल्याण समिति तथा पूर्व छात्रा समितिको संयुक्त आयोजनामा गुरु सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पूर्ब छात्रा समितिको संयोजक संगिता बज्राचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा क्याम्पसमा प्राध्यापरत सम्पुर्ण गुरुवर्ग र कर्मचारीहरुलाई सम्मान गरिएको थियो । क्याम्पसको स्थापनाकालमा पहिलो बर्षको पहिलो छात्राको रुपमा क्याम्पसमा अध्ययन गर्न शुरु गरेको स्मरण गर्दै बज्राचार्यले क्याम्पसबाट अध्ययन पुरा गरेका छात्राहरुको सफलताले क्याम्पसको शैक्षिक गुणस्तर उच्च रहेको भन्दै सम्पूर्ण गुरु बर्गको स्वास्थ्य र दीर्घायुको कामना गरेकी थिइन । कार्यक्रमको प्रमुख अतिथि तथा कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले कार्यक्रम आयोजना गरेकोमा छात्राहरुलाई धन्यबाद दिंदै गुरुबर्गलाई दक्षिणाको रुपमा बिद्यार्थीको अनुशासन र लगनशिलता कायम गर्न अनुरोध गरे । क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्र बहादुर भारिजुले कक्षामा प्राध्यापन गर्ने शिक्षकमात्र गुरु हुने नभई जीबनको सफलताका लागि कारक भूमिका खेल्ने सबै व्यक्ति गुरु हुने बताए । कन्या क्याम्पस प्राध्यापक संघका सभापति इन्द्रकमल मानन्धरले छात्राहरुलाई गुरुको सम्मान गर्न र उच्च शिक्षा हासिल गर्न आबश्यक रहेको बताए । क्याम्पसको उपप्राध्यापक बलराम भट्टराईले गुरुको महत्वको बारेमा चर्चा गरेको कार्यक्रममा छात्रा कल्याण समितिको तर्फबाट दुर्गा सुबेदीले शुभकामना मन्तव्य राखेकी थिइन । कार्यक्रममा खेलको माध्यमबाट लक्की गुरु बन्न सफल गुरुहरु चित्र बहादुर श्रेष्ठ, केशव शरण उपाध्याय र डेइजी शर्मालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको शुरुवातमा छात्रा जुली बर्नवालले स्वागत मन्तव्य राखेकी थिइन भने छात्रा बिनिता जोशीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन । कार्यक्रममा क्याम्पसका सबै गुरुबर्गलाई टिका लगाई फूलको गुच्छा र मायाको चिनो समेत प्रदान गरिएको कार्यक्रमलाई पूर्व छात्रा कबिता श्रेष्ठले सञ्चालन गरेकी थिइन ।
यसैगरी संगीतको पाठशाला गुरुकुल संगीत प्रशिक्षण केन्द्र नयाँबजारमा आज गुरुपुर्णिमाको दिन विशेष पूजा आराधाना गरी भक्ति संगीत मार्फत मानिएको छ । आफूमा रहेको ज्ञानलाई आफ्ना चेलामा समर्पित गर्ने गुरुको विशेष पूजा गरेर गुरुकुलमा संगीतका धुनहरु मार्फत गुरुपूर्णिमा मानिएको हो । गुरुकुल संगीत प्रशिक्षण केन्द्रका निर्देशक तथा प्रशिक्षक गुरु तीर्थराज पोख्रेललाई गुरुकुलमा आबद्द विध्यार्थीहरुले टिका लगाएर विशेष पूजा गरी गुरुबाट आशिर्वाद थापेका थिए । कार्यक्रममा भक्ति संगीत लगायत अन्य सुगम तथा लोक संगीत प्रस्तुति मार्फत गुरुको महिमा प्रस्तुत गरिएको थियो । यसै गरी वारिष्ठ तबला बाधक श्यामलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गीतारका गुरु जगन थापालाई पनि सम्मान गरिएको थियो ।













Post a Comment

 
Top