0
गोल्डेन न्यूज संवाददाता
रोट्रयाक्ट क्लव अफ हेमजामा २०१६÷०१७ को लागि नारायण त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिमा निवर्तमान अध्यक्षमा सुशिल तिमिल्सिना, इलेक्ट अध्यक्षमा राम क्षेत्री, उपाध्यक्षमा लिलाधर अधिकारी र अनिल गौतम, सचिवमा अनिल जिसी, सह सचिवमा आशिष कुँवर, कोषाध्यक्षमा ठाकुर पौडेल, सह कोषाध्यक्षमा सुजन पौडेल, सर्जेन्ट एट आम्समा अञ्जना पौडेल, सम्पादकमा राहुल विश्व र कम्युनिटी सर्भिस निर्देशकमा विष्णु कार्की चयन भएका छन् । त्यसैगरी क्लवका प्रोफेसनल विकास निर्देशकमा भिमराज तिमिल्सिना, क्लव सर्भिस निर्देशकमा गोकुल पौडेल, अन्तर्राष्ट्रिय सर्भिस निर्देशकमा सुरेश सापकोटा, आइटि अफिसरमा दुधराज पराजुली, अन्तर्राष्ट्रिय क्लव को–अर्डिनेटरमा मनोज कार्की र मेन्टरमा जनपुकार मुननकर्मी निर्वाचित भएका छन् । क्लवको पाँचौं पदस्थापना समारोहको उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केशरजंग बरालले युवाहरुलाई समाजसेवामा लाग्न प्रेरित गरे । कार्यक्रममा रोटरी क्लव अफ पोखरा अन्नपूर्णका निवर्तमान अध्यक्ष कल्याण कर्माचार्य, पूर्व अध्यक्ष तेज न्यौपाने, सचिव प्रदीपभक्त आचार्य, जोनल रोट्रयाक्ट प्रतिनिधि सञ्जिव पौडेल, मेन्टर जनपुकार मुननकर्मी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । उक्त समारोहमा सर्वाेत्कृष्ट रोट्रयाक्टर सम्मानबाट आशिष कुँबरलाई सम्मानित गरिएको थियो । त्यसै गरी सर्वाेत्कृष्ट नवरोट्रयाक्टर सम्मानबाट विष्णु कार्कीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम क्लवका अध्यक्ष नारायण त्रिपाठीको सभाध्यक्षता, सह कोषाध्यक्ष सुजन पौडेलको सञ्चालन तथा सचिव अनिल जिसीको स्वागतमा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top