0
गोल्डेन न्यूज संवाददाता
मानव अधिकारका लागि महिला, एकल महिला समूह लामाचौर वडा नं. १९ को आयोजना तथा पोखरा उप–महानगरपालिकाको सहयोगमा संचालित २ दिने बोल्ने कला तथा उद्घोषण तालिम बिहीबार सम्पन्न भएको छ। कायक्रमका प्रमुख अतिथि पोखरा उप–महानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले नेतृत्व तथा व्यक्तित्व विकासका लागि बोल्ने कला अपरिहार्यता रहेको बताए । उनले सहि ठाउँमा सहि शब्दको प्रयोग हुन नसके घर देखिनै द्वन्द्व सिर्जना हुने भन्दै बोल्ने कलामा विशेष ध्यान दिनुपर्ने बताए। त्यसैगरी वडा १९ का वडा सचिव सूर्यबहादुर नेपालीले पछिल्लो समय उद्घोषण तथा नेतृत्व विकासले महिलाको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । मानव अधिकारका लागि महिला एकल महिला कास्कीका अध्यक्ष प्रमिला तझ्याले अझै पनि बोल्ने कलाको विकास हुन नसक्दा एकल महिलाहरु विभिन्न अवसरबाट बञ्चित भएको भन्दै यस्ता तालिमले एकल महिलाको आत्मविश्वास बढाउन सहयोग हुने बताइन् । संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले उद्घोषण, भाषण कलाका बारेमा सहजीकरण गरेको सो तालिममा ४० जना महिला सहभागी थियो । सहभागीको तर्फबाट बोल्दै पद्मा राना र कल्पना नेपालीले तालिमबाट आफूहरुले औपचारिक कार्यक्रम संचालन विधि प्रक्रिया र भाषण कलाको बारेमा जान्न सफल भएको बताए । समूहकी अध्यक्ष सीता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कल्पना भण्डारी र संचालन विन्दु पौडेलले गरेका थिए ।



Post a Comment

 
Top