0
रानी शर्मा तिवारी
मानव समाजको विकाससँगै हरेक समाजमा विभिन्न प्रकारका विभेद पनि जन्म्यो र समयसँगै हुर्कँदै गयो । समाजका हरेक देश÷समाजमा मानवले मानवका विरूद्ध गर्ने भेदभाव, अर्थात विभेद कुनै न कुनै रूपमा विद्यमान छ । यो विभेद समयसँगै परिवर्तनशील पनि छ । आधुनिक इतिहासमा अमेरिका तथा युरोप मात्र होइन दक्षिण अफ्रिकामा समेत गोराले कालामाथि गरेको विभेद जगजाहेर छ । अंग्रेज, फ्रेन्च र पोर्चुगिजले आप्mना उपनिवेशमा रहेका रैथाने माथि तिनैको भूमिमा गरेको विभेद पनि इतिहासमा पाइन्छ । धार्मिक रूपमा ईस्लामिक देशहरूमा हिन्दू, क्रिस्चियनमाथि गरिने विभेद पनि सुनिने गरिएको छ । भारतीय उपमहाद्वीपको सन्दर्भमा कुरा गर्दा, आर्यहरू यस क्षेत्रमा आउनु अगाडि शासक रहेका रैथाने आदिवासी समुदाय नवआगन्तुक आर्यहरूको विभेदको शिकार भयो । आर्यमध्ये पनि पछि आएकाबाट पहिलेकाहरू विभेदको शिकार भए । मुगलहरूको आगमन र विजय पश्चात भारतमा हिन्दूहरू विभेद र अत्याचारको शिकार भएको इतिहास छ । आज तिनै मुगलका सन्तान रिक्शा चालक र मजदुरको रूपमा जीवनयापन गर्न बाध्य छन् । भारतीय उपमहाद्वीपको नेपाल भित्रको कुरा गर्दा पहिले शासक रहेका आदिवासी जनजाति र मधेशीहरू पछिल्लो खण्डमा नेपाल छिरेर युद्ध गरी सम्पूर्ण राज्य कब्जा गरेको समुदायबाट विभेदमा परे । नेपाल खाल्डोको कुरा गर्दा यहाँ गोपालवंशी मधेशी समुदायद्वारा स्थापित नेपाल राज्यमाथि त्यस पछाडि विजय प्राप्त गर्ने समुदायहरूले पुराना शासक समुदायमाथि विभेद गर्दै लग्यो । फलस्वरूप त्यस बखतका गोपालवंशीहरू लोपोन्मुख अवस्थामा पुगे । कुनै समय काठमाण्डूका शासक रहेको समुदाय आज नेवार भित्रको सबभन्दा तल्लो जातमा गनिन्छ । कुनै समय राज्य संचालन गर्ने डोमहरू (अहिले पनि डोमलाई डोम राजा भनिन्छ) मधेशको सबैभन्दा अपहेलित समुदाय बनेका छन् । समृद्ध सहलेश राज्यका साशकहरू समयसँगै दलित दुसाध समुदाय बन्न पुगेका छन् । नेपालको पहाडि क्षेत्रमा जनजाति माथि आर्य समुदायको विभेद त छँदैछ, आर्य भित्रकै दलित भनिएकाहरू माथि चरम विभेद छ । विभेद जातिगत मात्र छैन, धार्मिक पनि छ । अन्य माथिको विभेद कम हुने क्रममा रहेपनि पहाडमा रहेका मधेशी मूलका मुस्लिम समुदायलाई चुरेटा जस्ता शब्द प्रयोग गर्ने चलन अहिले पनि छ । समग्र नेपालको कुरा गर्दा राज्य र शासक समुदायले सिँगो मधेशी समुदायमाथि नियोजित विभेद गरेको अब जगजाहेर नै भैसकेको छ । काठमाण्डू केन्द्रित आफूलाई राष्ट्रिय भन्न रूचाउने मिडियाहरूले मधेशमा विभेद (खासगरी दलित र महिलामाथि) बढी रहेको समाचार र सामग्री प्रकाशित प्रसारित गरिरहन्छन् । तर, यथार्थ त्योभन्दा फरक छ । पहाडि क्षेत्रमा जातीय र लैङ्गिक विभेद बढी रहेको छ । महिलालाई महिनावारी हुँदा गोठमा राख्ने चलन मधेशमा कहीँ छैन । तर करिब एक तिहाई पहाड (तत्कालीन मध्य र सुदूरपश्चिम) मा छ । आर्य समुदायका पहाडे दलितको सामाजिक अवस्था मधेशको दलित भन्दा कहालिलाग्दो छ । मधेशका दलित र उपल्लो भनिएका समुदायमा घुलमिल निकै बढेको छ । विगत दशकमा तर पहाडका गाउँहरूमा अहिले पनि दलित भनिएकाहरू उपल्लो भनिएका मात्र होइन जनजातिका दैलोमा टेक्न समेत पाउँदैनन् । पश्चिम नेपाल भ्रमण गर्नेहरूले जनजातिको घरमा समेत बास दिन अगाडि जात सोध्ने गरेको अनुभव गरेकै छन् । हो मधेशका दलितहरूको आर्थिक अवस्था कमजोर छ, पहाडे दलितको अपेक्षा । यसो भएको मधेशमा आन्तरिक विभेद बढी भएर होइन, बरू राज्यले मधेशी दलितमाथि गरेको विभेदका कारण हो । आज डोम र मुसहरको दुहाई दिने पहाडे शासकले मधेशको जमिन कब्जा गरेर सुकुम्बासीको नाममा वितरण गर्दा पहाडे दलित र जनजाति मात्र देखे, मधेशी दलित देखेनन् ।
विभेद जहाँ भए पनि जुनरूपमा भए पनि राम्रो पक्कै होइन । विभेद समाप्त पार्न सबैले आ–आप्mनो ठाउँबाट प्रयत्न गर्नै पर्दछ । यसका लागि राज्यले विभेदमुक्त विभेद विरोधी कार्यक्रम संचालन गर्नु पर्दछ । यसका लागि उन्नाईसौं सताब्दीदेखि विश्वका विभिन्न भागमा शुरू गरिएका विभेद उन्मूलन वा न्यूनीकरण कार्यक्रम र अभियानहरूबाट सिक्दै अगाडि बढ्नु पर्दछ । अमेरिकादेखि भारतसम्म विभेद उन्मूलनका कार्यक्रमबाट धेरै कुरा सिक्न सकिन्छ । विभेद उन्मूलन तुरून्त भईहाल्ने विषय होइन लामो समय लाग्न सक्छ । तर सकारात्मक र इमान्दार प्रयास भएमा विस्तारै विभेद न्यूनीकरण हुँदै जान्छ । विभेद न्यूनीकरणका लागि कानुनी र सामाजिक दुवै प्रकारका इमान्दार अभियानहरूको आवश्यक्ता हुन्छ । अहिले मधेशमा रहेको जातीय विभेदको कुरा गरेर आफूलाई सामाजिक अभियन्ता भनेर प्रचारित गर्ने केही पत्रकार, वकिल र मधेशको नाममा एनजिओ चलाउनेहरूले क्षमायाचना अभियान शुरू गरेका छन् । मधेशमा विभेदको कुरा गर्दा मूलतः दुई प्रकारको विभेद रहेको बुभ्mनुपर्छ । एउटा राज्य र साशक समुदायद्वारा सिँगो मधेशमाथि गरिँदै आएको विभेद । अर्को मधेश भित्रको आन्तरिक विभेद । मधेश भित्रको आन्तरिक विभेदको कुरा गर्दा आन्तरिक विभेद पनि विभिन्न प्रकारका छन् । महिलामाथिको विभेद, दलित माथिको विभेद, धार्मिक अल्पसंख्यक माथिको विभेद । मधेशमा दलितले केही गर्नै पाउँदैनन्, महिला घरबाट निस्कनै पाउँदैनन् भन्ने प्रचारलाई मधेश आन्दोलनको दौरान महिला, दलित र मुस्लिमको संलग्नता, अग्रता र शहादतले झापड हानीसकेको छ । हो, अन्त जस्तै मधेशमा पनि विभद भएको छ ।
विभेदको अन्त्य वा न्यूनीकरणका लागि क्षतिपूर्ति सहितको अवसर विभेदमा पारिएका समुदायलाई दिइनु पर्दछ भन्ने माग उठ्दै आएको छ । विभेदको अन्त्यको सबभन्दा सर्वोत्तम उपाय भनेको उचित र क्षतिपूर्ति सहितको अवसर प्रदान गर्नु हो । सरकारी तवरबाट मात्र होइन व्यक्तिगत र संस्थागत तहबाट पनि विभेदमा पारिएका समुदायमा चेतनाको विस्तार गर्ने र अवसर प्राप्त गर्ने कार्यक्रमहरू संचालन गरिनु पर्दछ । कार्यक्रमहरू सकारात्मक परिणामका लागि हुनुपर्दछ । प्रचारबाजीका लागि वा तेस्रो पक्षको फाइदाको लागि होइन । हिजो पुर्खाले गरेको गल्तीका लागि कसैले माफी मागेको फोटो सामाजिक संजालमा हालेर विभेद घट्छ भने सबैले त्यसो गर्न तयार रहनु पर्दछ । उपल्लो भनिएको समुदायले आप्mनो जातिलाई पानी नचल्ने सूचीमा राखेको एउटा व्यक्तिले अर्को तल्लो भनिएको जातिकहाँ गएर माफी मागेको, चिया खाएको फोटोेले सामाजिक परिवर्तन ल्याउने सम्भावना कतै देखिँदैन । हो, आफूभन्दा उपल्ला भनिएका जातिले आफूकहाँ आएर माफी मागोस् भन्ने चाहना हो भने बेग्लै कुरा । तल्लो भनिएको समुदायलाई समानताको बोध गराउने हो भने आफूकहाँ बोलाएर आफ्नो चुलोमा राखेर घरको भाँडामा खुवाएको भए पो ! बिचरा गरिबको घरमा जोहो गरेर राखेको चिनी चियापत्ती खर्च गराउने अनि आफनो प्रचार गर्ने !
माफी माग्ने तथाकथित अभियन्ताहरूले एक पटक छातीमा हात राखेर सोच्नु पर्छ कि उहाँहरूले आफूले गर्ने पेशामा कति समावेशितालाई ठाउँ दिनु भो ? मधेशमा पछाडि पारिएका दलित भनिएका समुदायका लागि के के गर्नु भो ? मधेशको नाममा विभिन्न तारे होटलमा लाखौं खर्च गर्ने, अनि गरिबको घरमा गएर उसैको खर्च गराएर फोटो पोष्ट गर्ने व्यवहारले समाज परिवर्तन हुँदैन । माफी नै माग्ने हो भने घरभित्रबाटै शुरू गर्नु पथ्र्याे । आफूले आमा, दिदी–बहिनी, श्रीमतीमाथि घरभित्रै अवसरमा, शिक्षामा व्यवहारमा अनि सम्पत्तिमा गरेको विभेदका लागि माफी माग्नु पथ्र्याे । माफीले मात्र पुग्दैन क्षतिपूर्ति दिन तयार रहनु पर्दछ । हो मधेशमा रहेका विभेदहरूका विरूद्ध अभियान थालिनु पर्छ । तर, आप्mनो राष्ट्रिय अन्तर्राष्ट्रिय प्रचार गर्न होइन । सिँगो मधेश विभेदमा परेको यथार्थलाई ओझेलमा पार्ने होइन, तेस्रो पक्षको स्वार्थपूर्ति गर्ने होईन । आफूले गरेका गल्ती छन् भने माफी मागिनु पर्छ, तर क्षतिपूर्ति दिन पनि तयार हुनुपर्दछ । पुर्खाले गरेको भनिएको विभेदका लागि माफी माग्नुको औचित्य छैन । सकिन्छ भने विभेद न्यूनीकरणका लागि सार्थक प्रयत्न गरौं । (लेखक, तमसपाकी उपाध्यक्ष हुन् ।) (मधेश दर्पण फिचर सेवा)









Post a Comment

 
Top