0
गोल्डेन न्यूज संवाददाता
सल्यानी समिति कास्कीले पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ६९ युनिट रगत संकलन भएको छ । समितिका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति बामदेव ढुंगानाले पहिलो रक्तदाता पृथ्वीराजमार्ग बस संचालक समितिका उपाध्यक्ष ज्ञानबहादुर केसी र समाजका आजीवन सदस्य सीता पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले समितिले रक्त संचार केन्द्रलाई वर्षेनी धेरैभन्दा धेरै रगत दिएको र एक जनाको रगतले २ जनाको ज्यान समेत बचाउन सकिने हुँदा शरीरमा खेर जाने रगतलाई अर्काको ज्यान बचाउन त्यस्तो पुण्य काम गर्न सम्पूर्णलाई आग्रह गरे । कार्यक्रममा समितिका सल्लाहकार एवं नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, समितिका सल्लाहकार एवं रेडक्रस सोसाइटीका जिल्ला उपसभापति डण्डराज शर्मा, पोखरा उप–महानगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत ओमराज पौडेल, धारापानी टोल विकास समितिका अध्यक्ष हिरामणि पण्डित, धारापानी आमा समूह अध्यक्ष घना पण्डित, रातामाटा आमा समूह अध्यक्ष गोमा सोती, सूर्यचन्द्र विकास समाजका अध्यक्ष बसन्त भण्डारी, वडा नागरिक मंचका अध्यक्ष अंजु केसी लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न व्यक्ति र संस्थाबाट करिब २५ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको समितिका सहसचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए । समितिका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनबहादुर बिकले स्वागत मन्तव्य र संचालन सचिव धनञ्जय पौडेलले गरेका थिए ।






Post a Comment

 
Top